Psalms 1 to 75

भजनसंग्रह


Chapter 1

1 धन्य हो त्यो मानिस, जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खडा हुन्छ, न निन्दा गर्नेहरूको सङ्गतमा बस्दछ।

2 तर त्यो परमप्रभुको व्यवस्थामा आनन्दित हुँदछ र त्यसले रातदिन उहाँको व्यवस्था मनन गर्दछ।

3 त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल फलाउँछ; जसको पात पनि ओइलिनेछैन; अनि त्यसले जे गर्दछ, त्यो सफल हुनेछ।

4 दुष्टहरू त त्यस्ता हुँदैनन्, तर बतासले उडाइलैजाने भुसजस्ता हुन्छन्।

5 यसकारण, दुष्टहरू न्यायमा खडा रहनेछैनन्, न त पापीहरू धर्मीजनको सभामा रहनेछन्।

6 किनकि परमप्रभुले धर्मीजनको मार्ग जान्नुहुन्छ; तर दुष्टहरूको युक्ति नष्ट हुनेछ।




2

1 किन जाति-जातिका मानिसहरू क्रोधित हुन्छन् र व्यर्थमा षडयन्त्र रच्दछन्?

2 परमप्रभु र उहाँका अभिषिक्तजनको विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एक-आपसमा सल्लाह गर्छन्।

3 तिनीहरू भन्छन्, ‘‘आओ, हामी तिनीहरूका बन्धन छिनालौं र डोरी फुकाऔं।’’

4 स्वर्गमा विराजमान हुनुहुने हाँस्नुहुन्छ, प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।

5 तब उहाँले आफ्नो क्रोधमा तिनीहरूलाई हप्काउनुहुन्छ र आफ्नो रिसको झोंकमा तिनीहरूलाई भयभीत पार्नुहुन्छ।

6 उहाँले भन्नुहुन्छ, ‘‘मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो राजालाई म आफैले नियुक्त गरेको छु।’’

7 म परमप्रभुको यो आदेश घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, ‘‘तिमी मेरा प्रिय पुत्र हौ, आज म तिम्रो पिता भएको छु।

8 मसँग माग र म जाति-जातिका मानिसहरूलाई तिम्रो उत्तराधिकारको रूपमा दिनेछु र पृथ्वीको समस्त भूभाग तिम्रै सम्पत्ति बनाइदिनेछु।

9 तिमीले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नेछौ र माटोका भाँडालाई झैँ तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ।’’

10 अब हे राजाहरू हो, यसकारण, बुद्धिमान् होओ, हे पृथ्वीका शासक हो, सावधान !

11 भयसाथ परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द गर।

12 पुत्रलाई चुम्बन गर, नत्र त उहाँ रिसाउनुहुनेछ र तिमीहरू बाटोमै नाश हुनेछौ, किनकि उहाँको क्रोध चाँडै दन्कन्छ। उहाँमाथि भरोसा राख्नेहरू सबै धन्यका हुन्।




3

1 हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै ! मेरो विरुद्धमा उठ्नेहरू कति धेरै छन्।

2 मेरो विषयमा धेरैले यसो भन्छन्, ‘‘परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन।’’ सेला

3 हे परमप्रभु, तपाईं नै मेरो वरिपरि सुरक्षाको ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ।

4 मैले उच्च सोरले परमप्रभुलाई पुकारेँ र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुभयो। सेला

5 म ढल्केँ र निदाएँ, म बिउँझेँ, किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो।

6 म, मेरो विरुद्धमा चारैतिरबाट उठेका दशौं हजार मानिसदेखि डराउनेछैनँ।

7 हे परमप्रभु ! उठ्नुहोस्, हे मेरा परमेश्वर ! मलाई बचाउनुहोस्, किनकि तपाईंले मेरा सबै शत्रुका गालामा चड्काउनुभएको छ, तपाईंले दुष्टहरूका दाँत भाँचिदिनुभएको छ।

8 परमप्रभुबाट छुटकारा आउँछ। तपाईंको आशीर्वाद तपाईंका जनमाथि होस्। सेला




4

1 हे मेरा धार्मिकताको परमेश्वर, मैले पुकारा गर्दा मलाई जवाफ दिनुहोस्, सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि दया गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्।

2 हे मानिसहरू हो, कहिलेसम्म तिमीहरू मेरो महिमालाई लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुरालाई रुचाउनेछौ र भ्रमात्मक कुराको पछि लाग्नेछौ? सेला

3 तर तिमीहरूले यो जान कि परमप्रभुले भक्तजनलाई आफ्ना निम्ति अलग पार्नुभएको छ, मैले उहाँलाई पुकार्दा परमप्रभुले सुन्नुहुनेछ।

4 भयमा रहो र पाप नगर, ओछयानमा ढल्कँदा आफ्नो हृदयको जाँच गर र शान्त रहो। सेला

5 धार्मिकताको बलिदान चढाओ, र परमप्रभुमा भरोसा राख।

6 धेरैले भन्छन्, ‘‘कसले हामीलाई असल कुरा देखाउला?’’ हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्।

7 तपाईंले तिनीहरूका अन्न र नयाँ अङ्गुरमद्यको प्रशस्ततामा हुने आनन्दभन्दा अझै धेरै आनन्दले मेरो हृदय भर्नुभएको छ।

8 म ढल्कनेछु र शान्तिपूर्वक निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।




5

1 हे परमप्रभु, मेरा शब्दहरूमा ध्यान दिनुहोस् ! मेरो सुस्केरामा ध्यान दिनुहोस् !

2 हे मेरा राजा र मेरा परमेश्वर, मेरो सहायताको पुकार सुन्नुहोस्, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।

3 हे परमप्रभु, तपाईंले बिहानै मेरो सोर सुन्नुहुन्छ, म सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु।

4 किनकि तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, न त तपाईंमा खराबी नै वास गर्दछ।

5 तपाईंको सामु घमन्डी मानिस टिक्न सक्दैन। तपाईंले कुकर्म गर्ने सबैलाई घृणा गर्नुहुन्छ।

6 तपाईंले झुट बोल्नेहरूलाई नाश गर्नुहुन्छ। खुनी र धोकेबाज मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ।

7 तर म तपाईंको महान् कृपाद्वारा तपाईंको भवनभित्र प्रवेश गर्नेछु, अनि म भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु।

8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामाडोर्याउनुहोस्,तपाईंको मार्ग मेरो सामुन्ने सोझोबनाउनुहोस्।

9 2327?र्छन्।

10 2?्धमाविद्रोह गरेका छन्।

11 तर तपाईंमा भरोसा राख्ने सबै रमाऊन्, र तिनीहरू सधैँ हर्षले गाऊन्। किनकि तपाईंले तिनीहरूको रक्षा गर्नुहुन्छ, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।

12 किनकि हे परमप्रभु, तपाईंले नै धर्मीजनलाई आशिष् दिनुहुनेछ, ढालले रक्षा गरेझैँ तपाईंले तिनीहरूलाई दयाले घेर्नुहुन्छ।




6

1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस्, न त तपाईंको क्रोधमा मलाई ताडना दिनुहोस्।

2 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्, किनकि म कमजोर छु, हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हड्डीहरूमा पीडा छ।

3 मेरो प्राण पनि अतिविचलित भएको छ, तर कहिलेसम्म हे परमप्रभु?

4 हे परमप्रभु, फर्कनुहोस्, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको कृपाको कारण मलाई बचाउनुहोस्।

5 किनकि मृत्युमा तपाईंको सम्झना हुँदैन, कसले तपाईंलाई पातालबाट धन्यवाद देला?

6 म, मेरा आर्तनादले थकित छु, म रातभरि रोएर मेरो ओछयान भिजाउँछु, मेरो आँसुले म मेरो ओछयान आहाल बनाउँछु।

7 मेरो आँखा शोकले गर्दा धमिला भएका छन्, मेरा सबै शत्रुका कारण ती कमजोर हुँदै गएका छन्।

8 दुष्ट काम गर्नेहरू हो, मबाट पर हट, किनकि परमप्रभुले मेरो रोदन सुन्नुभएको छ।

9 परमप्रभुले मेरो विन्ती सुन्नुभएको छ, परमप्रभुले मेरो प्रार्थना स्वीकार गर्नुभएको छ।

10 मेरा सबै शत्रु लज्जित होऊन् र विचलित होऊन्, तिनीहरू फर्कून् र एक्कासि लज्जित होऊन्।




7

1 हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमा नै भरोसा राख्दछु, मलाई मेरो खेदो गर्ने सबैबाट बचाउनुहोस् र छुटकारा दिनुहोस्।

2 नत्र त सिंहले झैँ तिनीहरूले मलाई चिथोर्नेछन्, बचाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।

3 हे परमप्रभु, मेरा परमेश्वर, यदि मैले यो गरेको छु भने, मेरा हातहरूबाट केही अधर्म भएको छ भने

4 यदि मैले मसँग मिलापमा रहनेलाई खराबी गरेको छु भने वा बिनाकारण मेरा शत्रुबाट मैले केहीलुटेको छु भने,

5 मेरा शत्रुले मेरो प्राणको खेदो गरोस् र पक्रोस्, अनि त्यसले मेरो शरीरलाई भुइँमा कुल्चीमिल्ची पारोस् र धुलोमा मिलाओस्। सेला

6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस्, मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईं खडा हुनुहोस्, अनि तपाईंले आज्ञा गर्नुभएका न्यायअनुसार मेरो निम्ति जाग्नुहोस्।

7 यसरी जाति-जातिका मानिसहरूका समुदायले तपाईंलाई घेर्नेछन्, यसकारण तिनीहरूका निम्ति उच्च स्थानबाट शासन गर्नुहोस्।

8 परमप्रभुले जाति-जातिका मानिसहरूका न्याय गर्नुहुनेछ। हे परमप्रभु, मेरो धार्मिकताअनुसार न्याय गर्नुहोस्, हे सर्वोच्चका परमेश्वर, मेरो इमानदारिअनुसार न्याय गर्नुहोस्।

9 हे धार्मिक परमेश्वर, जसले मानिसको हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको दुष्टताको अन्त गर्नुहोस्, तर धर्मीजनलाई स्थिर पार्नुहोस्।

10 सर्वोच्च परमेश्वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ।

11 परमेश्वर धर्मी न्यायाधीश हुनुहुन्छ, उहाँले प्रतिदिन दुष्टसित आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।

12 यदि त्यसले पश्चात्ताप गरेन भने उहाँले आफ्नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्नो धनुको ताँदो चढाएर तयार पार्नुहुनेछ।

13 उहाँले त्यसका निम्ति मृत्युका हातहतियार तयार पार्नुहुन्छ, उहाँले अग्निवाण पठाउन तयार पार्नुहुन्छ।

14 हेर, त्यो दुष्टताले भरिएको छ, अनि उपद्रवलाई गर्भधारण गरेको छ र त्यसले झुटलाई जन्म दिन्छ।

15 त्यसले एउटा खाडल खन्छ र त्यसले खनेको खाडलभित्र त्यो आफै जाकिन्छ।

16 त्यसको उपद्रव त्यसकै टाउकोमा खनिन्छ अनि त्यसको अत्याचार आफैमाथि ओइरिन्छ।

17 म परमप्रभुको प्रशंसा उहाँको धार्मिकताअनुसार गर्नेछु र सर्वोच्च परमप्रभुको नाउँको स्तुति गाउनेछु।




8

1 हे परमप्रभु, हाम्रो प्रभु, तपाईंको नाउँ सारा पृथ्वीभरि कति उत्तम छ ! तपाईंले आफ्नो महिमा आकाशभन्दा माथि स्थापित गर्नुभएको छ।

2 तपाईंले तपाईंका शत्रुहरूका कारणले शिशु र दुधेबालकहरूका ओठबाट प्रशंसा निकाल्नुभएको छ, जसले गर्दा तपाईंले शत्रु र प्रतिपक्षीलाई चुप गराउनलाई यसो गर्नुभएको हो।

3 जब म तपाईंको हातले बनाएको आकाशलाई, अनि तपाईंले स्थापित गर्नुभएको जून र ताराहरूलाई विचार गर्दछु,

4 तब मानिस के हो र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको पुत्र के हो र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?

5 तपाईंले त्यसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याउनुभयो, तपाईंले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो,

6 अनि आफ्ना बाहुलीका कामहरूमाथि त्यसलाई खटाउनुभयो। तपाईंले सबै थोक त्यसको पैतालामुनि राखिदिनुभयो,

7 सबै भेडाबाख्रा, गाईवस्तु र वनका सबै पशु,

8 आकाशका चराचुरुङ्गी, समुद्रका माछा र समुद्रभित्र पौडने सबै जीवजन्तु।

9 हे परमप्रभु, हाम्रा प्रभु, तपाईंको नाम सारा पृथ्वीभरि कति उत्तम छ !




9

1 हे परमप्रभु, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, म तपाईंका सबै अचम्मका कामको वर्णन गर्नेछु।

2 म तपाईंमा आनन्दित हुनेछु र रमाउनेछु, हे सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको स्तुति गाउनेछु।

3 जब मेरा शत्रुहरू पछि हट्छन् तब तिनीहरू तपाईंको सामु ठेस खाएर नाश हुन्छन्।

4 किनकि तपाईंले मेरो अधिकार र मामिला कायम राख्नुभएको छ, तपाईं धार्मिकतापूर्वक न्याय गर्दै सिंहासनमा बस्नुभएको छ।

5 तपाईंले जाति-जातिलाई हप्काउनुभएको छ र दुष्टलाई नष्ट पार्नुभएको छ, तपाईंले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनुभएको छ।

6 शत्रुहरूमाथि अनन्त विनाश आएको छ, तपाईंले तिनीहरूका शहरहरू उखेल्नुभएको छ, तिनीहरूको नामनिसान नै मेटिएको छ।

7 परमप्रभुले सधैँभरि राज्य गर्नुहुन्छ । उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ।

8 अनि उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, उहाँले न्यायसाथ मानिसहरूमाथि शासन गर्नुहुनेछ।

9 परमप्रभु थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्टका बेलामा किल्ला हुनुहुन्छ।

10 जसले तपाईंको नाउँ जानेका छन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्नेछन्, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।

11 सियोनमा वास गर्नुहुने परमप्रभुको स्तुति गाओ, मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।

12 किनकि रगतको बदला लिनुहुनेले तिनीहरूको सम्झना गर्नुहुन्छ, सङ्कष्टमा परेकाहरूका पुकारलाई उहाँले बिर्सनुहुन्न।

13 हे परमप्रभु, ममाथि दया गर्नुहोस्। मलाई घृणा गर्नेहरूबाट मैले भोग्नुपरेको मेरो कष्टको विचार गर्नुहोस्। तपाईंले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस्,

14 अनि तपाईंको सबै प्रशंसा म सियोनकी छोरीका ढोकाहरूमा घोषणा गर्न सकूँ, म तपाईंको उद्धारमा आनन्द मनाउनेछु।

15 जाति-जातिका मानिसहरू आफैले खनेको खाडलमा जाकिएका छन्, आफैले थापेका जालमा तिनीहरूको आफ्नै खुट्टा परेको छ।

16 परमप्रभु आफूले गर्नुभएको न्यायद्वारा चिनिनुभएको छ, दुष्टहरू आफ्नै हातका कामको जालमा फसेका छन्। (हिग्गायोन) सेला

17 दुष्टहरू पातालमै फर्केर जानेछन्, परमेश्वरलाई बिर्सने, सबै जाति पनि।

18 किनकि दरिद्र सधैँभरि बिर्सिइनेछैन, गरिबहरूको आशा सदाको लागि मेटिनेछैन।

19 हे परमप्रभु, उठ्नुहोस्, मानिस विजयी हुन नपाओस्, तपाईंको सामु जातिजातिका मानिसहरूका न्याय गरियोस्।

20 हे परमप्रभु, तिनीहरूलाई भयभीत पार्नुहोस् र जाति-जातिका मानिसहरूले आफूहरू मानिसमात्र रहेछौं भनी जानून्। सेला




10

1 हे परमप्रभु, तपाईं किन टाढा उभिनुहुन्छ? किन तपाईं कष्टको बेलामा आफैलाई लुकाउनुहुन्छ?

2 दुष्टले आफ्नो घमन्डमा कमजोरलाई दु:ख दिन्छ, त्यसले रचेका युक्तिहरूमा त्यो आफै फस्छ।

3 किनकि दुष्टले आफ्नो हृदयको इच्छामा घमन्ड गर्छ र परमप्रभुले घृणा गर्नुहुने लोभीलाई आशीर्वाद दिन्छ।

4 दुष्टले आफ्नो मुहारको घमन्डमा परमेश्वरको खोजी गर्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन।

5 तापनि त्यसका कामकाजमा त्यो सफल हुन्छ, तपाईंका न्यायहरू त्यसको नजरदेखि अति टाढा छन्, त्यसले आफ्ना सबै शत्रुको उपहास गर्दछ।

6 त्यसले आफ्नो मनमा सोच्दछ, ‘‘म कहिल्यै डगमगाउनेछैनँ, किनकि म कहिल्यै विपत्तिमा पर्नेछैनँ।’’

7 त्यसको मुख श्राप, धोका र छलले भरिएको छ, त्यसको जिब्रोमा उपद्रव र व्यर्थता छन्।

8 गाउँ-गाउँका नजिक त्यो ढुकिबस्छ, त्यसले गुप्त स्थानहरूमा निर्दोषको हत्या गर्छ, त्यसका आँखा सदा दु:खीको विरुद्धमा गुप्त रीतिले गडेका हुन्छन्।

9 सिंह आफ्नो ओडारमा बसेझैँ त्यो गुप्तमा ढुकेर बस्छ, त्यसले गरिबलाई आफ्नो जालभित्र फसाएर पक्रन्छ।

10 त्यो दबेर बस्छ र निहुरिन्छ अनि दु:खीहरू त्यसको बलियो पञ्जामा पर्छन्।

11 त्यसले आफ्नो मनमा सोच्दछ, ‘‘परमेश्वरले बिर्सनुभएको छ, उहाँले आफ्नो मुख लुकाउनुहुन्छ, उहाँले यो कहिल्यै देख्नुहुनेछैन।’’

12 हे परमप्रभु, उठ्नुहोस्, हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्, नम्रहरूलाई नबिर्सनुहोस्।

13 किन दुष्टले परमेश्वरको निन्दा गर्छ? त्यसले आफ्नो मनमा सोच्दछ, ‘‘उहाँले लेखा लिनुहुनेछैन।’’

14 तर हे परमेश्वर, तपाईंले दु:ख र शोक देख्नुहुन्छ, तपाईंले ती आफ्नै हातमा लिनुहुन्छ, दु:खीले आफूलाई तपाईंको हातमा सुम्पन्छ, तपाईं नै अनाथका सहायक हुनुहुन्छ।

15 दुष्ट र खराब मानिसको पाखुरा भाँचिदिनुहोस्, एउटै पनि बाँकी नरहनेगरी त्यसको दुष्टताको लेखा लिनुहोस्।

16 परमप्रभु सदासर्वदाका निम्ति राजा हुनुहुन्छ, उहाँको भूमिबाट जातिजातिका मानिसहरू नाश भएका छन्।

17 हे परमप्रभु, तपाईंले नम्रहरूको इच्छा सुन्नुहुन्छ, तपाईंले तिनीहरूको हृदय तयार पार्नुहुन्छ र तपाईंले तिनीहरूको पुकार सुन्नुहुन्छ।

18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, जसले गर्दा पृथ्वीका मानिसले आतङ्क अझै नमच्चाओस्।




11

1 परमप्रभुमाथि म भरोसा राख्दछु, ‘‘चराझैँ आफ्ना पहाडमा उडेर जा’’ भनी तिमीहरू मलाई कसरी भन्न सक्छौ?

2 किनकि हेर, दुष्टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्, तिनीहरूले सोझो हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नको निम्ति आफ्नो काँड ताँदोमा चढाएका छन्।

3 जग नै नष्ट हुन्छ भने त धर्मीजनले के गर्नसक्छ र?

4 परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले मानिसका सन्तानलाई नियालेर हेर्नुहुन्छ।

5 परमप्रभुले धर्मीजनको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ।

6 उहाँले दुष्टहरूमाथि आगो र गन्धकको प्रचण्ड आँधी बर्साउनुहुनेछ, यही नै तिनीहरूको कचौराको भाग हुनेछ।

7 किनकि धर्मी परमप्रभुले धार्मिकतालाई प्रेम गर्नुहुन्छ, सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।




12

1 परमप्रभु सहायता गर्नुहोस्, किनकि भक्तजन अब बाँकी छैनन्। मानिसका सन्तानको बीचबाट विश्वासयोग्य मानिसहरू लोप भइसकेका छन्।

2 तिनीहरू हरेकले आफ्ना छिमेकीसँग व्यर्थका कुरा बोल्दछन्, तिनीहरू चापलुसी ओठले दोमनका कुरा गर्छन्।

3 परमप्रभुले चापलुसी गर्ने ओठ र घमन्डका कुरा गर्ने जिब्रोलाई काटिदिनुहुनेछ,

4 तिनीहरू जसले भनेका छन्, ‘‘हाम्रो जिब्रोले हामी विजयी हुनेछौं, हाम्रा ओठ हाम्रै हुन्, हामीमाथि राज्य गर्ने को छ र?’’

5 परमप्रभु भन्नुहुन्छ, ‘‘कमजोरहरूमाथिको थिचोमिचो र दरिद्रहरूको सुस्केराको कारणले म अब उठ्नेछु र जसले उसलाई उपहास गर्छ, त्योदेखि म उसलाई सुरक्षित राख्नेछु।’’

6 परमप्रभुका वचन खोटरहित छन्, ती माटोको भट्टीमा सातपल्टसम्म खारेर शुद्ध पारिएका चाँदीजस्ता छन्।

7 हे परमप्रभु, तपाईंले नै हामीहरूको रक्षा गर्नुहुनेछ, हामीलाई सधैँभरि यस पुस्तादेखि बचाइराख्नुहुनेछ।

8 जब सबैभन्दा नीच मानिसहरूलाई उच्च पारिन्छ, तब दुष्टहरू खुला रूपमा डुलिहिँड्छन्।




13

1 हे परमप्रभु, तपाईंले मलाई कहिलेसम्म बिर्सनुहुन्छ? के सधैँभरि? कहिलेसम्म तपाईंले आफ्नो मुहार मदेखि लुकाउनुहुन्छ?

2 कहिलेसम्म म मेरो मनमा शोक बोकेर चिन्ता गरिरहूँ? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?

3 ममाथि निगाह गर्नुहोस् र मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, मेरा परमेश्वर, मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र त म मृत्युको निद्रामा पर्नेछु,

4 नत्र त मेरो शत्रुले भन्नेछ, ‘‘मैले त्यसलाई जितेको छु’’ अनि म डगमगाउँदा मेरा शत्रुहरू रमाउनेछन्।

5 तर मैले तपाईंको दयामाथि भरोसा राखेको छु, मेरो हृदय तपाईंको उद्धारमा रमाउनेछ।

6 म परमप्रभुको स्तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।




14

1 मूर्खले आफ्नो मनमा भनेको छ, ‘‘परमेश्वर छैन।’’ तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा काम गरेका छन्, असल गर्ने कोही छैन।

2 बुझ्ने कोही छ कि, परमेश्वरलाई खोज्ने कोही छ कि, भनेर हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानमाथि नजर लगाउनुभयो।

3 तिनीहरू सबै एकातिर लागेका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्, असल गर्ने कोही छैन, अहँ, एउटै पनि छैन।

4 के सबै कुकर्म गर्नेहरू कहिल्यै सिक्दैनन्? तिनीहरूले मेरो जनलाई रोटी खाएझैँ खान्छन् र परमप्रभुलाई पुकार्दैनन्।

5 तिनीहरू त्रासले व्याकुल भएका छन्, किनभने परमेश्वर धर्मीहरूको समुदायमा हुनुहुन्छ।

6 तिमीहरूले गरिबको योजनालाई विफल पारेका छौ, तर उसको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ।

7 अहो ! इस्राएलको उद्धार सियोनबाट आए त ! जब परमप्रभुले आफ्ना जनलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब रमाउनेछ र इस्राएल आनन्दित हुनेछ।




15

1 हे परमप्रभु, तपाईंको पवित्रस्थानमा कसले वास गर्नेछ? तपाईंको पवित्र पर्वतमा को बस्नेछ?

2 त्यो मानिस, जो निर्दोष छ र धार्मिक काम गर्छ अनि हृदयबाट नै सत्य बोल्छ,

3 जसले आफ्नो जिब्रोले निन्दा गर्दैन, न त आफ्नो छिमेकीको खराबी गर्छ, न त आफ्नो छिमेकीको अपमान गर्छ,

4 जसका आँखामा घृणित मानिस तुच्छ ठहरिन्छ, तर परमप्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफ्नो भाकल पूरा गर्छ,

5 जसले आफ्नो पैसा ब्याजमा लाउँदैन, न त निर्दोषको विरुद्धमा घूस लिन्छ, जसले यी काम गर्दछ, ऊ कहिल्यै डगमगाउनेछैन।




16

1 हे परमेश्वर, मलाई रक्षा गर्नुहोस्, किनकि म तपाईंमा भरोसा राख्दछु।

2 हे मेरो प्राण, तैँले परमप्रभुलाई भनेको छस्, ‘‘तपाईं मेरा प्रभु हुनुहुन्छ, तपाईंमा बाहेक मेरो भलाइ अरू कहीँ छैन,

3 तर पृथ्वीमा भएका पवित्रजन उत्तम छन्, उनीहरूमा नै मेरो सम्पूर्ण आनन्द छ।’’

4 जो अरू देवताको पछि दगुर्छन्, तिनीहरूका दु:ख बढ्नेछन्, तिनीहरूका रगतका अर्घबलि म चढाउनेछैनँ, न त तिनीहरूका नाउँ म मेरो ओठले उच्चारण गर्नेछु।

5 परमप्रभु, मेरो हकको सम्पत्ति र कचौराको हिस्सा हुनुहुन्छ, तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ।

6 मेरो निम्ति सिमानाका रेखाहरू मनपर्ने ठाउँमा परेका छन्, साँच्चै, मैले उत्तम पैतृक सम्पत्ति पाएको छु।

7 म परमप्रभुको प्रशंसा गर्नेछु, जसले मलाई सल्लाह दिनुभएको छ, मेरो अन्तस्करणले पनि मलाई रातको समयमा शिक्षा दिन्छ।

8 मैले परमप्रभुलाई सधैँ आफ्नो सामु राखेको छु, किनकि उहाँ मेरो दाहिने हातपट्टि हुनुहुन्छ, म डगमगाउनेछैनँ।

9 यसकारण, मेरो हृदय आनन्दित छ र मेरो जिब्रो रमाउँछ, मेरो शरीरले पनि आशामा विश्राम लिनेछ।

10 किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्नो पवित्रजनलाई कुहुन दिनुहुनेछ।

11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुहुनेछ, तपाईंको उपस्थितिमा आनन्दको भरपुरी छ, तपाईंको दाहिने हातमा सदासर्वदा सुखचैन छ।




17

1 हे परमप्रभु, मेरो न्यायसङ्गत कुरा सुन्नुहोस्, मेरो पुकारप्रति ध्यान दिनुहोस्, मेरो निष्कपट मुखबाट निस्केको प्रार्थनामा कान थाप्नुहोस्।

2 मेरो निर्दोषताको फैसला तपाईंबाटै आओस्, जुन कुरा न्यायसङ्गत छन्, ती कुरामाथि तपाईंले दृष्टि दिनुहोस्।

3 तपाईंले मेरो हृदय जाँच्नुभएको छ, तपाईंले मलाई रातको समयमा भेट्नुभएको छ, तपाईंले मलाई जाँच्नुभयो र केही भेट्टाउनुभएन। मेरो मुखले कुनै अपराध गर्नेछैन भनी मैले निश्चय गरेको छु।

4 मानिसहरूका कामको विषयमा हो भने, तपाईंका मुखको वचनद्वारा मैले आफूलाई हिंसाको मार्गबाट बचाएर राखेको छु।

5 मेरा पाइलालाई तपाईंका मार्गमा स्थिर गराउनुहोस् र मेरा खुट्टा नचिप्लून्।

6 मैले तपाईंलाई पुकारेको छु, किनकि हे परमेश्वर, तपाईंले मेरो पुकार सुन्नुहुनेछ। आफ्नो कान मतिर लगाउनुहोस् र मेरो कुरा सुन्नुहोस्।

7 तपाईंले आफ्नो दाहिने हातले तपाईंमाथि भरोसा राख्नेहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनुहुन्छ, तपाईंको अद्भुत करुणा देखाउनुहोस्।

8 आफ्नो आँखाको नानीझैँ मलाई रक्षा गर्नुहोस्, तपाईंको पखेटाका छायाँमुनि मलाई लुकाउनुहोस्

9 ममाथि थिचोमिचो गर्ने दुष्टहरूबाट र मलाई घेर्ने मेरा घातक शत्रुहरूबाट ।

10 तिनीहरू आफ्नो बोसोले पुरिएका छन्, तिनीहरू आफ्नो मुखले घमण्डसाथ बोल्छन्।

11 तिनीहरूले हामीलाई कदम-कदममा घेरेका छन्, तिनीहरूले भुइँमा घोप्टिएर आफ्ना आँखा गाडेका छन्,

12 आफ्नो शिकारको खोजी गर्ने सिंह र गुप्तस्थानमा ढुकिबस्ने जवान सिंहझैँ।

13 हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पछारिदिनुहोस् र आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्।

14 हे परमप्रभु, तपाईंको हातले मलाई यस संसारका मानिसहरूबाट बचाउनुहोस्, जसको ईनाम यसै जीवनमा छ, जसको पेट तपाईंले आफ्नो गुप्त धनले भर्नुहुन्छ। तिनीहरूका प्रशस्त सन्तान छन्, अनि आफ्नो बाँकी सम्पत्ति आफ्ना सन्तानका निम्ति छोडिराख्छन्।

15 तर म त धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। जब म बिउँझन्छु,तब तपाईंको स्वरूपमा म सन्तुष्ट हुनेछु।




18

1 हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्छु।

2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ, मेरा परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ, जसमाथि म भरोसा राख्नेछु, उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ र मेरो अग्लो धरहरा हुनुहुन्छ।

3 म परमप्रभुलाई पुकार्नेछु, जो प्रशंसा गरिने योग्यका हुनुहुन्छ र म मेरा शत्रुहरूबाट बचाइनेछु।

4 मृत्युका पीडाले मलाई घेरे र भक्तिहीन मानिसहरूका बाढले मलाई भयभीत पारे।

5 पातालका पीडाले मलाई चारैतिर घेरे, मृत्युका पासोले मलाई जकडयो।

6 मेरा सङ्कष्टमा मैले परमप्रभुलाई पुकारेँ र रा परमेश्वरलाई गुहार गरेँ, आफ्नो न्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो र रो पुकार उहाँको सामु, अँ, उहाँका कानमा पुग्यो।

7 तब पृथ्वी बेसरी हल्लियो र काम्यो, पहाडहरूका जगहरू डगमगाए, किनकि उहाँ रिसाउनुभएको थियो।

8 उहाँका नाकबाट धुवाँ निस्क्यो र उहाँको मुखबाट भस्म पार्ने आगो निस्क्यो, यसबाट बल्दै गरेको कोइला निस्क्यो।

9 उहाँ आकाश फारेर तल आउनुभयो, अनि उहाँका पाउमुनि अन्धकार थियो।

10 उहाँ करूबमाथि सवार भएर उड्नुभयो, अँ, हावाका पखेटामाथि सवार भएर उहाँ उड्नुभयो।

11 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने तुल्याउनुभयो, जलपूर्ण अन्धकारमय आकाशको बादललाई उहाँको वरिपरि आफ्नो मण्डप तुल्याउनुभयो।

12 उहाँको उपस्थितिको चमकमा असिना, आगोका फिलिङ्गा र प्रशस्त बाक्ला बादल पार भए।

13 परमप्रभु आकाशबाट गर्जनुभयो र सर्वोच्चमा हुनुहुनेको सोर गुञ्जायमान भयो।

14 अँ, उहाँले आफ्ना काँडहरू हान्नुभयो र तिनीहरूलाई तितरबितर पार्नुभयो अनि उहाँले चटयाङद्वारा तिनीहरूलाई परास्त गर्नुभयो।

15 हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे र पृथ्वीका जगहरू प्रकट भए।

16 उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो, उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।

17 उहाँले मलाई मेरो बलवान् शत्रु र मलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुभयो, जो मभन्दा अत्यन्तै शक्तिशाली थिए।

18 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरो सहारा हुनुभयो।

19 उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई छुटकारा दिनुभयो किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो।

20 मेरो धार्मिकताअनुसार परमप्रभुले मलाई इनाम दिनुभयो, मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभयो।

21 किनकि मैले परमप्रभुको मार्गलाई ध्यान दिएको छु, अनि मेरा परमेश्वरबाट तर्केर मैले दुष्ट काम गरेको छैनँ।

22 उहाँका सबै न्याय मेरो सामुन्ने छन् र उहाँका विधिहरू मैले त्यागेको छैनँ।

23 म उहाँको दृष्टिमा निर्दोष थिएँ र मैले आफूलाई अधर्मबाट अलग्ग राखेँ।

24 यसकारण, परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।

25 कृपालुसँग तपाईं कृपालु नै देखा पर्नुहुन्छ, निर्दोषसँग तपाईं निर्दोष नै देखा पर्नुहुन्छ।

26 शुद्धसँग तपाईं शुद्ध नै देखा पर्नुहुन्छ, धूर्तसँग तपाईं चतुर देखा पर्नुहुन्छ।

27 किनकि तपाईंले नम्र मानिसलाई बचाउनुहुन्छ तर घमण्डीलाई तल झार्नुहुन्छ।

28 हे परमप्रभु, तपाईंले मेरो बत्ती बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।

29 किनकि तपाईंको सहायताद्वारा म फौजमाथि आक्रमण गर्नसक्छु र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु।

30 परमेश्वरको विषयमा कुरा गर्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन खारिएको छ, उहाँमाथि भरोसा गर्ने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।

31 किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ? अथवा हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र?

32 उनै परमेश्वर, जसले आफ्नो सामर्थ्यले मेरो कम्मर कस्नुहुन्छ र मेरो बाटो सिद्ध पार्नुहुन्छ।

33 उहाँले मेरा पाउ हरिणीका जस्ता तुल्याउनुहुन्छ र उच्चस्थानमा खडा हुनलाई मलाई सक्षम बनाउनुहुन्छ।

34 उहाँले मेरा हातलाई युद्धको निम्ति तालिम दिनुहुन्छ, यसैकारण, मेरा हातद्वारा काँसाको धनु नुहिन्छ।

35 तपाईंले मलाई तपाईंको उद्धारको ढाल दिनुभएको छ र तपाईंको दाहिने हातले मलाई सहारा दिएको छ, अनि तपाईंको नम्रताले मलाई महान् बनाएको छ।

36 तपाईंले मेरो बाटो फराकिलो पार्नुभएको छ र मेरा पाउ चिप्लनेछैनन्।

37 मैले मेरा शत्रुहरूलाई खेदेर भेट्टाएको छु, तिनीहरू संहार नभएसम्म म फर्कदिनँ।

38 मैले तिनीहरूलाई उठ्नै नसक्नेगरी घायल पारेको छु, तिनीहरू मेरा पाउमुनि ढलेका छन्।

39 तपाईंले लडाइँको निम्ति आफ्नो सामर्थ्यले मेरो कम्मर कस्नुभएको छ, तपाईंले मेरा शत्रुहरूलाई मेरो वशमा पार्नुभएको छ।

40 मलाई घृणा गर्नेहरूलाई नाश पारूँ भनेर तपाईंले मलाई मेरा शत्रुहरूको गर्दनहरू पनि दिनुभएको छ।

41 तिनीहरूले गुहारे, तर तिनीहरूलाई बचाउने कोही भएन, परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफै दिनुभएन।

42 बतासमा उडने धुलोजस्तो मैले तिनीहरूलाई धुलोपीठो पारेँ, गल्लीहरूको हिलोझैँ मैले तिनीहरूलाई फालिदिएँ।

43 तपाईंले मलाई मानिसहरूका झगडाबाट छुटकारा दिनुभएको छ, अनि तपाईंले मलाई जाति-जातिको शिर तुल्याउनुभएको छ, मैले नचिनेको जातिले मेरो सेवा गर्नेछ।

44 मेरो आदेश सुन्नेबित्तिकै तिनीहरूले मेरो आज्ञापालन गर्छन्, विदेशीहरूले आफूलाई मेरो अधीनतामा सुम्पनेछन्।

45 परदेशीहरू हरेश खानेछन्, अनि आ-आफ्ना किल्लाबाट डराएर काम्दै निस्कनेछन्।

46 परमप्रभु जीवित हुनुहुन्छ र मेरा चट्टान धन्यका होऊन्, अनि मेरा उद्धारका परमेश्वर उच्च पारिएका होऊन्।

47 मेरो बदला लिनुहुने र मानिसहरूलाई मेरो वशमा पार्नुहुने परमेश्वर नै हुनुहुन्छ।

48 उहाँले मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहुन्छ, अँ, तपाईंले मलाई मेरो विरुद्धमा उठ्नेहरूभन्दा माथि उठाउनुहुन्छ। तपाईंले मलाई अत्याचारी मानिसबाट छुटकारा दिनुभएको छ।

49 यसैकारण हे परमप्रभु, जाति-जातिका बीचमा म तपाईंलाई धन्यवाद चढाउनेछु र तपाईंको नाउँको स्तुति गाउनेछु।

50 उहाँले आफ्ना राजालाई महान् छुटकारा दिनुहुन्छ, अनि आफ्ना अभिषिक्तजन दाऊद र उनका सन्तानमाथि सदासर्वदा कृपा देखाउनुहुन्छ।




19

1 आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र आकाशमण्डलले उहाँको हातको काम प्रकट गर्छ।

2 तिनीहरूले दिनदिनै वार्तालाप गर्छन् र रातैपिच्छे ज्ञानको प्रदर्शन गर्छन्।

3 कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।

4 यद्यपि, तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान भएको छ, अनि तिनीहरूका शब्द पृथ्वीको अन्तसम्म पुगेको छ। आकाशमा उहाँले सूर्यको लागिवासस्थान बनाउनुभएको छ।

5 ऊ आफ्नो कोठाबाट निस्किरहेको दुलहाजस्तो छ, अनि एक विजेताझैँ, जो आफ्नो दौड दौडन हर्षित हुन्छ।

6 आकाशको एक छेउबाट उसको उदय हुन्छ, अनि अर्को छेउसम्म उसले परिक्रमा गर्छ र त्यसको तापबाट कुनै कुरा लुक्न सक्दैन।

7 परमप्रभुको व्यवस्था सिद्ध छ, जसले प्राणलाई पुनर्जीवित पार्दछ, परमप्रभुका नियमहरू विश्वसनीय छन्, जसले सोझो मानिसलाई बुद्धिमान् तुल्याउँछ।

8 परमप्रभुका आदेशहरू न्यायसङ्गत छन्, त्यसले हृदयलाई आनन्दित गराउँछ। परमप्रभुको आज्ञा स्पष्ट छ, त्यसले आँखालाई प्रकाश दिन्छ।

9 परमप्रभुको भय पवित्र छ, सदासर्वदा स्थिर रहनेछ, परमप्रभुका न्यायहरू सत्य छन् र पूर्ण रूपमा धार्मिक छन्।

10 सुनभन्दा बढी, अँ, निखुर सुनभन्दा बढी चाह गर्ने किसिमका छन्, महभन्दा बढी, महको चाकाभन्दा पनि मीठा छन्।

11 तीद्वारा नै तपाईंको दासले चेताउनी पाउँछ, अनि ती पालन गर्दा ठूलो इनाम मिल्दछ।

12 कसले आफ्ना भूल थाहा पाउन सक्छ र? तपाईंले मलाई गुप्त पापबाट शुद्ध पार्नुहोस्।

13 आफ्नो दासलाई जानीबुझी पाप गर्नदेखि रोक्नुहोस्, तिनीहरूले ममाथि राज्य गर्न नपाऊन्, तब म सोझो हुनेछु र ठूलो अपराधदेखि निर्दोष हुनेछु।

14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक ! मेरो मुखका शब्दहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्।




20

1 परमप्रभुले सङ्कष्टको दिनमा तिम्रो विन्ती सुनून्, याकूबका परमेश्वरको नाउँले तिमीलाई सुरक्षा गरून्।

2 उहाँले तिमीलाई पवित्रस्थानबाट सहायता पठाऊन् र सियोनबाट सहारा दिऊन्।

3 उहाँले तिम्रो सबै बलिदानको सम्झना गरून् र तिम्रो होमबलि ग्रहण गरून्। सेला

4 उहाँले तिम्रो हृदयको मनोरथ पूरा गरून् र तिम्रा सबै योजना सफल गराऊन्।

5 हामी तिम्रो उद्धारमा रमाउनेछौं र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झण्डा फरफराउनेछौं, परमप्रभुले तिम्रा सबै विन्ती पूरा गरिदिऊन्।

6 परमप्रभुले आफ्ना अभिषिक्तजनलाई बचाउनुहुन्छ भनी अब म जान्दछु, उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट तिनलाई उत्तर दिनुहुनेछ।

7 कसैले रथ र कसैले घोडाहरूमाथि भरोसा राख्छन् तर हामी त परमप्रभु हाम्रा परमेश्वरको नाउँको भरोसा गर्छौं।

8 तिनीहरू ढलेर घुँडा टेक्नेछन्, तर हामीहरू त खडा हुनेछौं, र स्थिर रहनेछौं।

9 हे परमप्रभु, बचाउनुहोस्, जब हामी पुकार्छौं, तब राजाले हाम्रो विन्ती सुनून्।




21

1 हे परमप्रभु, राजाले तपाईंको सामर्थ्यमा आनन्द मनाउनेछन् र उनी तपाईंको उद्धारमा कति हर्षित हुनेछन् !

2 तपाईंले उनको मनोरथ पूरा गरिदिनुभएको छ र उनका मुखको विन्तीलाई तपाईंले अस्वीकार गर्नभएको छैन। सेला

3 किनकि तपाईंले उनलाई उत्तम आशिष् दिनुहुन्छ, तपाईंले उनको शिरमाथि निखुर सुनको मुकुट पहिर्याइदिनुहुन्छ।

4 उनले तपाईंसित जीवन मागे अनि तपाईंले उनलाई सदासर्वदा रहने लामो आयु दिनुभयो।

5 तपाईंको उद्धारमा उनको महिमा ठूलो छ, तपाईंले उनीमाथि आदर र श्रेष्ठता राखिदिनुभएको छ।

6 किनकि तपाईंले उनलाई सदासर्वदाको निम्ति अति आशिषित बनाउनुभएको छ, तपाईंले उनलाई आफ्नो मुहारले अति आनन्दित तुल्याउनुभएको छ।

7 किनकि राजाले परमप्रभुमाथि भरोसा राख्दछन् र सर्वोच्च परमेश्वरको अचुक करुणाले गर्दा उनी डगमगाउनेछैनन्।

8 तपाईंको बाहुलीले तपाईंका सबै शत्रुलाई भेट्टाउनेछ, तपाईंको दाहिने बाहुलीले तपाईंलाई घृणा गर्नेहरूलाई भेट्टाउनेछ।

9 तपाईंको क्रोधको समयमा तपाईंले तिनीहरूलाई अग्निमय भट्टीझैँ तुल्याउनुहुनेछ, परमप्रभुले तिनीहरूलाई आफ्नो क्रोधमा निल्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ।

10 तपाईंले तिनीहरूको फल पृथ्वीदेखि र तिनीहरूको सन्तानलाई मानिसका सन्तानको बीचबाट नष्ट गर्नुहुनेछ।

11 किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराबी सोचे, तिनीहरूले दुष्ट युक्तिको कल्पना गरे, तापनि तिनीहरू सफल हुनेछैनन्।

12 यसकारण, जब तपाईंले तिनीहरूको विरुद्धमा आफ्ना काँडहरू ताँदोमा चढाएर तयार पार्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई आफ्ना पिठयुँ फर्काएर भाग्ने तुल्याउनुहुनेछ।

13 हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईं उच्च हुनुहोस्, हामी गाउनेछौं र तपाईंको सामर्थ्यको प्रशंसा गर्नेछौं।




22

1 हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो? मलाई उद्धार गर्नदेखि र मेरा चित्कारका शब्दहरूदेखि तपाईं किन यति टाढा हुनुहुन्छ?

2 हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्नँ अनि राति पुकार्छु र म चुप रहँदिनँ।

3 तर, हे इस्राएलका स्तुति-प्रशंसामा विराजमान हुनुहुने, तपाईं पवित्र हुनुहुन्छ।

4 हाम्रा पिता-पुर्खाले तपाईंमाथि भरोसा गरे, भर परे र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो।

5 तिनीहरूले तपाईंलाई पुकारे र छुटकारा पाए, तिनीहरूले तपाईंमाथि भरोसा राखे र निराश भएनन्।

6 तर म त एउटा कीरा हुँ, मानिस होइनँ, म त मानिसहरूद्वारा निन्दित र जाति जातिबाट तिरस्कृत व्यक्ति हुँ।

7 जतिले मलाई देख्छन्; तिनीहरू सबै मलाई खिसी गरेर हाँस्छन्,तिनीहरूले मेरो उपहास गर्छन् र टाउकोहल्लाउँदै यसो भन्छन्,

8 ‘‘उहाँले त्यसलाई छुटकारा दिनुहुन्छ भनी त्यसले परमप्रभुमाथि भरोसा राख्थ्यो, उहाँले नै त्यसलाई बचाऊन् किनकि उहाँ त्यसमा प्रसन्न हुनुभएको छ।’’

9 तर मलाई गर्भबाट निकाल्नुहुने तपाईं नै हुनुहुन्छ, आमाको स्तनपान गर्ने अवस्था हुँदादेखि नै तपाईंले मलाई भरोसा गर्न लगाउनुभयो।

10 म गर्भदेखि नै तपाईंकहाँ सुम्पिएँ, मेरी आमाको गर्भदेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ।

11 मबाट टाढा नहुनुहोस्, सङ्कष्ट नजिकै छ, किनकि सहायता गर्ने कोही छैन।

12 धेरै साँढेले मलाई घेरेका छन्। बाशानका बलिया-बलिया साँढेहरूले मलाई चारैपट्टि घेरा हालेका छन्।

13 आफ्ना शिकारलाई फहराउने र गर्जने सिंहझैँ तिनीहरूले मतिर आफ्ना मुख बाएका छन्।

14 म पानीझैँ पोखिएको छु, अनि मेरा सबै हड्डी जोर्नीबाट फुस्केका छन्, मेरो हृदय मैनजस्तो भएको छ, त्यो मेरो छातीभित्र पग्लेको छ।

15 खपटोझैँ मेरो बल ह्रास भएको छ र मेरो जिब्रो तालुमा टाँसिएको छ, अनि तपाईंले मलाई मृत्युको धूलोमा मिलाउनुभएको छ।

16 किनकि कुकुरहरूले मलाई घेरेका छन्, दुष्टहरूको झुन्डले मलाई घेरा हालेको छ, तिनीहरूले मेरा हात र खुट्टा छेँडेका छन्।

17 म मेरा सबै हड्डीलाई गन्न सक्छु, तिनीहरू मलाई एकटक लगाएर हेर्छन्।

18 तिनीहरूले मेरा वस्त्र आपसमा बाँड्छन्, र मेरो पोशाकको निम्ति चिट्ठा हाल्छन्।

19 तर हे परमप्रभु, मदेखि टाढा नहुनुहोस्, हे मेरो शक्ति, मलाई सहायता गर्न हतारिनुहोस्।

20 मलाई तरवारबाट बचाउनुहोस्, मेरो जीवनलाई कुकुरको पन्जाबाट छुटाउनुहोस्।

21 मलाई सिंहको मुखबाट बचाउनुहोस्, किनकि जङ्गली साँढेहरूका सिङहरूबाट मेरो विन्ती सुन्नुभएको छ।

22 मेरा भाइहरूलाई म तपाईंको नाउँ घोषणा गर्नेछु, म तपाईंको प्रशंसा सभाको बीचमा गर्नेछु।

23 हे परमप्रभुको भय मान्नेहरू हो, उहाँको प्रशंसा गर, हे याकूबका सबै सन्तान हो, उहाँको महिमा गर र हे इस्राएलका सबै सन्तान हो, उहाँको भय मान।

24 किनकि उहाँले दु:खीको दु:खलाई तुच्छ ठान्नुभएको छैन, न त घृणा नै गर्नुभएको छ, न ऊबाट आफ्नो मुहार नै लुकाउनुभएको छ, तर जब उसले उहाँलाई पुकार्यो, तब उहाँले सुन्नुभयो।

25 ठूलो सभामा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्छ, उहाँका डर मान्नेहरूको सामु म आफ्ना भाकल पूरा गर्नेछु।

26 नम्रहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिमीहरूका हृदय सदासर्वदा जीवित रहनेछ।

27 सारा पृथ्वीका सबै जातिले उहाँको स्मरण गर्नेछन् र परमप्रभुतिर फर्कनेछन्, अनि जाति-जातिका सबै परिवारले तपाईंको सामु दण्डवत् गर्नेछन्।

28 किनकि राज्य परमप्रभुकै हो, अनि जाति-जातिमाथि उहाँ नै शासक हुनुहुन्छ।

29 पृथ्वीका सबै हृष्टपुष्ट मानिसहरूले खानेछन् र दण्डवत् गर्नेछन्, सबै माटोमा मिल्नेहरूले उहाँको अघि दण्डवत् गर्नेछन्, कसैले पनि आफ्नो प्राण जीवित राख्न सक्नेछैन।

30 एउटा वंशले उहाँको सेवा गर्नेछ र भावी पुस्तालाई प्रभुको विषयमा बताइनेछ।

31 तिनीहरू आउनेछन् र तिनीहरूबाट जन्मेको एउटा जातिलाई ‘उहाँले यो गर्नुभएको छ’ भनेर उहाँको धार्मिकताको वर्णन गर्नेछन्।




23

1 परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई कुनै कुराको घटी हुँदैन।

2 उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ, उहाँले मलाई शान्त पानीनिर डोर्याउनुहुन्छ।

3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताको मार्गमा अगुवाइ गर्नुहुन्छ।

4 अँ, मृत्युको घोर अन्धकारमय छायाँको घाटीबाट भएर जानुपरे तापनि म कुनै खराबीदेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ, तपाईंको लट्ठी र तपाईंको लहुरो, तिनैले मलाई सान्त्वना दिन्छन्।

5 मेरा शत्रुहरूका सामुन्ने, तपाईंले मेरो अघिल्तिर भोज तयार पार्नुहुन्छ, तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिन्छ।

6 निश्चय नै मेरो जीवनभरि भलाइ र कृपाले मलाई पछयाउनेछन्, र म परमप्रभुको भवनमा सदासर्वदै वास गर्नेछु।




24

1 पृथ्वी र यसमा भएका सबै परमप्रभुकै हुन्, संसार र यसमा वास गर्नेहरू सबै परमप्रभुका हुन्।

2 किनकि उहाँले समुद्रमाथि जग बसाल्नुभएको छ र पानीमाथि यसलाई स्थापित गर्नुभएको छ।

3 परमप्रभुको पर्वतमाथि को उक्लन सक्छ? वा उहाँको पवित्रस्थानमा को उभिन सक्छ?

4 त्यही नै, जसका हात सफा छन् र जसको हृदय शुद्ध छ, जसले आफ्नो मन व्यर्थतातर्फ लगाएको छैन, न त छलसित कसम खाएको छ।

5 त्यसले परमप्रभुबाट आशिष् र त्यसको उद्धारको परमेश्वरबाट धार्मिकता पाउनेछ।

6 यो उहाँको खोजी गर्नेहरूको पुस्ता हो, जसले तपाईंको मुहार खोज्दछन्, हे याकूबका परमेश्वर ! सेला

7 हे मूलढोका हो, आफ्ना शिर उठाओ, हे सनातनका ढोका हो, उच्च होओ र महिमाका राजा भित्र पस्नुहुनेछ।

8 यी महिमाका राजा को हुनुहुन्छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।

9 हे मूलढोका हो, आफ्ना शिर उठाओ,हे सनातनका ढोका हो, उच्च होओ,र महिमाका राजा भित्र पस्नुहुनेछ।

10 यी महिमाका राजा को हुनुहुन्छ? सेनाहरूका परमप्रभु, उहाँ नै महिमाका राजा हुनुहुन्छ। सेला




25

1 हे परमप्रभु, म आफ्नो मन तपाईंतिर उठाउँछु।

2 हे मेरा परमेश्वर, म तपाईंमा भरोसा राख्छु, मलाई शर्ममा पर्न नदिनुहोस्। मेरा शत्रुहरू ममाथि विजयी हुन नपाऊन्।

3 अँ, तपाईंको बाटो हेर्ने कोही पनि शर्ममा पर्नेछैनन्, तर दुष्कर्म गर्नेहरूलाई बहाना छैन, तिनीहरू शर्ममा पर्नेछन्।

4 हे परमप्रभु, तपाईंका मार्गहरू मलाई देखाउनुहोस्, मलाई तपाईंको बाटोमा हिँड्न सिकाउनुहोस्।

5 मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र सिकाउनुहोस्, किनकि तपाईं मेरा मुक्तिका परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईंकै बाटो हेर्दछु।

6 हे परमप्रभु, तपाईंको कोमल कृपा र तपाईंको करुणाको स्मरण गर्नुहोस्, किनकि ती अनन्तकालदेखिकै हुन्।

7 मेरा जवानीका पाप र मेरा अपराधको सम्झना नगर्नुहोस्, हे परमप्रभु, तपाईंको भलाइको कारण, तपाईंको करुणाअनुसार तपाईंले मेरो सम्झना गर्नुहोस्।

8 परमप्रभु, भला र सीधा हुनुहुन्छ, यसैकारण, उहाँले पापीहरूलाई आफ्नो मार्गको शिक्षा दिनुहुनेछ।

9 उहाँले नम्रहरूलाई न्यायमा अगुवाइ गर्नुहुनेछ, अनि उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुनेछ।

10 उहाँको करार र उहाँका साक्षी पालन गर्नेहरूका निम्ति परमप्रभुका सबै मार्ग प्रेममय र विश्वासयोग्य छन्।

11 हे परमप्रभु, तपाईंको नामको खातिर, मेरो अधर्म क्षमा गर्नुहोस्, किनकि त्यो ठूलो छ।

12 परमप्रभुको भय मान्ने मानिस को हो? उहाँले त्यसलाई, त्यो कुन बाटो हिँड्नुपर्ने हो, सिकाउनुहुन्छ।

13 त्यसले सुखचैनमा आफ्नो जीवन बिताउनेछ, अनि उसको सन्तान पृथ्वीको हकवाला बन्नेछ।

14 परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता रहन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार प्रकट गर्नुहुनेछ।

15 मेरा आँखा निरन्तर परमप्रभुतिर छन्, किनकि उहाँले नै मेरा खुट्टालाई पासोबाट निकाल्नुहुनेछ।

16 मतिर फर्कनुहोस् र मलाई कृपा गर्नुहोस्, किनकि म एक्लो र पीडित छु।

17 मेरा हृदयका वेदना बढेका छन्, मलाई मेरा कष्टबाट छुटकारा दिनुहोस्।

18 मेरो कष्ट र पीडामाथि दृष्टि दिनुहोस्, र मेरा सबै पाप क्षमा गर्नुहोस्।

19 मेरा शत्रुहरूमाथि विचार गर्नुहोस्, किनकि तिनीहरू धेरै छन्, अनि तिनीहरूले मलाई क्रूरतापूर्वक घृणा गर्छन्।

20 मेरो प्राणको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, मलाई शर्ममा नपार्नुहोस्, किनकि तपाईंमाथि म भरोसा राख्दछु।

21 इमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्, किनकि म तपाईंको बाटो हेर्दछु।

22 हे परमेश्वर, इस्राएललाई त्यसका सबै दु:खबाट मुक्त गर्नुहोस्।




26

1 हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म मेरो इमानदारीमा हिँडेको छु, मैले परमप्रभुमाथि भरोसा राखेको छु, यसकारण म डगमगाउनेछैनँ।

2 हे परमप्रभु, मलाई जाँच्नुहोस् र जाँचेर हेर्नुहोस्, मेरो अन्तस्करण र मेरो हृदय पारख गरेर हेर्नुहोस्।

3 किनकि तपाईंको करुणा मेरा आँखाको सामु छ र म तपाईंको सत्यतामा निरन्तर हिँडेको छु।

4 म व्यर्थका मानिसहरूसँग बसेको छैनँ, न त कपटीहरूको साथमा हिँडेको छु।

5 मैले कुकर्मीहरूको सङ्गतिलाई घृणा गरेको छु, अनि दुष्टहरूसँग म बस्नेछैनँ।

6 म मेरा हात इमानदारितामा धुनेछु र हे परमप्रभु, म तपाईंको वेदी परिक्रमा गर्नेछु,

7 जसले गर्दा धन्यवादको स्वरले म घोषणा गर्न सकूँ र तपाईंका सबै आश्चर्यकर्मको वर्णन गर्न सकूँ।

8 हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन र तपाईंको महिमा रहने ठाउँलाई मैले प्रेम गरेको छु।

9 मेरो प्राणलाई पापी र मेरो जीवनलाई रक्तपात गर्ने मानिसहरूसित नमिलाउनुहोस्,

10 जसका हातले उपद्रव गर्दछन्, तिनीहरूका दाहिने हात घूसले भरिएका हुन्छन्।

11 तर म त, मेरो इमानदारीमा हिँड्नेछु, मेरो उद्धार गर्नुहोस् र मप्रति कृपालु हुनुहोस्।

12 मेरो खुट्टा ठीक ठाउँमा उभिन्छ, ठूलो सभामा म परमप्रभुको प्रशंसा गर्नेछु।




27

1 परमप्रभु, मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ, मैले कसको भय मानूँ? परमप्रभु, मेरो जीवनको बल हुनुहुन्छ, मैले कसको भय मानूँ?

2 जब दुष्टहरू, मेरा शत्रु र विरोधीहरू ममाथि आक्रमण गर्न आइलागे, तब तिनीहरू ठक्कर खाएर लडे।

3 फौजले मेरो विरुद्धमा घेरा हाले तापनि मेरो हृदय डराउनेछैनँ, मेरो विरुद्धमा लडाइँ मच्चिए तापनि म दृढ रहनेछु।

4 परमप्रभुसँग मैले एउटा कुरा मागेको छु, त्यसैको पछि म लाग्नेछु, जसले गर्दा परमप्रभुको सुन्दरता हेर्न र उहाँको मन्दिरमा ध्यान गर्न म मेरो जीवनभरि नै परमप्रभुको भवनमा रहन पाऊँ।

5 किनकि सङ्कष्टको दिनमा उहाँले मलाई आफ्नो वासस्थानभित्र लुकाउनुहुनेछ, उहाँले मलाई उहाँको पवित्र वासस्थानको गुप्तमा राख्नुहुनेछ, अनि उहाँले मलाई चट्टानमाथि बसाल्नुहुनेछ।

6 अब मेरो शिर मेरा वरिपरि भएका शत्रुहरूभन्दा उच्च पारिनेछ, म उहाँको पवित्र वासस्थानमा आनन्दको बलि चढाउनेछु, म गाउनेछु, अँ, म परमप्रभुको प्रशंसा गाउनेछु।

7 हे परमप्रभु, जब म उच्च स्वरमा पुकार्छु, ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस्।

8 जब तपाईंले ‘‘मेरो मुहारको खोजी गर्’’ भन्नुभयो, तब मेरो हृदयले तपाईंलाई भन्यो, ‘‘हे परमप्रभु, म तपाईंकै मुहारको खोजी गर्नेछु।’’

9 तपाईंको मुहार मबाट नलुकाउनुहोस्, रिसमा तपाईंको दासलाई इन्कार नगर्नुहोस्, तपाईं मेरो सहायक हुनुभएको छ, हे मेरा उद्धारका परमेश्वर, मलाई नछोड्नुहोस्, न त मलाई त्याग्नुहोस्।

10 मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।

11 हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् र मेरा शत्रुहरूका कारण मलाई ठीक मार्गमा डोर्याउनुहोस्।

12 मलाई मेरा शत्रुहरूका इच्छामा नसुम्पनुहोस्, किनकि झुटा साक्षीहरू मेरो विरुद्धमा उठेका छन् र हिंसाको फुत्कार छोड्छन्।

13 म विश्वास गर्छु कि जीवितहरूका देशमा म परमप्रभुको भलाइ देख्नेछु।

14 धैर्यपूर्वक परमप्रभुको बाटो हेर, साहसिलो होओ र उहाँले तिमीहरूको हृदयलाई बलियो पार्नुहुनेछ।




28

1 हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, नसुनेजस्तो नगर्नुहोस्, तपाईं मसित चुप रहनुभयो भने म त ती पातालमा पर्नेहरूजस्तै हुन्छु।

2 जब सहायताको निम्ति तपाईंलाई पुकार्छु र म तपाईंको महापवित्रस्थानतिर आफ्नो हात उचाल्छु, तब मेरो विन्ती सुन्नुहोस्।

3 मलाई दुष्ट र कुकर्मीहरूसँगै नफ्याँक्नुहोस्, जसले आफ्ना छरछिमेकीसँग मेलमिलापका कुरा गर्छन् तर तिनीहरूको हृदयमा दुष्टता हुन्छ।

4 तिनीहरूलाई तिनीहरूका काम र दुष्कर्मअनुसार बदला लिनुहोस्, तिनीहरूलाई तिनीहरूका हातको कामअनुसार बदला लिनुहोस्, तिनीहरूलाई तिनीहरूका उचित प्रतिफल दिनुहोस्।

5 किनकि तिनीहरूले परमप्रभुका काम र उहाँका हातको कार्यमा वास्ता गर्दैनन्, उहाँले तिनीहरूलाई नष्ट गर्नुहुनेछ र तिनीहरूलाई निर्माण गर्नुहुनेछैन।

6 परमप्रभु धन्यका होऊन्, किनभने उहाँले मेरो विन्ती सुन्नुभएको छ।

7 परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ, मेरो हृदयले उहाँमा भरोसा राख्तछ, र मैले सहायता पाएको छु, यसैकारण, मेरो हृदय अत्यन्तै रमाउँछ र मेरो गीतद्वारा म उहाँको प्रशंसा गर्नेछु।

8 परमप्रभु आफ्ना मानिसहरूको बल हुनुहुन्छ, अनि उहाँ नै आफ्नो अभिषिक्तजनको निम्ति उद्धारको शक्ति हुनुहुन्छ।

9 तपाईंका प्रजालाई बचाउनुहोस् र तपाईंको निजी सम्पत्तिलाई आशिष् दिनुहोस्, साथै तपाईं तिनीहरूको गोठालो हुनुहोस् र तिनीहरूलाई सधैँभरि बोक्नुहोस्।




29

1 हे परमेश्वरका शक्तिशाली सन्तान हो, परमप्रभुलाई श्रेय देओ, परमप्रभुलाई महिमा र सामर्थ्य देओ।

2 परमप्रभुलाई उहाँको नाउँको सुहाउँदो महिमा देओ, पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत् गर।

3 परमप्रभुको आवाज पानीमाथि छ, महिमाको परमेश्वर गर्जनुहुन्छ, परमप्रभु समुद्रमाथि हुनुहुन्छ।

4 परमप्रभुको आवाज सामर्थी छ, परमप्रभुको आवाज प्रतापी छ।

5 परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्छन्, अँ परमप्रभुले लेबनानका देवदारुहरू भाँचिदिनुहुन्छ।

6 उहाँले लेबनानलाई बाछाझैँ र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफार्नुहुन्छ।

7 परमप्रभुको आवाजले आगोका ज्वाला चिर्दछ।

8 परमप्रभुको आवाजले मरुभूमिलाई हल्लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई हल्लाउनुहुन्छ।

9 परमप्रभुको आवाजले हरिणीलाई ब्याउने तुल्याउँछ र जङ्गललाई उजाड पार्दछ, अनि उहाँको मन्दिरमा सबैले उहाँको महिमाको वर्णन गर्छन्।

10 परमप्रभु बाढीमाथि विराजमान हुनुहुन्छ, परमप्रभु सदासर्वदा राजाझैँ विराजमान हुनुहुन्छ।

11 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति दिनुहुन्छ, परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिका साथ आशिष् दिनुहुन्छ।




30

1 हे परमप्रभु, म तपाईंलाई उचाल्दछु, किनकि तपाईंले मलाई उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि आनन्दित हुन दिनुभएको छैन।

2 हे परमप्रभु, मेरा परमेश्वर, मैले तपाईंलाई पुकारेँ र तपाईंले मलाई निको पार्नुभयो।

3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई पातालबाट माथि निकाल्नुभएको छ, म तल पातालमा नपरूँ भनेर तपाईंले मलाई जीवित राख्नुभएको छ।

4 हे परमप्रभुका पवित्रजन हो, उहाँका निम्ति भजन गाओ, र उहाँको पवित्रताको सम्झनामा धन्यवाद देओ।

5 किनकि उहाँको रिस त क्षणभरको हो, उहाँकै निगाहमा जीवन छ, रुवाइ त रातभर रहला, तर बिहानै आनन्द आउँछ।

6 अनि मेरो उन्नतिमा मैले भनेँ, ‘‘म कहिल्यै डगमगाउनेछैनँ।’’

7 हे परमप्रभु, तपाईंको निगाहमा तपाईंले मेरो पहाड बलियो पार्नुभयो, तपाईंले आफ्नो मुहार लुकाउनुभयो, र म विचलित भएँ।

8 हे परमप्रभु, मैले तपाईंलाई पुकारेँ, र परमप्रभुलाई मैले विन्ती चढाएँ।

9 म मरेर पातालमा गएँ भने के लाभ छ र? के धुलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको सत्यताको घोषणा गर्छ र?

10 हे परमप्रभु, सुन्नुहोस् र ममाथि कृपा गर्नुहोस्, हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्।

11 तपाईंले मेरो शोकलाई नाचमा परिवर्तन गर्नुभएको छ, तपाईंले मेरो भाङ्ग्राको वस्त्र फुकालिदिनुभएको छ, र मलाई आनन्दको पटुकाले बाँधिदिनुभएको छ,

12 जसले गर्दा मेरो हृदयले तपाईंको स्तुति गाओस् र चुप नलागोस्। हे परमप्रभु, मेरा परमेश्वर, म सधैँभरि तपाईंलाईधन्यवाद दिनेछु।




31

1 हे परमप्रभु, तपाईंमाथि म मेरो भरोसा राख्छु, म कहिल्यै सर्माउन नपरोस्, तपाईंको धार्मिकतामा मलाई छुटकारा दिनुहोस्।

2 तपाईंको कान मतिर लगाउनुहोस्, मलाई चाँडै छुटकारा दिनुहोस्। तपाईं मेरो बलियो चट्टान र मलाई बचाउने बलियो किल्ला हुनुहोस्।

3 किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, यसकारण, तपाईंको नाउँको खातिर मलाई डोर्याउनुहोस्, र मलाई अगुवाइ गर्नुहोस्।

4 मेरो निम्ति गुप्त रूपमा थापेको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईं मेरो बल हुनुहुन्छ।

5 म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु, हे परमप्रभु, सत्यका परमेश्वर, तपाईंले मलाई उद्धार गर्नुभएको छ।

6 व्यर्थका कुरातिर मन लगाउनेहरूलाई मैले घृणा गरेको छु, तर म परमप्रभुमाथि भरोसा राख्तछु।

7 म आनन्दित हुनेछु र तपाईंको कृपामा रमाउनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभएको छ, तपाईंले मेरो प्राणको वेदनालाई जान्नुभएको छ,

8 अनि मलाई शत्रुको हातमा सुम्पनुभएको छैन, तपाईंले मेरा खुट्टा फराकिलो ठाउँमा राख्नुभएको छ।

9 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्, किनकि म कष्टमा छु, शोकले मेरो आँखा धमिलो भएको छ, अँ, मेरो प्राण र शरीर पनि क्षीण भएको छ।

10 किनकि मेरो जीवन शोक र मेरा वर्ष सुस्केरामा बितेका छन्, मेरो अधर्मको कारण म शक्तिहीन भएको छु, र मेरा हड्डीहरू मकिएका छन्।

11 मेरा सबै शत्रुहरूले गर्दा, विशेषगरी मेरो छरछिमेकका बीचमा म निन्दाको कारण र मेरा मित्रहरूका निम्ति डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन्।

12 म मरेको मानिससरह बिर्सिइएको छु, मेरो बारेमा कसैले सोच्दैन, म त फुटेको भाँडासरह भएको छु।

13 किनकि धेरै जनाले मेरो निन्दा गरेको मैले सुनेको छु, चारैतिर डर छाएकोथियो, जब तिनीहरूले मेरो विरुद्धमाएकसाथ मतो गरे,तब तिनीहरूले मेरो प्राण लिने युक्तिगरे।

14 तर हे परमप्रभु, मैले तपाईंमाथि भरोसा गरेँ, मैले भनेँ, ‘‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ।’’

15 मेरा दिनहरू तपाईंकै हातमा छन्, मलाई मेरा शत्रु र मलाई सताउनेहरूका हातबाट छुटाउनुहोस्।

16 आफ्नो दासमाथि तपाईंको मुहार चम्कन दिनुहोस्, आफ्नो कृपाको खातिर मलाई बचाउनुहोस्।

17 हे परमप्रभु, म सर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु, दुष्टहरू सर्ममा परून् र तिनीहरू पातालमा चुपचाप रहून्।

18 झुट बोल्ने ओठहरू चुप पारिऊन्, जसले घमण्ड र घृणासाथ धर्मीहरूका विरुद्धमा बोल्दछन्।

19 अहो ! तपाईंको भलाइ कति महान् छ, जुन तपाईंले तपाईंका भय मान्नेहरूका निम्ति साँचेर राख्नुभएको छ, जुन तपाईंले मानिसहरूका सन्तानको सामु तपाईंमाथि भरोसा गर्नेहरूका निम्ति प्रकट गर्नुभएको छ !

20 तपाईंले तिनीहरूलाई आफ्नो उपस्थितिको गुप्त स्थानमा मानिसको षडयन्त्रदेखि लुकाएर राख्नुहुनेछ, तपाईंले तिनीहरूलाई वासस्थानभित्र झगडालु जिब्रोदेखि सुरक्षित राख्नुहुनेछ।

21 परमप्रभु धन्यका होऊन्, किनकि उहाँले मलाई बलियो शहरमा आफ्नो अचम्मको दया देखाउनुभएको छ।

22 किनकि आत्तिएको बेलामा मैले भनेँ, ‘‘म तपाईंको दृष्टिबाट अलग भएको छु,’’ तैपनि जब मैले तपाईंलाई पुकारेँ, तपाईंले मेरो प्रार्थना सुन्नुभयो।

23 हे परमप्रभुका सबै पवित्रजन हो, उहाँलाई प्रेम गर, किनकि उहाँले विश्वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ र अहङ्कार गर्नेहरूलाई प्रशस्त गरी प्रतिफल दिनुहुन्छ।

24 हे सबै परमप्रभुमाथि आशा राख्नेहरू हो, साहसिलो होओ, र उहाँले तिमीहरूको हृदयलाई बलियो पार्नुहुनेछ




32

1 त्यो मानिस धन्यको हो, जसको अपराध क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।

2 त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न र जसको आत्मामा कुनै छल छैन।

3 जब मैले मेरा पाप स्वीकार गर्न इन्कार गरेँ, दिनभरिको मेरो सुस्केराद्वारा मेरा हड्डीहरू मकिए।

4 किनकि रातदिन तपाईंको बाहुलीको भार ममाथि रह्यो, मेरो शरीरको ताकत ग्रीष्मको खडेरीमा परिवर्तन भयो। सेला

5 मैले तपाईंको सामु मेरो पाप स्वीकार गरेँ र मेरो अधर्म मैले लुकाइनँ। मैले भनेँ, ‘‘म परमप्रभुको सामु मेरा अपराध स्वीकार गर्नेछु,’’ अनि तपाईंले नै मेरो पापको दोष क्षमा गर्नुभयो। सेला

6 यसकारण, हरेक भक्तजनले तपाईंलाई भेट्टाउन सकिने समय हुँदै तपाईंलाई प्रार्थना गरोस्, निश्चय नै उर्लेको पानीको भेलले त्यसलाई छुनेछैन।

7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट जोगाउनुहुनेछ, तपाईंले मलाई छुटकाराको गीतले घेर्नुहुनेछ। सेला

8 म तिमीलाई शिक्षा दिनेछु, तिमीले कुन मार्गमा हिँड्नुपर्ने हो, सो म तिमीलाई सिकाउनेछु, म मेरो आँखाले तिमीलाई सल्लाह दिनेछु।

9 तिमीहरू समझ नभएका घोडा वा खच्चरजस्ता नहोओ, जसलाई लगाम र करेलीले अधीनमा राख्नुपर्छ, नत्र त तिनीहरू तिम्रो नजिकमा आउँछन्।

10 दुष्टले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेलाई कृपाले घेर्नेछ।

11 हे धर्मीजन हो, परमप्रभुमा आनन्दित होओ र रमाओ ! हे सबै सोझो हृदय भएकाहरू हो, हर्षले जयजयकार गर !




33

1 हे धर्मीजन हो, परमप्रभुमा आनन्द गर, किनकि सोझो मन भएकाहरूले उहाँको प्रशंसा गर्न सुहाउँछ।

2 वीणा बजाएर परमप्रभुको प्रशंसा गर, दशतारे सारङ्गी बजाएर उहाँको स्तुति गाओ।

3 उहाँको निम्ति एउटा नयाँ भजन गाओ, उच्च सोरमा निपुणतासाथ बजाओ।

4 किनकि परमप्रभुको वचन ठीक छ, र उहाँका सबै काम सत्यतामा गरिन्छन्।

5 उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ, पृथ्वी परमप्रभुको भलाइले भरपुर छ।

6 परमप्रभुको वचनद्वारा आकाश र उहाँको मुखको सासद्वारा सारा ग्रह-नक्षत्रहरू बनिए।

7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ, उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ।

8 सारा पृथ्वीले परमप्रभुको भय मानोस्, संसारका सबै बासिन्दाले उहाँको भय मानून्।

9 किनकि उहाँ बोल्नुभयो, तब त्यस्तै भइहाल्यो, उहाँले आज्ञा गर्नुभयो, र त्यो हुन आयो।

10 परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ, उहाँले मानिसहरूका युक्तिहरूलाई निष्फल तुल्याउनुहुन्छ।

11 परमप्रभुको सल्लाह सदासर्वदा स्थिर रहन्छ, उहाँको हृदयका विचार पुस्तौंपुस्तौंसम्म स्थिर रहन्छ।

12 त्यो जाति धन्यको हो, जसका परमेश्वर परमप्रभु हुनुहुन्छ, र ती मानिसहरू जसलाई उहाँले आफ्नो उत्तराधिकारको निम्ति चुन्नुभएको छ।

13 परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ, उहाँले मानिसका सबै सन्तानलाई देख्नुहुन्छ।

14 उहाँले आफ्नो वासस्थानबाट पृथ्वीका सारा बासिन्दामाथि नजर राख्नुहुन्छ।

15 उहाँले सबैका हृदयको रचना गर्नुहुन्छ, उहाँले तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।

16 कुनै राजा आफ्नो सेनाको ठूलो दलद्वारा बचाइँदैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा छुटाइँदैन।

17 बचाउको निम्ति घोडा व्यर्थको कुरा हो, न त त्यसले आफ्नो ठूलो बलद्वारा कसैलाई छुटकारा दिनेछ।

18 हेर, परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, जसले उहाँको कृपामाथि आशा राख्दछन्,

19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।

20 हाम्रो प्राणले परमप्रभुको बाटो हेर्दछ, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ।

21 किनकि उहाँमा हाम्रो हृदय आनन्दित हुनेछ, किनभने हामीले उहाँको पवित्र नाउँमाथि भरोसा राखेका छौं।

22 हे परमप्रभु, हामीले तपाईंमा आशा राखेअनुसार तपाईंको कृपा हामीमाथि रहोस्।




34

1 हरसमय म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।

2 मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ, नम्रहरूले यो सुन्नेछन् र आनन्दित हुनेछन्।

3 मसँग परमप्रभुको बढाइँ गर, हामी मिलेर उहाँको नाउँ उच्च पारौं।

4 मैले परमप्रभुको खोजी गरेँ र उहाँले मेरो विन्ती सुन्नुभयो अनि मेरा सबै डरदेखि मलाई छुटकारा दिनुभयो।

5 तिनीहरूले उहाँलाई हेरे र उज्ज्वल भए, अनि तिनीहरूका मुहारहरू लज्जित भएनन्।

6 यस दु:खित मानिसले परमप्रभुलाई पुकार्यो र परमप्रभुले यसको विन्ती सुन्नुभयो, अनि यसलाई, यसका सबै सङ्कष्टबाट छुटाउनुभयो।

7 परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले घेरा हाल्दछन् र तिनीहरूलाई छुटकारा दिन्छन्।

8 अहो ! चाखेर हेर, परमप्रभु कति भलो हुनुहुन्छ, उहाँमाथि भरोसा गर्ने मानिस धन्यको हो।

9 हे परमप्रभुका पवित्रजन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई कुनै कुराको अभाव हुँदैन।

10 जवान सिंहहरूलाई घटी होला र ती भोकाउलान्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुनेछैन।

11 आओ, हे छोराछोरी हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय सिकाउनेछु।

12 त्यो कुन मानिस हो, जसले जीवनको चाह गर्दछ, अनि दीर्घायु र खुशीको जीवन मन पराउँछ?

13 आफ्नो जिब्रो खराबीबाट र आफ्ना ओठ छलका कुरा बोल्नबाट जोगाऊ।

14 खराबीबाट भाग र भलाइ गर, शान्ति खोज र त्यसकै पछि लाग।

15 परमप्रभुको दृष्टि धर्मीजनमाथि छ, र उहाँका कान तिनीहरूको पुकार सुन्न खुला छन्।

16 पृथ्वीबाट तिनीहरूको सम्झना मेटाइदिन परमप्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा छ।

17 धर्मीजनले पुकार्दछन्, अनि परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई छुटकारा दिनुहुन्छ।

18 परमप्रभु तोडिएको हृदय हुनेहरूको नजिकमा हुनुहुन्छ र पश्चात्तापी आत्मा हुनेहरूलाई उद्धार गर्नुहुन्छ।

19 धर्मीजनलाई धेरै दु:ख त हुन्छ, तर परमप्रभुले त्यसलाई ती सबैबाट छुटकारा दिनुहुन्छ।

20 उहाँले त्यसका सबै हड्डीको रक्षा गर्नुहुन्छ, तिनमा एउटै पनि भाँचिदैन।

21 खराबीले दुष्टलाई मार्नेछ र धर्मीजनलाई घृणा गर्नेहरू दोषी ठहरिनेछन्।

22 परमप्रभुले आफ्ना दासहरूको प्राणलाई उद्धार गर्नुहुन्छ, उहाँमाथि भरोसा गर्नेहरूमध्ये कोही पनि दोषी ठहरिनेछैन।




35

1 हे परमप्रभु, मसित झगडा गर्नेहरूसित झगडा गर्नुहोस्, मसित युद्ध गर्नेहरूको विरुद्धमा युद्ध गर्नुहोस्।

2 कवच पहिरनुहोस् र ढाल लिनुहोस्, अनि मेरो सहायताको निम्ति खडा हुनुहोस्।

3 भाला पनि थुत्नुहोस् र मलाई खेद्नेहरूको विरुद्धमा बाटो छेक्नुहोस्, मेरो प्राणलाई भन्नुहोस्, ‘‘तेरो उद्धार म नै हुँ।’’

4 मेरो प्राण लिन खोज्नेहरू लज्जित होऊन् र सर्ममा परून्, मेरो हानि रच्नेहरू पछि हटून् र सर्ममा परून्।

5 तिनीहरू बतासको सामु भुसजस्ता होऊन्, अनि परमप्रभुको दूतले तिनीहरूलाई खेदून्।

6 किनकि बिनाकारण तिनीहरूले मेरो निम्ति खाडलभित्र जाल लुकाए, जुन खाडल बिनाकारण तिनीहरूले मेरो निम्ति खनेका थिए।

7 एक्कासि तिनीहरूमाथि विनाश आइपरोस् र तिनीहरूले लुकाएको जालमा तिनीहरू आफै परून्, त्यही विनाशमा तिनीहरू आफै नष्ट होऊन्।

8 एक्कासि तिनीहरूमाथि विनाश आइपरोस् र तिनीहरूले लुकाएको जालमा तिनीहरू आफै परून्, त्यही विनाशमा तिनीहरू आफै नष्ट होऊन्।

9 तर मेरो प्राण परमप्रभुमा आनन्दित हुनेछ र उहाँको उद्धारमा रमाउनेछ।

10 मेरा सबै हड्डीहरूले भन्नेछन्, ‘‘हे परमप्रभु, तपाईंजस्तो को छ र? तपाईंले दु:खमा परेकालाई ऊभन्दा बलिया मानिसहरूबाट छुटाउनुहुन्छ, अँ, गरिब र दरिद्रलाई, उसलाई लुट्नेहरूबाट छुटाउनुहुन्छ।’’

11 झुटा साक्षीहरू खडा भए, तिनीहरूले मलाई थाहै नभएका कुरामा दोष लगाए।

12 तिनीहरूले मलाई शोकित होउन्जेल भलाइको सट्टामा खराबी गरे।

13 तर मैले त तिनीहरू बिरामी हुँदा भाङ्ग्राको वस्त्र लगाएँ, उपवास बसेर मैले आफैँलाई नम्र तुल्याएँ, अनि मेरो प्रार्थना मतिरै फर्क्यो।

14 आफ्नै साथी वा भाइलाई झैँ मैले व्यवहार गरेँ, आफ्नै आमाको निम्ति विलाप गर्नेले झैँ मैले धेरै शोक गरेँ।

15 तर मेरो विपत्तिमा तिनीहरू रमाए, र एकसाथ भेला भए, अँ, ती आक्रमणकारीहरू मेरो विरुद्धमा एकसाथ भेला भए, अनि तिनीहरूले लगातार मेरो निन्दा गरे।

16 भोजमा उपहास गर्ने कपटीहरूसँगै तिनीहरूले मेरो विरुद्धमा दाह्रा किटे।

17 हे परमप्रभु, तपाईं कहिलेसम्म हेरिरहनुहुन्छ? मेरो प्राणलाई तिनीहरूको आक्रमणबाट, मेरो जीवनलाई ती सिंहहरूबाट बचाउनुहोस्।

18 ठूलो सभामा म तपाईंलाई धन्यवाद चढाउनेछु, धेरै मानिसको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।

19 बिनाकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्, न त बिनाकारण मलाई घृणा गर्नेहरूले आँखा सर्काउन पाऊन्।

20 किनकि तिनीहरू शान्तिका कुरा गर्दैनन्, तर देशमा शान्तिसित बस्नेहरूका विरुद्धमा छलकपटका युक्ति रच्छन्।

21 अँ, तिनीहरूले मेरो विरुद्धमा आफ्नो मुख बाएर भनेँ, ‘‘आहा ! आहा ! हामीले आफ्नै आँखाले यो देख्न पायौं।’’

22 हे परमप्रभु, तपाईंले यो कुरा देख्नुभएको छ, चुप नलाग्नुहोस्, हे परमप्रभु, मदेखि टाढा नहुनुहोस्।

23 जाग्नुहोस्, मेरो न्यायको निम्ति उठ्नुहोस्, हे मेरा परमेश्वर, मेरा परमप्रभु, मेरो रक्षाको निम्ति खडा हुनुहोस्।

24 हे परमप्रभु, मेरा परमेश्वर, तपाईंको धार्मिकताअनुसार मेरो न्याय गर्नुहोस्, अनि तिनीहरू मेरो विरुद्धमा रमाउन नपाऊन्।

25 तिनीहरूले आफ्नो हृदयमा ‘‘आहा ! हामीले चिताएको पुग्यो भन्न नपाऊन्,’’ न त तिनीहरूले ‘‘हामीले त्यसलाई निल्यौं’’ नै भन्न पाऊन्।

26 मेरो विपत्तिमा रमाउनेहरू लाज र अन्योलमा परून्, मेरो विरुद्धमा आफैलाई उच्च पार्नेहरू लाजमा परून् र अपमानित होऊन्।

27 मेरो न्यायको पक्ष लिनेहरू आनन्दले कराऊन् र हर्षित होऊन्, अँ, उनीहरूले निरन्तर रूपमा यसो भनिरहून्, ‘‘आफ्नो दासको उन्नतिमा प्रसन्न हुनुहुने परमप्रभुको बढाइँ होस्।’’

28 अनि मेरो जिब्रोले दिनभरि नै तपाईंको धार्मिकता र प्रशंसाको बयान गरिरहनेछ।




36

1 दुष्ट मानिस अति नै विद्रोही हुन्छ, उसले परमेश्वरको डर मान्दैन।

2 किनकि त्यसको अधर्म घृणित नभेट्टाइन्जेलसम्म त्यसले आफ्नो नजरमा आफैलाई सर्काउँछ।

3 त्यसका मुखका वचन दुष्ट र छली छन्, त्यसले बुद्धिमानी हुन र भलाइ गर्न छोडेको छ।

4 त्यसले आफ्नो ओछयानमा दुष्ट युक्ति रच्छ, त्यसले आफूलाई ठीक बाटोमा लगाउँदैन, त्यसले खराबीलाई घृणा गर्दैन।

5 हे परमप्रभु, तपाईंको कृपा स्वर्गसम्मै र तपाईंको विश्वसनीयता आकाशसम्मै फैलिएको छ।

6 तपाईंको धार्मिकता विशाल पहाडहरूजस्तै छ, तपाईंका न्यायहरू गहिरो समुद्रझैँ छन्, हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्नुहुन्छ।

7 हे परमेश्वर, तपाईंको दया कति उत्तम छ ! यसैकारण, मानिसका सन्तानले तपाईंका पखेटाको छायाँमुनि आफ्नो भरोसा राख्दछन्।

8 उनीहरू तपाईंको भवनको प्रशस्तताबाट तृप्त हुनेछन् र तपाईंले उनीहरूलाई तपाईंको सुख-चैनको नदीबाट पिउन दिनुहुनेछ।

9 किनकि जीवनको मूल तपाईंसँग छ, तपाईंको ज्योतिमा हामीले ज्योति देख्नेछौं।

10 तपाईंलाई चिन्नेहरूमाथि आफ्नो करुणा र सोझो हृदय हुनेहरूमाथि आफ्नो धार्मिकता जारी राख्नुहोस्।

11 घमण्डको लात मेरो विरुद्धमा नआओस्, न त दुष्टहरूको हातले मलाई हटाओस्।

12 दुष्ट काम गर्नेहरू पतन भएका छन्, तिनीहरू तल फ्याँकिएका छन् र उठ्न सक्नेछैनन्।




37

1 दुष्टहरूको कारण झर्को नमान, न त कुकर्मीहरूको विरुद्धमा डाह गर,

2 किनकि तिनीहरू चाँडै घाँसझैँ सुकिजानेछन् र हरियो बिरुवाझैँ ओइलाउनेछन्।

3 परमप्रभुमाथि भरोसा राख र भलाइ गर अनि तिमी देशमा बस्न पाउनेछौ र सुरक्षित खर्कमा रमाउन पाउनेछौ।

4 परमप्रभुमा रमाहट गर अनि उहाँले तिम्रा हृदयका इच्छा पूरा गरिदिनुहुनेछ।

5 परमप्रभुलाई आफ्नो मार्ग सुम्प, उहाँमाथि भरोसा राख अनि उहाँले त्यो पूरा गरिदिनुहुनेछ।

6 अनि उहाँले तिम्रो धार्मिकता ज्योतिझैँ र तिम्रो न्याय मध्यदिनझैँ प्रकट गरिदिनुहुनेछ।

7 परमप्रभुमा विश्राम गर र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर, आफ्नो मार्गमा उन्नति गर्ने र दुष्ट युक्ति पूरा गर्ने मानिसको कारण झर्को नमान।

8 रिस गर्न छोड र क्रोधलाई त्याग, झर्को नमान, यसले खराबी गर्नतिर मात्र डोर्याउँदछ।

9 किनकि दुष्टहरू नाश हुनेछन्, तर परमप्रभुको बाटो हेर्नेहरू पृथ्वीको उत्तराधिकारी हुनेछन्।

10 किनकि थोरै समयपछि दुष्ट रहनेछैन, अँ, तिमीले त्यसलाई ध्यानपूर्वक खोजे तापनि त्यो त्यहाँ हुनेछैन।

11 तर नम्रहरू पृथ्वीका उत्तराधिकारी हुनेछन् र शान्तिको प्रशस्ततामा आनन्दित हुनेछन्।

12 दुष्टले धर्मीजनको विरुद्धमा युक्ति रच्छ र उसको विरुद्धमा दाह्रा किट्छ।

13 परमप्रभुले त्यसलाई हाँसोमा उडाउनुहुनेछ किनकि त्यसको दिन नजिक आइरहेको उहाँ जान्नुहुन्छ।

14 गरिब र दरिद्रलाई ढाल्न र सीधा चाल भएकाहरूलाई मार्न दुष्टहरूले तरवार थुतेका छन् र धनुमा ताँदो चढाएका छन्।

15 तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्नेछन्, र तिनीहरूका धनु भाँचिनेछन्।

16 धेरै दुष्ट मानिसको धनसम्पत्तिभन्दा एक जना धर्मी मानिससित भएको थोरै कुरा उत्तम हो।

17 किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्, तर परमप्रभुले धर्मीजनलाई सम्हाल्नुहुनेछ।

18 परमप्रभुले सोझाहरूका दिनहरू जान्नुहुन्छ र उनीहरूका उत्तराधिकार सदासर्वदा रहिरहनेछ।

19 खराब समयमा उनीहरू सर्ममा पर्नेछैनन् अनि अनिकालका समयमा पनि उनीहरूसित प्रशस्त हुनेछ।

20 तर दुष्टहरू नाश हुनेछन् र परमप्रभुका शत्रुहरू पाठाहरूका बोसोझैँ हुनेछन्, ती भस्म हुनेछन्, ती धुवाँजस्तै बिलाउनेछन्।

21 दुष्टले ऋण लिन्छ र तिर्दैन, तर धर्मीजन दयालु हुन्छ र तिर्छ।

22 किनकि उहाँबाट आशिष् पाउनेहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्, तर उहाँद्वारा श्राप पाउनेहरू नाश हुनेछन्।

23 असल मानिसका पाइला परमप्रभुद्वारा नै स्थापित हुन्छन्, अनि उहाँ उसको मार्गमा प्रसन्न रहनुहुन्छ।

24 उसलाई ठेस लाग्यो भने पनि ऊ लड्नेछैन किनकि परमप्रभुले आफ्नो हातले समातेर उसलाई थाम्नुहुन्छ।

25 म जवान थिएँ र अहिले बूढो भएको छु, तापनि मैले धर्मीजनलाई त्यागिएको देखेको छैनँ, न त उसको सन्तानले रोटीको भीख माग्दै गरेको देखेको छु।

26 ऊ सधैँभरि कृपालु हुन्छ र ऋण दिन्छ, अनि उसको सन्तानले आशिष् पाउनेछ।

27 खराबीदेखि अलग बस र भलाइ गर, अनि तिमी सदासर्वदा सुरक्षित रहनेछौ।

28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र आफ्ना पवित्रजनलाई त्याग्नुहुन्न, उनीहरू सदासर्वदा सुरक्षित रहन्छन्, तर दुष्टहरूका सन्तान नाश हुनेछन्।

29 धर्मीजन देशका उत्तराधिकारी हुनेछन्, र सधैँभरि त्यहाँ बसोबास गर्नेछन्।

30 धर्मीजनको मुखले बुद्धिको कुरा गर्छ, र उसको जिब्रोले न्यायको कुरा गर्छ।

31 परमेश्वरको व्यवस्था उसको हृदयमा हुन्छ, उसका पाइला चिप्लनेछैनन्।

32 दुष्टले धर्मीजनलाई ढुकिबस्छ, र उसलाई मार्न खोज्छ।

33 परमप्रभुले उसलाई त्यसको हातमा छोड्नुहुनेछैन, न त उसको न्याय हुँदा उसलाई दोषी ठहर्याउनुहुनेछ।

34 परमप्रभुको बाटो हेर र उहाँको मार्गमा हिँड, अनि उहाँले तिमीलाई देशको उत्तराधिकारी बनाउनको निम्ति उच्च पार्नुहुनेछ, जब दुष्टहरू नाश हुन्छन्, तब तिमीले त्यो देख्नेछौ।

35 मैले दुष्टलाई अति नै सामर्थी भएको र हराभरा देवदारुको रूखझैँ सप्रेको देखेको छु।

36 तापनि त्यो मर्यो, हेर, अब त्यो रहेनँ, अँ, मैले त्यसको खोजी गरेँ तर त्यो भेट्टाइएन।

37 निर्दोष मानिसलाई चिन र सोझो मानिसलाई हेर, किनकि यस्तो मानिसको अन्त शान्तमय हुन्छ।

38 तर अपराधीहरू एकसाथ नष्ट हुनेछन्, दुष्टहरूको अन्त विनाश हुनेछ।

39 तर धर्मीजनको उद्धार परमप्रभुबाट हुन्छ, उहाँ नै सङ्कष्टको समयमा उनीहरूको बल हुनुहुन्छ।

40 अनि परमप्रभुले उनीहरूलाई सहायता गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ, उहाँले उनीहरूलाई दुष्टहरूबाट छुटकारा दिनुहुनेछ र बचाउनुहुनेछ, किनभने उनीहरूले उहाँमाथि भरोसा राख्छन्।




38

1 हे परमप्रभु, मलाई तपाईंको क्रोधमा नहप्काउनुहोस्, न त तपाईंको तातो रिसमा मलाई ताडना दिनुहोस्।

2 किनकि तपाईंका काँडहरू ममा गाडिएका छन् र तपाईंको हातले मलाई जोडले थिचेको छ।

3 तपाईंको रिसको कारण मेरो शरीर स्वस्थ छैन, न त मेरो पापको कारण मेरा हड्डीहरू नै स्वस्थ छन्।

4 किनकि मेरा अधर्मले म थिचिएको छु, मेरो निम्ति ती बोक्नै नसक्ने गह्रौं भारीझैँ भएका छन्।

5 मेरो मूर्खताको कारण मेरा घाउहरू गन्हाउँछन् र सडेका छन्।

6 म कष्टमा परेको छु, म धेरै झुकेको छु, म दिनभरि विलाप गर्छु।

7 किनभने मेरो कम्मर घिनलाग्दो रोगले ग्रस्त छ, मेरो शरीर स्वस्थ छैन।

8 म कमजोर र साह्रै तोडिएको छु, मेरो हृदयको बेचैनीले गर्दा मैले सुस्केरा हालेको छु।

9 हे परमप्रभु, मेरो सम्पूर्ण चाहना तपाईंको सामुन्ने प्रकट छ र मेरो आर्तनाद तपाईंबाट लुकेको छैन।

10 मेरो मुटु धड्कन्छ, मेरो बलले भ्याउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।

11 मेरा प्रेमी र मेरा मित्रहरू मेरो घाउदेखि अलग्गै बस्छन् अनि मेरा आफन्तहरू टाढै उभिन्छन्।

12 मेरो प्राण लिन खोज्नेहरू पनि मेरा निम्ति पासो थाप्छन्, अनि मेरो हानि गर्न खोज्नेहरू विनाशकाकुरा गर्छन्,र दिनभरि छली कुरा सोच्दछन्।

13 तर बहिरो मानिसले झैँ मैले सुनिनँ, अनि म आफ्नो मुख नखोल्ने एउटा गुँगो मानिसजस्तो भएँ।

14 यसरी म सुन्दै नसुन्ने मानिसजस्तो थिएँ, अनि जसको मुखमा कुनै विवादका कुरा छैनन्।

15 हे परमप्रभु, म तपाईंमा नै आशा गर्दछु, हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले नै सुन्नुहुनेछ।

16 किनकि मैले भनेँ, ‘‘मेरो विन्ती सुन्नुहोस्, नत्र त तिनीहरू ममाथि रमाउनेछन्, मेरो पाउ चिप्लँदातिनीहरूले मेरो विरुद्धमा आफ्नै बढाइँगर्नेछन्।’’

17 किनकि म ढल्नै लागेको छु, र मेरो वेदना सधैँभरि मेरो सामुन्ने छ।

18 किनकि म मेरो अधर्म स्वीकार गर्नेछु, मेरो पापको निम्ति म दु:खित हुनेछु।

19 तर मेरा शत्रुहरू फुर्तिला र बलिया छन्, अनि मलाई बिनाकारण घृणा गर्नेहरू धेरै भएका छन्।

20 भलाइको सट्टामा खराबी गर्नेहरू पनि मेरा विरोधी भएका छन्, किनभने म भलाइको पछि लाग्दछु।

21 हे परमप्रभु, मलाई नत्याग्नुहोस्, हे मेरा परमेश्वर, मदेखि टाढा नहुनुहोस्।

22 हे परमप्रभु, मेरा उद्धारक, मलाई छिट्टै सहायता गर्न आउनुहोस्।




39

1 मैले भनेँ, ‘‘आफ्नो जिब्रोले पाप नगरूँ भनेर म आफ्ना चालचलनमा होसियार हुनेछु, दुष्ट मेरो सामु हुँदा म आफ्नो मुखमा लगाम लगाउनेछु।’’

2 चुप लागेर म गुँगो बनेँ, असल कुरा बोल्नदेखि पनि म चुप लागेँ, र मेरो वेदना झन् बढयो।

3 मेरो हृदय म भित्रभित्रै जल्यो, मैले विचार गर्दागर्दै आगो दन्कियो, तब मैले यसो भनेँ,

4 ‘‘हे परमप्रभु, मलाई मेरो अन्त र मेरो आयु कति हो, सो जान्न दिनुहोस्, यसैले कि म कति क्षणभङ्गुर रहेछु, भनी जान्न सकूँ ।

5 हेर्नुहोस्, तपाईंले मेरो आयु बित्ताभरिको बनाउनुभएको छ, अनि मेरो उमेर तपाईंको सामु केही पनि होइन, साँच्ची नै हरेक मानिस, उसको सबैभन्दा असल अवस्थामा बिलकुलै व्यर्थको हुन्छ।’’ सेला

6 साँच्ची नै हरेक मानिस छायाँजस्तै हिँडडुल गर्दछ, साँच्ची नै तिनीहरू व्यर्थमा बेचैन हुन्छन्, त्यसले धनसम्पत्ति थुपार्दछ, तर कसले त्यसको उपभोग गर्दछ, सो जान्दैन।

7 अब हे परमप्रभु, म के कुराको प्रतीक्षा गरूँ? मेरो आशा तपाईंमा छ।

8 मलाई मेरा सबै अपराधबाट छुटकारा दिनुहोस्, मलाई मूर्खहरूको निन्दाको कारण नतुल्याउनुहोस्।

9 म गुँगो भएँ, मैले आफ्नो मुख खोलिनँ, किनभने तपाईंले नै यसो गर्नुभएको हो।

10 तपाईंको प्रहार मदेखि हटाउनुहोस्, तपाईंको हातको मुक्काले म नष्ट भएको छु।

11 जब तपाईंले दुष्टताको निम्ति मानिसलाई ताडना दिएर सुधार्नुहुन्छ, तब तपाईंले माउ कीराले झैँ त्यसको सुन्दरता नष्ट पार्नुहुन्छ, साँच्ची नै हरेक मानिस व्यर्थको हो। सेला

12 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, र मेरो पुकारमा ध्यान दिनुहोस्, मेरो आँसु देखेर तपाईं चुप नरहनुहोस्, किनकि म मेरा सबै पितापुर्खाजस्तै तपाईंसित विदेशी र प्रवासी भएको छु।

13 म बिदा भएर जानुअघि नै मलाई बचाउनुहोस् र फेरि मैले बल प्राप्त गर्न सकँू।




40

1 मैले धीरजसँग परमप्रभुको बाटो हेरेँ, अनि उहाँ मतिर फर्कनुभयो,र मेरो पुकार सुन्नुभयो।

2 उहाँले मलाई सत्यानाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नुभयो, र मेरा खुट्टा चट्टानमाथि बसाल्नुभयो, र मेरा पाइला दृढ पार्नुभयो।

3 अनि उहाँले मेरो मुखमा एउटा नयाँ गीत र हाम्रा परमेश्वरको निम्ति स्तुति पनि हालिदिनुभएको छ, धेरैले यो देख्नेछन्, र डराउनेछन् अनि परमप्रभुमाथि भरोसा राख्नेछन्।

4 त्यो मानिस धन्यको हो, जसले आफ्नो भरोसा परमप्रभुमाथि राख्दछ, अनि घमन्डी र झूटतिर लाग्नेहरूलाई आदर गर्दैन।

5 हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले धेरै अचम्मका काम गर्नुभएको छ, र तपाईंले हाम्रो निम्ति विचार गर्नुहुन्छ, तपाईंसित तुलना गर्ने कोही पनि छैन, यदि मैले तिनीहरूको बारेमा बताउनु हो भने ती असङ्ख्य छन्।

6 तपाईंले बलिदान र भेटी चाहनुभएन, तपाईंले मेरा कान खोलिदिनुभएको छ, तपाईंले होमबलि र पापबलि चाहनुभएन।

7 तब मैले भनेँ, ‘‘हेर, म आउँछु, धर्मशास्त्रमा मेरो विषयमा यस्तो लेखिएको छ,

8 ‘हे मेरा परमेश्वर, म तपाईंको इच्छा पूरा गर्न मन पराउँछु, अँ, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।’’’

9 मैले ठूलो सभामा धार्मिकताको प्रचार गरेको छु, हेर, मैले मेरो मुख बन्द गरेको छैन, हे परमप्रभु, तपाईं जान्नुहुन्छ।

10 मैले मेरो हृदयभित्र तपाईंको धार्मिकता लुकाएको छैन, मैले तपाईंको विश्वसनीयता र उद्धारको घोषणा गरेको छु, मैले ठूलो सभाबाट तपाईंको करुणा र सत्यता लुकाएको छैनँ।

11 हे परमप्रभु, तपाईंले मबाट आफ्नो कोमल कृपा नहटाउनुहोस्, तपाईंको करुणा र सत्यताले मलाई निरन्तररूपले रक्षा गरून्।

12 किनकि असङ्ख्य खराब कुराले मलाई घेरेका छन्, मैले देख्न नसक्नेगरी मेरा अपराधले मलाई पक्रेका छन्, ती मेरा शिरका केशभन्दा पनि धेरै छन्, यसैले मेरो मनले हरेस खाएको छ।

13 हे परमप्रभु, मलाई छुटकारा दिन प्रसन्न हुनुहोस्, हे परमप्रभु, मलाई छिटो सहायता गर्न आउनुहोस्।

14 मेरो प्राणलाई नष्ट गर्न खोज्नेहरू एकसाथ लाज र अन्योलमा परून्, मेरो खराबी गर्न चाहनेहरू हटेर जाऊन् र सर्ममा परून्।

15 मेरो विरुद्धमा आहा ! आहा ! भन्नेहरू सर्मले अपमानित होऊन्।

16 तपाईंको खोजी गर्नेहरू सबै रमाऊन् र तपाईंमा आनन्दित होऊन्, तपाईंको उद्धारलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, ‘‘परमप्रभुको बढाइँ होस् !’’

17 तर म त गरिब र दरिद्र छु, तैपनि परमप्रभुले मेरो विचार गर्नुहुन्छ, तपाईं मेरो सहायक र उद्धारक हुनुहुन्छ, हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।




41

1 त्यो मानिस धन्यको हो, जसले गरिबको वास्ता गर्दछ, सङ्कष्टको समयमा परमप्रभुले उसलाई छुटकारा दिनुहुनेछ।

2 परमप्रभुले उसको रक्षा गर्नुहुनेछ, र उसलाई जीवित राख्नुहुनेछ अनि उसलाई पृथ्वीमा आशिष् दिइनेछ, तपाईंले उसलाई शत्रुहरूको इच्छामा सुम्पनुहुनेछैन।

3 परमप्रभुले उसलाई रोगी अवस्थामा सहायता गर्नुहुनेछ, तपाईंले उसको रोग निको पार्नुहुनेछ।

4 मैले भनेँ, ‘‘हे परमप्रभु, मप्रति कृपालु हुनुहोस्, मलाई निको पार्नुहोस्, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।’’

5 मेरा शत्रुहरूले मेरो विषयमा खराब कुरा बोल्दछन्, ‘‘कहिले त्यो मर्ला, र त्यसको नाम मेटिएला?’’

6 अनि त्यो मलाई भेट्न आयो भने त्यसले व्यर्थको कुरा गर्दछ, त्यसले आफ्नो हृदयमा अधर्म बटुल्छ, बाहिर निस्कँदा त्यसले त्यही कुरा बोल्दछ।

7 मलाई घृणा गर्नेहरू सबै एकसाथ मेरो विरुद्धमा कानेखुसी गर्छन्, तिनीहरूले मेरो विरुद्धमा मेरो हानि गर्ने युक्ति रच्दछन्।

8 तिनीहरू भन्छन्, ‘‘खराब रोगले त्यसलाई पक्रेको छ र अब उठ्न नसक्नेगरी ऊ ओछयानमा परेको छ।’’

9 अँ, मैले भरोसा गरेको र मेरो रोटी खाएको, मेरो आफ्नै हितैषी मित्रले मेरो विरुद्धमा लात उठाएको छ।

10 तर हे परमप्रभु, तपाईं मप्रति कृपालु हुनुहोस् र मलाई उठाउनुहोस्, जसले गर्दा मैले तिनीहरूलाई बदला लिन सकूँ।

11 यसैले म जान्दछु कि , तपाईंले ममाथि निगाह राख्नुहुन्छ, किनभने मेरो शत्रु ममाथि विजयी हुँदैन।

12 अनि तपाईंले मलाई मेरो इमानदारिताको कारण सम्हाल्नुहुन्छ र मलाई सधैँभरि आफ्नो उपस्थितिमा राख्नुहुन्छ।

13 इस्राएलका परमप्रभु परमेश्वर, युगानुयुग धन्यका होऊन्। आमेन, अनि आमेन। दोस्रो भाग




42

1 हे परमेश्वर, जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै मेरो प्राणले तपाईंको तिर्सना गर्दछ।

2 मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ, कहिले म आऊँ र परमेश्वरका सामु देखा परूँ?

3 जब तिनीहरू मलाई निरन्तर ‘‘तेरो परमेश्वर कहाँ छ?’’ भन्छन्, तब मेरो आँसु रातदिन मेरो भोजन भएको छ।

4 जब म ती कुराको सम्झना गर्दछु, तब म मेरो हृदयभित्र बिलौना गर्दछु, किनकि म उत्सव मनाउने भीडको साथ हर्षबढाइँ र स्तुति-प्रशंसा गर्दै परमेश्वरको भवनतिर जान्थेँ।

5 हे मेरो प्राण, तँ किन निराश हुन्छस्? अनि तँ किन मभित्र व्याकुल हुन्छस्? तैँले परमेश्वरमा आशा राख्, किनकि उहाँको सहायताको खातिर म अझै पनि उहाँको स्तुति गर्नेछु।

6 हे मेरा परमेश्वर, मेरो प्राण मभित्र निराश भएको छ, यसैकारण म यर्दन, हेर्मोनीहरूको देश र मिसारको डाँडादेखि तपाईंको सम्झना गर्नेछु।

7 तपाईंका छहराको गर्जनमा सागरले सागरलाई बोलाउँछ, तपाईंका सम्पूर्ण छाल र तरङ्गले मलाई छोपेका छन्।

8 तापनि दिनको समयमा परमप्रभुले आफ्नो करुणा पठाउनुहुनेछ, अनि रातको समयमा उहाँको गीत मसित हुनेछ र मेरो जीवनका परमेश्वरमा मेरो प्रार्थना हुनेछ।

9 परमेश्वर, मेरा चट्टानलाई म भन्नेछु, ‘‘किन तपाईंले मलाई बिर्सनुभयो? शत्रुको थिचोमिचोको कारण मैले किन शोक गरूँ?’’

10 मेरा हड्डीहरूमा तरवारले चोट पारेझैँ मेरा शत्रुहरूले मेरो निन्दा गर्दछन्, तिनीहरू दिनहुँ मलाई भन्छन्, ‘‘तेरो परमेश्वर कहाँ छ?’’

11 हे मेरो प्राण, तँ किन निराश हुन्छस्? अनि तँ किन मभित्र व्याकुल हुन्छस्? तैँले परमेश्वरमा आशा राख्, किनकि उहाँको सहायताको खातिर म अझै पनि उहाँको स्तुति गर्नेछु।




43

1 हे परमेश्वर, मेरो न्याय गर्नुहोस्, र भक्तिहीन जातिको विरुद्धमा मेरो पक्ष लिनुहोस्, मलाई छली र अन्यायी मानिसबाट छुटकारा दिनुहोस्।

2 किनकि तपाईं मेरो शक्तिको परमेश्वर हुनुहुन्छ, किन तपाईंले मलाई त्याग्नुहुन्छ? शत्रुको थिचोमिचोको कारण मैले किन शोक गरूँ?

3 तपाईंको ज्योति र सत्यता पठाउनुहोस्, तिनीहरूले मलाई अगुवाइ गरून्, तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत र पवित्र वासस्थानमा पुर्याऊन्।

4 तब म परमेश्वरको वेदी, मेरो असीम आनन्दको परमेश्वरकहाँ जानेछु, अँ, हे परमेश्वर, मेरा परमेश्वर, म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु।

5 हे मेरो प्राण, तँ किन निराश हुन्छस्? अनि तँ किन मभित्र व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, किनकि उहाँको सहायताको खातिर म अझै पनि उहाँको स्तुति गर्नेछु।




44

1 हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौं, हाम्रा पिता-पुर्खाले हामीलाई भनेका छन् कि, प्राचीनकालमा उनीहरूका समयमा तपाईंले के कस्तो काम गर्नुभयो।

2 तपाईंले आफ्नै हातले जाति-जातिलाई कसरी धपाउनुभयो, र उनीहरूलाई बसाल्नुभयो, तपाईंले ती जाति-जातिलाई कसरी सताउनुभयो र निकाल्नुभयो।

3 किनकि उनीहरूले आफ्नै तरवारले त्यस देशमाथि अधिकार गरेनन्, न त उनीहरूकै बाहुबलले उनीहरूलाई बचायो, तर तपाईंको दाहिने हात र बाहुबल अनि तपाईंको मुहारको ज्योतिले बचायो, किनभने तपाईंले उनीहरूमाथि निगाह राख्नुभयो।

4 हे परमेश्वर, तपाईं नै मेरो राजा हुनुहुन्छ, याकूबका निम्ति छुटकाराको आज्ञा गर्नुहोस्।

5 तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई दबाउनेछौं, तपाईंको नामद्वारा हाम्रो विरुद्धमा उठ्नेहरूलाई हामी कुल्चनेछौं।

6 किनकि म आफ्नो धनुमा भरोसा राख्नेछैनँ, न त मेरो तरवारले नै मलाई बचाउनेछ।

7 तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई सर्ममा पार्नुभएको छ।

8 हामी दिनभरि परमेश्वरमा नै गर्व गर्दछौं र सदासर्वदा तपाईंको नामको प्रशंसा गर्दछौं। सेला

9 तर तपाईंले हामीलाई त्याग्नुभएको छ, र सर्ममा पार्नुभएको छ, अनि तपाईं हाम्रा सेनाहरूका साथमा जानुहुन्न।

10 तपाईंले हामीलाई शत्रुदेखि पिठयुँ फर्काएर भाग्ने तुल्याउनुहुन्छ, हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति मनपरी लुट्छन्।

11 तपाईंले हामीलाई काट्न लगिएका भेडाहरूजस्ता तुल्याउनुभएको छ, अनि हामीलाई जाति-जातिको बीचमा तितरबितर पार्नुभएको छ।

12 तपाईंले आफ्ना जनलाई सित्तैँमा बेच्नुहुन्छ र तिनीहरूको बिक्रीबाट तपाईंले लाभ उठाउनुहुन्न।

13 तपाईंले हामीलाई हाम्रा छरछिमेकका सामु निन्दाको पात्र र हाम्रा वरिपरि हुनेहरूका सामु हाँसो र खिसीको पात्र तुल्याउनुहुन्छ।

14 तपाईंले हामीलाई जाति-जातिको बीचमा उपहास र मानिसहरूको बीचमा मुन्टो हल्लाउने तुल्याउनुहुन्छ।

15 मेरो अपमान निरन्तर मेरो सामुन्ने छ, र मेरो अनुहार सर्मले ढाकेको छ

16 बदनाम र निन्दा गर्नेहरूको वचन अनि शत्रु र प्रतिशोध लिनेहरूको कारण मलाई यस्तो भएको छ।

17 यी सबै कुरा हामीमाथि आइपरेका छन्, तापनि हामीले तपाईंलाई बिर्सेका छैनौं, न त तपाईंको करार उल्लङ्घन गरेका छौं।

18 हाम्रो हृदय तपाईंबाट विमुख भएका छैनन्, न त हाम्रा पाइला तपाईंको मार्गबाट हटेका छन्

19 तापनि तपाईंले हामीलाई स्याल बस्ने ओडारमा कोच्नुभएको छ, र मृत्युको छायाँले ढाक्नुभएको छ।

20 हामीले हाम्रा परमेश्वरको नाम बिर्स्यौं, अथवा हाम्रा हात बिरानो देवतातिर फैलाएका छौं भने,

21 के परमेश्वरले थाहा पाउनुहुनेछैन र? किनकि उहाँले हृदयका गुप्त कुरा जान्नुहुन्छ।

22 अँ, तपाईंको खातिर हामी दिनभरि मारिएका छौं,हामी काटिने भेडाझैँ गनिएका छौं।

23 हे परमप्रभु, बिउँझनुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई सधैँको निम्ति नत्याग्नुहोस्।

24 किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ? किन हाम्रो कष्ट र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्छ?

25 किनकि हाम्रो प्राण धुलोमा मिलेको छ, हाम्रो पेट भुइँमा टाँसिएको छ।

26 हाम्रो सहायताको निम्ति उठ्नुहोस्, र आफ्नो कृपाको खातिर हामीलाई छुटकारा दिनुहोस्।




45

1 मेरो हृदय उत्तम कुराले भरपुर भएको छ, म राजाको निम्ति गीत गाउँदछु, मेरो जिब्रो सिपालु लेखकको कलम बनेको छ।

2 तपाईं मानिसका सन्तानभन्दा सुन्दर हुनुहुन्छ, तपाईंका ओठ अनुग्रहले भरिपूर्ण छन्, यसैकारण परमेश्वरले तपाईंलाई सदाको निम्ति आशिष् दिनुभएको छ।

3 हे परमसामर्थी, आफ्नो महिमा र प्रतापसहित आफ्नो कम्मरमा तरवार भिर्नुहोस्।

4 अनि सत्यता, नम्रता र धार्मिकताको खातिर आफ्नो प्रतापमा सफलतापूर्वक सवारी हुनुहोस्, अनि तपाईंको दाहिने हातले अचम्मका कुरा सिकाउनेछ।

5 राजाका शत्रुहरूको मुटुमा तपाईंका काँडहरू गडेका छन्, जसद्वारा जाति-जातिका मानिसहरू तपाईंको चरणमा पर्दछन्।

6 हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदा रहिरहन्छ, तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हो।

7 तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्छ, र दुष्टतालाई घृणा गर्नुहुन्छ, यसकारण परमेश्वर, तपाईंका परमेश्वरले, तपाईंलाई तपाईंका साथीहरूलाई भन्दा उच्च पारेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।

8 तपाईंका सबै वस्त्रबाट मूर्र, एलवा र तेजपातको सुगन्ध महकिन्छ, हस्तीहाडले सिँगारिएको महलबाट निस्केको वीणाको संगीतले तपाईंलाई आनन्दित तुल्याएको छ।

9 तपाईंका सम्मानित स्त्रीहरूका बीचमा राजकुमारीहरू थिए, तपाईंको दाहिने बाहुलीपट्टि ओपिरको सुनले सुसज्जित भएकी महारानी थिइन्।

10 हे राजकुमारी हो, सुन, विचार गर र ध्यान देऊ, अनि आफन्त र आफ्नो पिताको घर पनि बिर्स,

11 तब राजाले तिम्रो सुन्दरताको अति चाहना गर्नुहुनेछ, किनकि उहाँ नै तिम्रा परमप्रभु हुनुहुन्छ, र तिमीले उहाँलाई दण्डवत् गर।

12 टायरकी राजकुमारी पनि सौगातसहित त्यहाँ उपस्थित हुन्छिन्, मानिसहरूमध्येका धनवान्हरूले पनि तपाईंको निगाहको निम्ति विन्ती गर्नेछन्।

13 राजकुमारी आफ्नो महलभित्र अति शोभायमान छिन्,तिनको वस्त्रमा सुन जडिएको छ।

14 बुट्टा भरिएका पोशाकमा तिनी राजाकहाँ पुर्याइन्छिन्। तिनका पछिपछि हिँड्ने कुमारी सहेलीहरूलाई तपाईंकहाँ ल्याइनेछन्।

15 उनीहरू हर्ष र रमाहटको साथमा ल्याइनेछन्, उनीहरू राजमहलभित्र प्रवेश गर्नेछन्।

16 तपाईंका पिता-पुर्खाको सट्टामा तपाईंका छोराहरू हुनेछन्, जसलाई तपाईंले सारा पृथ्वीका राजकुमारहरू बनाउनुहुनेछ।

17 म तपाईंको नाम पुस्तौं-पुस्तासम्म सम्झना गर्ने तुल्याउनेछु, यसकारण जाति-जातिका मानिसहरूले सदासर्वदा तपाईंको स्तुति गर्नेछन्।




46

1 परमेश्वर हाम्रा शरणस्थान र बल अनि सङ्कष्टमा सजिलै पाइने सहायक हुनुहुन्छ।

2 यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी हटिजाओस्, चाहे पहाडहरू समुद्रको गहिराइमा ढलेर जाऊन्,

3 चाहे समुद्र गर्जोस् र फिँज काढोस्, चाहे त्यो उर्लेर आउँदा पहाडहरू काँपून्। सेला

4 एउटा नदी छ, जसका प्रवाहले परमेश्वरको शहर, सर्वोच्चमा वास गर्नुहुने पवित्रस्थानलाई आनन्दित तुल्याउनेछ।

5 परमेश्वर त्यसको बीचमा हुनुहुन्छ, त्यो कहिल्यै डगमगाउनेछैन, सखारै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।

6 जाति-जाति क्रोधित भए, राज्यहरू डगमगाए, उहाँले आफ्नो आवाज निकाल्नुभयो, पृथ्वी पग्लियो।

7 सेनाहरूका परमप्रभु हाम्रा साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला

8 आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।

9 पृथ्वीको कुना-कुनासम्म नै उहाँले युद्ध रोक्नुहुन्छ, उहाँले धनु भाँच्नुहुन्छ, र भाला टुक्रा-टुक्रा पार्नुहुन्छ, उहाँले रथहरू आगोमा जलाउनुहुन्छ।

10 शान्त रहो र म नै परमेश्वर हुँ भनी जान, म जाति-जातिको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।

11 सेनाहरूका परमप्रभु हाम्रा साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला




47

1 हे सबै जातिका मानिस हो, ताली बजाओ, विजयको स्वरमा परमेश्वरको जयजयकार गर।

2 किनकि सर्वोच्च परमप्रभु भययोग्य हुनुहुन्छ, उहाँ सारा पृथ्वीमाथि महान् राजा हुनुहुन्छ।

3 उहाँले मानिसहरूलाई हाम्रो अधीनतामा र जाति-जातिलाई हाम्रो पाउमुनि पार्नुहुनेछ।

4 उहाँले हाम्रा निम्ति हाम्रो उत्तराधिकार छान्नुहुनेछ, उहाँले प्रेम गर्नुभएको याकूबको श्रेष्ठता चुन्नुहुनेछ। सेला

5 परमेश्वर जयजयकारको ध्वनिसाथ, परमप्रभु तुरहीको आवाजको साथ माथि चढ्नुभएको छ।

6 परमेश्वरको स्तुति गाओ, स्तुति गाओ; हाम्रो राजाको स्तुति गाओ, स्तुति गाओ।

7 किनकि परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ, समझका साथ तिमीहरूले स्तुति गाओ।

8 परमेश्वरले जाति-जातिमाथि राज्य गर्नुहुन्छ, परमेश्वर आफ्नो पवित्र सिंहासनमाथि विराजमान हुनुहुन्छ।

9 जाति-जातिका राजकुमारहरू, अब्राहामका परमेश्वरका मानिसहरू एकसाथ भेला भएका छन्, किनकि पृथ्वीका शासकहरू परमेश्वरकै हुन्, उहाँ अति उच्च हुनुहुन्छ।




48

1 परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको शहरमा, उहाँको पवित्र पर्वतमा उहाँ अति नै स्तुतिको योग्य हुनुहुन्छ।

2 उचाइमा अति नै सुन्दर, सम्पूर्ण पृथ्वीको हर्षको कारण सियोन पर्वत हो, जो उत्तरमा अवस्थित छ, त्यो महाराजाको शहर हो।

3 त्यसका महलहरूमा परमेश्वर शरणस्थानको रूपमा परिचित हुनुहुन्छ।

4 किनकि हेर, राजाहरू भेला भए, तिनीहरू सँगसँगै दल बाँधेर अघि बढे।

5 तिनीहरूले त्यसलाई देखेर चकित भए, तिनीहरू आतङ्कित भए र भागे।

6 त्यहीँ नै तिनीहरू थरथरी काँपे, र तिनीहरू प्रसववेदनामा परेकी स्त्रीजस्तै भए।

7 तपाईंले पूर्वीय बतासले तर्शीशका जहाजहरू भत्काउनुहुन्छ।

8 जस्तो हामीले सुनेका छौं, त्यस्तै हामीले सेनाहरूका परमप्रभुको शहर, हाम्रा परमेश्वरको शहरमा देखेका छौं, परमेश्वरले त्यसलाई सधैँका निम्ति सुरक्षित राख्नुहुनेछ। सेला

9 हे परमेश्वर, तपाईंको मन्दिरको बीचमा हामीले तपाईंको कृपाको बारेमा सोचेका छौं।

10 हे परमेश्वर, जस्तो तपाईंको नाम छ, त्यस्तै तपाईंको प्रशंसा पनि पृथ्वीको छेउछेउसम्म हुन्छ, तपाईंको दाहिने हात धार्मिकताले भरिपूर्ण छ।

11 तपाईंका न्यायको कारण सियोन पर्वत रमाओस्, यहूदाका छोरीहरू आनन्दित होऊन्।

12 सियोनको चारैतिर घुम, यसलाई परिक्रमा गर, यसका धरहराहरू गन।

13 त्यसका पर्खालहरूमाथि राम्ररी दृष्टि लगाओ, त्यसका महलहरूमा ध्यान देओ, यसैले कि तिमीहरूले भावी पुस्तालाई यो कुरा बताउन सक।

14 किनकि यिनै परमेश्वर सदासर्वदा हाम्रा परमेश्वर हुनुहुन्छ, उहाँ मृत्युसम्मै हाम्रा अगुवा हुनुहुनेछ।




49

1 हे सबै जातिका मानिसहरू हो, यो कुरा सुन, संसारका सबै बासिन्दा हो, ध्यान दिएर सुन,

2 साना र ठूला, धनी र गरिब सबैले एकसाथ ध्यान देऊ।

3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ, अनि मेरो हृदयको ध्यानले समझ प्रदान गर्नेछ।

4 म दृष्टान्ततिर आफ्नो ध्यान लगाउनेछु, वीणा बजाएर म आफ्नो अडको फुकाउनेछु।

5 जब मेरा कुर्कुच्चाको अपराधले मलाई घर्नेछ, तब विपत्तिका दिनहरूमा म किन डराऊँ?

6 तिनीहरू आफ्नो धनसम्पतिमाथि भरोसा राख्छन् र आफ्नो धनको प्रशस्ततामा अहङ्कार गर्छन्,

7 तीमध्ये कसैले पनि आफ्नो भाइलाई कुनै रीतिले छुटाउन सक्दैन, न त उसको निम्ति परमेश्वरलाई छुटकाराको मोल नै तिर्न सक्छ,

8 किनकि तिनीहरूको प्राणको छुटकारा बहुमूल्य छ, र यसको मोल कहिल्यै तिरेर सकिँदैन

9 यसैले कि ऊ सधैँ बाँचिरहोस् र कहिल्यै पातालमा नजाओस्।

10 किनकि बुद्धिमान् मानिसहरू मर्छन्, त्यस्तैगरी मूर्ख र विवेकहीन मानिस पनि नष्ट हुन्छन् र आफ्नो धनसम्पत्ति अरूका निम्ति छोड्छन् भनी उसले देख्छ।

11 तिनीहरूका घर सधैँभरि र तिनीहरूका वासस्थान पुस्तौँ-पुस्तासम्म रहिरहनेछन् भन्ने तिनीहरूको भित्री विचार हुन्छ, तिनीहरूले आ-आफ्नै नामअनुसार जमिनका नाम राख्छन्।

12 तर आदर भए तापनि त्यो मानिस रहिरहँदैन, त्यो त नष्ट भइजाने पशुतुल्य हो।

13 मूर्ख मानिसको चाल यस्तै हुन्छ, तैपनि तिनीहरूका भावी सन्ततिले तिनीहरूका कुरालाई समर्थन गर्दछन्। सेला

14 भेडाहरूझैँ तिनीहरू पातालमा जान्छन्, मृत्युले तिनीहरूलाई निल्नेछ, बिहानैदेखि सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन् र तिनीहरूको वासस्थानबाट टाढा तिनीहरूका सुन्दरता पातालमा नष्ट हुनेछ।

15 तर परमेश्वरले मेरो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिनुहुनेछ, किनकि उहाँले मलाई ग्रहण गर्नुहुनेछ।

16 कोही धनी भयो भने र त्यसको घरको महिमा बढयो भने तिमी नडराऊ,

17 किनकि त्यो मर्दा, त्यसले केही पनि साथमा लानेछैन, न त त्यसको महिमा त्यसको पछि लाग्नेछ।

18 आफू बाँचुन्जेल त्यसले आफ्नो प्राणलाई धन्यको भने तापनि, जब तिमीले आफ्नै भलाइ गर्दछौ, मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्

19 त्यो आफ्नै पिता-पुर्खाको पुस्तासँग मिल्न जानेछ, तिनीहरूले कहिल्यै ज्योति देख्नेछैनन्।

20 मान-सम्मान पाएको तर समझ नभएको मानिस नष्ट हुने पशुसरह हो।




50

1 शक्तिशाली परमेश्वर, परमप्रभु बोल्नुभएको छ, र सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीका मानिसहरूलाई बोलाउनुभएको छ।

2 परमसुन्दर सियोनबाट परमेश्वर चम्कनुभएको छ।

3 हाम्रा परमेश्वर आउनुहुनेछ, र चुप लाग्नुहुनेछैन, उहाँको अगिअगि आगोले भस्म गर्नेछ, र उहाँको चारैतिर प्रचण्ड आँधी चल्नेछ।

4 आफ्ना प्रजाको न्याय गर्न उहाँले माथिबाट आकाश र पृथ्वीलाईबोलाउनुहुनेछ,

5 ‘‘बलिदान चढाएर मसँग करार बाँधेका ती मेरा पवित्रजनलाई मकहाँ भेला गराओ।’’

6 अनि आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ, किनकि परमेश्वर आफै न्यायाधीश हुनुहुन्छ। सेला

7 ‘‘हे मेरो प्रजा, सुन, म बोल्नेछु, हे इस्राएल, म तिम्रो विरुद्धमा गवाही दिनेछु, परमेश्वर, तिम्रा परमेश्वर म नै हुँ।’’

8 म तिमीलाई तिम्रा बलिदान अथवा होम-बलिको विषयमा दोष लगाउनेछैनँ, जुन निरन्तर मेरै सामुन्ने छन्।

9 म तिम्रो घरबाट कुनै बहर लिनेछैनँ, न त तिम्रा खोरबाट बोकाहरू लिनेछु।

10 किनकि जङ्गलको हरेक पशु र हजारौं पहाडका गाईवस्तु मेरै हुन्।

11 पहाडहरूका सबै चराचुरुङ्गीलाई म चिन्दछु, र वनका जङ्गली पशुहरू सबै मेरै हुन्।

12 म भोकै भए तापनि तिमीलाई भन्ने थिइनँ, किनकि पृथ्वी र यसका भरपुरी मेरै हुन्।

13 के म बहरहरूको मासु खान्छु र? अथवा बोकाहरूको रगत पिउँछु र?

14 परमेश्वरलाई धन्यवादको बलि चढाऊ र सर्वोच्चका लागि आफ्ना भाकल पूरा गर,

15 सङ्कष्टको दिनमा मलाई पुकार, म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो महिमा गर्नेछौ।’’

16 तर परमेश्वरले दुष्टलाई भन्नुहुन्छ, ‘‘मेरा आदेशहरू बयान गर्ने तँलाई के अधिकार? वा किन मेरो व्यवस्था तेरो मुखमा लिन्छस्?

17 किनकि तँ त अर्तीलाई घृणा गर्छस्, र मेरो वचनलाई लत्याउँछस्।

18 चोरलाई भेट्दा तँ त्यससँग सहमत्ा भइस्, र तँ व्यभिचारीहरूसँग सहभागी भइस्।

19 तँ आफ्नो मुखले खराब कुरा बोल्छस्, र तेरो जिब्रोले छलको कुरा गर्छस्।

20 तँ निरन्तर आफ्नै भाइको विरुद्धमा बोल्छस्, तैँले आफ्नै साक्खे भाइको बदनामी गर्छस्।

21 यी कुरा तैँले गरिस् र म चुप लागेँ, म पनि तँजस्तै हुँ भनी तैँले सोचिस्, तर म तँलाई हप्काउनेछु र तेरा आँखाको सामु यी कुरा ठीक पार्नेछु।

22 ‘‘अब हे परमेश्वरलाई बिर्सनेहरू हो, अब यस कुरामा ध्यान देओ, नत्र त मतिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु,र छुटाउने कोही हुनेछैन।

23 धन्यवादको बलि चढाउनेले मेरो महिमा गर्छ, अनि आफ्नो चाल सुधार्नेलाई म परमेश्वरको उद्धार देखाउनेछु।’’




51

1 हे परमेश्वर, तपाईंको करुणाअनुसार ममाथि दया गर्नुहोस्, तपाईंको अपार कोमल कृपाअनुसार मेरा अपराध मेटिदिनुहोस्।

2 मेरो अधर्मबाट मलाई पूर्णरूपले धुनुहोस्, र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस्।

3 किनकि म मेरा अपराध जान्दछु, र मेरो पाप निरन्तर मेरै सामुन्ने छ।

4 तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा मैले त्यही खराबी गरेको छु, यसैले कि, तपाईं बोल्नुहुँदा धर्मी र न्याय गर्नुहुँदा सìाा ठहरिनुहुनेछ।

5 हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ, र पापमा मेरी आमाले मलाई गर्भधारण गरिन्।

6 हेर्नुहोस्, अन्तस्करणमा तपाईंले सत्यताको चाहना गर्नुहुन्छ, हृदयको गहिराइमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ।

7 हिसपले मलाई मस्काउनुहोस्, र म शुद्ध हुनेछु, मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।

8 मलाई हर्ष र आनन्दको कुरा सुन्ने तुल्याउनुहोस्, यसैले कि तपाईंले भाँच्नुभएका हड्डीहरू रमाऊन्।

9 मेरा सबै पापबाट तपाईंले आफ्नो मुहार लुकाउनुहोस्, र मेरा सबै अधर्म मेटिदिनुहोस्।

10 हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र स्थिर आत्मा पुनजीर्वित पार्नुहोस्।

11 तपाईंको उपस्थितिबाट मलाई नफाल्नुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्।

12 तपाईंको उद्धारको आनन्द मलाई फेरि दिनुहोस्, र तपाईंको इच्छुक आत्माले मलाई सम्हाल्नुहोस्।

13 तब म अपराधीहरूलाई तपाईंका मार्ग सिकाउनेछु, र पापीहरू तपाईंकहाँ फर्केर आउनेछन्।

14 हे परमेश्वर, मेरा उद्धारका परमेश्वर, मलाई रक्तपातको अपराधदेखि छुटकारादिनुहोस्,र मेरो जिब्रोले उìा सोरमा तपाईंकोधार्मिकताको भजन गाउनेछ।

15 हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्, र मेरो मुखले तपाईंको स्तुति-प्रशंसाको घोषणा गर्नेछ।

16 किनकि तपाईं बलिदानको चाहना गर्नुहुन्न, नत्र त म त्यो चढाउने थिएँ, तपाईं होमबलिमा प्रसन्न हुनुहुन्न।

17 तोडिएको आत्मा नै परमेश्वरका निम्ति बलिदान हो, हे परमेश्वर तपाईंले तोडिएको र पश्चात्तापी हृदयलाई तुच्छ ठान्नुहुन्न।

18 तपाईंको असल अभिप्रायअनुसार सियोनको भलाइ गर्नुहोस्, र यरूशलेमका पर्खालहरू बनाइदिनुहोस्।

19 तब तपाईं होमबलि र सम्पूर्ण होमबलिसहित धार्मिकताका बलिदानमा प्रसन्न हुनुहुनेछ, तब उनीहरूले तपाईंको वेदीमा पशुबलि चढाउनेछन्।




52

1 हे शक्तिशाली मानिस, तँ किन दुष्ट काममा घमण्ड गर्छस्? परमेश्वरको भलाइ निरन्तर रहिरहन्छ।

2 तेरो जिब्रोले दुष्ट कुराको युक्ति रच्दछ, त्यो धारिलो छुराझैँ छ, तँ छली काम गर्छस्।

3 तैँले भलाइभन्दा खराबी र धार्मिकताको कुराभन्दा झूट बोल्न मन पराउँछस्। सेला

4 ए छली जिब्रो, तँ सबै विनाशकारी कुरा मन पराउँछस्।

5 त्यसरी नै परमेश्वरले तँलाई सधैँको निम्ति नष्ट पार्नुहुनेछ, उहाँले तँलाई तेरो वासस्थानबाट समातेर निकाल्नुहुनेछ, र तँलाई जीवितहरूको देशबाट उखेलिदिनुहुनेछ।

6 तब धर्मीजनले यो देख्नेछन् र डराउनेछन्, सेला अनि यसो भन्दै त्यसको उपहास गर्नेछन्,

7 ‘‘हेर, त्यो त्यही मान्छे हो, जसले परमेश्वरलाई आफ्नो सामर्थ्य तुल्याएन, तर आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो र आफ्नो दुष्टतामा आफैलाई बलियो पार्यो।’’

8 तर म परमेश्वरको भवनमा हराभरा जैतूनको रूखजस्तो छु, सदासर्वदा म परमेश्वरको कृपामाथि भरोसा राख्छु।

9 तपाईंले जे गर्नुभएको छ, त्यसको निम्ति म तपाईंलाई धन्यवाद चढाउनेछु, अनि म तपाईंको नाउँको बाटो हेर्नेछु, किनकि तपाईंका पवित्रजनको सामुन्ने यो असल हुन्छ।




53

1 मूर्खले आफ्नो मनमा भनेको छ, ‘‘परमेश्वर छैन।’’ तिनीहरू भ्रष्ट छन् र तिनीहरूले घिनलाग्दा पाप गरेका छन्, असल गर्ने कोही छैन।

2 बुझ्ने कोही छ कि, परमेश्वरलाई खोज्ने कोही छ कि, भनेर उहाँले स्वर्गबाट तल मानिसका सन्तानलाई हेर्नुभयो।

3 तिनीहरू सबै पछि हटेका छन्, तिनीहरू सबै एकसाथ बेकम्मा भएका छन्, असल गर्ने कोही छैन, अहँ, एउटै पनि छैन।

4 जसले रोटी खाएझैँ मेरा जनलाई खान्छन्, के ती कुकर्म गर्नेहरूसँग ज्ञान छैन? तिनीहरूले परमेश्वरलाई पुकारेका छैनन्।

5 जहाँ कुनै डर नै थिएन, त्यहाँ तिनीहरू ठूलो डरमा थिए, किनकि जो तिम्रो विरुद्धमा छाउनी हालेर बसेको थियो, त्यसका हड्डीहरू परमेश्वरले छरपस्ट पारिदिनुभएको छ, तिमीले तिनीहरूलाई सर्ममा पारेका छौ, किनकि परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ।

6 अहो ! इस्राएलको उद्धार सियोनबाट आए त ! जब परमेश्वरले आफ्नाजनलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ,तब याकूब रमाउनेछ,र इस्राएल आनन्दित हुनेछ।




54

1 हे परमेश्वर, तपाईंको नाउँद्वारा मेरो उद्धार गर्नुहोस् र तपाईंको शक्तिले मेरो न्याय गर्नुहोस्।

2 हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्, मेरो मुखका शब्दहरूमा ध्यान दिनुहोस्।

3 किनकि परदेशीहरू मेरो विरुद्धमा उठेका छन् र थिचोमिचो गर्नेहरूले मेरो प्राण लिन खोज्छन्, तिनीहरूले परमेश्वरलाई आफ्ना सामुन्ने राखेका छैनन्। सेला

4 हेर, परमेश्वर मेरा सहायक हुनुहुन्छ, परमप्रभु मेरो प्राण बचाउन खोज्नेहरूका साथमा हुनुहुन्छ।

5 उहाँले मेरा शत्रुहरूसित खराबीको बदला लिनुहुनेछ, उहाँले तिनीहरूलाई आफ्नो सत्यताको खातिर नष्ट गर्नुहुनेछ।

6 म तपाईंलाई स्वेच्छाको बलि चढाउनेछु, हे परमप्रभु, म तपाईंको नाउँको स्तुति गर्नेछु, किनकि यो असल छ।

7 किनभने उहाँले मलाई सबै कष्टबाट छुटकारा दिनुभएको छ, अनि मेरा आँखाले मेरा शत्रुहरूमाथि उहाँको न्याय देखेको छ।




55

1 हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान दिनुहोस्, अनि मेरो विन्तीबाट आफैलाई नलुकाउनुहोस्।

2 मतिर ध्यान दिनुहोस् र मेरो विन्ती सुन्नुहोस्, शत्रुको सोर र दुष्टको थिचोमिचोका कारण म मेरो दु:खमा विलाप गर्छु र विलौना गर्छु,

3 किनकि तिनीहरूले ममाथि अधर्म ल्याउँछन् र क्रोधमा तिनीहरूले मलाई घृणा गर्छन्।

4 मभित्र मेरो हृदय अतिपीडित भएको छ, र ममाथि मृत्युका त्रास आइपरेका छन्।

5 ममाथि डर र कम्पन आइपरेका छन्, र त्रासले मलाई व्याकुल पारेको छ।

6 अनि मैले भनेँ, ‘‘अहो ! ढुकुरको जस्तै मेरा पखेटा भए त ! म उडेर जान्थेँ र विश्राम लिन्थेँ।

7 हेर, म भागेर टाढा-टाढा जान्थेँ, र उजाडस्थानमा बस्थेँ। सेला

8 प्रचण्ड बतास र आँधीबेहरीबाट बच्न म हतार गर्थें।’’

9 हे परमप्रभु, तिनीहरूलाई नाश गर्नुहोस्, र तिनीहरूका भाषा खलबल्याइ दिनुहोस्, किनकि मैले शहरमा हिंसा र झगडा देखेको छु।

10 तिनीहरू त्यसका पर्खालहरूमा चढेर रातदिन त्यसको वरिपरि चक्कर मार्छन्, अनि उपद्रव र वेदना पनि त्यसका बीचमा छन्।

11 दुष्टता त्यसको बीचमा छ, त्यसका सडकहरूबाट थिचोमिचो र छलकपट हट्दैन।

12 किनकि त्यो मेरो निन्दा गर्ने शत्रु थिएन, त्यसो भए त म सहनसक्ने थिएँ, न त त्यो मलाई घृणा गर्ने र मेरो विरुद्धमा आफैलाई बडप्पन गर्ने मान्छेनै थियो,त्यसो भए त म त्यसबाट लुक्नेथिएँ।

13 तर त्यो त तिमी नै थियौ, म समानको मानिस, मेरो घनिष्ठ साथी र मेरो चिनारु।

14 हामीले एक-अर्कासित मीठो सङ्गति गर्थ्यौं र भीडको साथमा परमेश्वरको भवनमा जान्थ्यौं।

15 तिनीहरूमाथि मृत्यु आइपरोस्, र तिनीहरू जिउँदै पातालमा परून्, किनकि तिनीहरूका वासस्थान र तिनीहरूका बीचमा दुष्टता छ।

16 तर म त परमेश्वरलाई पुकार्नेछु, अनि परमप्रभुले मलाई बचाउनुहुनेछ।

17 साँझ, बिहान र दिउँसो म प्रार्थना गर्नेछु र बिलौना गर्नेछु, अनि उहाँले मेरो सोर सुन्नुहुनेछ।

18 मेरो विरुद्धमा उठेको युद्धबाट उहाँले मेरो प्राणलाई शान्तिसित छुटकारादिनुभएको छ,किनकि मेरो विरुद्धमा धेरै शत्रु थिए।

19 प्राचीनकालदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्वरले सुन्नुहुनेछ, र तिनीहरूलाई कष्ट दिनुहुनेछ। सेला किनभने तिनीहरूले आफैलाई परिवर्तन गर्दैनन् र परमेश्वरको भय मान्दैनन्।

20 त्यसले आफूसँग मिलाप राख्नेहरूकै विरुद्धमा आफ्ना हात उठाएको छ, त्यसले आफ्नो करार भङ्ग गरेको छ।

21 त्यसका मुखका शब्दहरू घिउभन्दा कोमल थिए, तर त्यसको हृदयभित्र लडाइँ थियो, त्यसका शब्दहरू तेलभन्दा चिप्ला थिए, तैपनि ती धारिला तरवारजस्ता थिए।

22 तिम्रो बोझ परमप्रभुमाथि राखिदेऊ, र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ, उहाँले धर्मीजनलाई कहिल्यै डगमगाउन दिनुहुनेछैन।

23 तर हे परमेश्वर, तपाईंले नै तिनीहरूलाई विनाशको खाडलमा हाल्नुहुनेछ, रक्तपात गर्ने र छली मानिसहरू आधा आयुसम्म पनि बाँच्नेछैनन्,तर म त तपाईंमाथि भरोसा राख्नेछु।




56

1 हे परमेश्वर, मप्रति कृपालु हुनुहोस्, किनकि मानिसले मलाई निल्न खोज्छ, दिनहुँ लडाइँ गरेर त्यसले मलाई सताउँछ।

2 मेरा शत्रुहरूले मलाई दिनहुँ निल्न खोज्छन्, किनकि हे सर्वोच्च, मेरो विरुद्धमा लडाइँ गर्नेहरू धेरै छन्।

3 जुन बेला मलाई डर लाग्छ, तब म तपाईंमाथि भरोसा राख्नेछु।

4 परमेश्वरमा म उहाँको वचनको प्रशंसा गर्नेछु, उहाँमाथि मैले भरोसा राखेको छु, म डराउनेछैन, मरणशील मानिसले मलाई के गर्नसक्छ र?

5 दिनहुँ तिनीहरूले मेरा वचनको उल्टो अर्थ लगाउँछन्, तिनीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्छन्।

6 तिनीहरू मेरो प्राण लिनलाई मेरो विरुद्ध षडयन्त्र रच्छन्, र मलाई मार्न भनी ढुकिबस्छन्।

7 के तिनीहरू अधर्म गरेर उम्कलान्? हे परमेश्वर, तपाईंको क्रोधमा ती मानिसहरूलाई ढाल्नुहोस्।

8 मेरो निर्वासनको लेखा राख्नुभएको छ, तपाईंले मेरो आँसु आफ्ना मशकमा जम्मा गर्नुभएको छ, के ती तपाईंको पुस्तकमा लेखिएका छैनन् र?

9 जब म तपाईंलाई पुकार्छु, तब मेरा शत्रुहरू पछि हट्नेछन्, यसैबाट म यो जान्दछु कि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ।

10 परमेश्वरमा म उहाँको वचनको प्रशंसा गर्नेछु, परमप्रभुमा म उहाँको वचनको प्रशंसा गर्नेछु।

11 परमेश्वरमाथि मैले भरोसा राखेको छु, म डराउनेछैन, मरणशील मानिसले मलाई के गर्नसक्छ र?

12 हे परमेश्वर, मैले तपाईंसित भाकल गरेको छु, म तपाईंलाई स्तुति-प्रशंसा चढाउनेछु।

13 किनकि तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनुभएको छ, के तपाईंले मेरा खुट्टालाई ठेस लाग्नदेखि बचाउनुहुन्न र? यसैले कि म परमेश्वरको सामुन्ने जीवनको ज्योतिमा हिँड्न सकूँ।




57

1 मप्रति कृपालु हुनुहोस्, हे परमेश्वर, मप्रति कृपालु हुनुहोस्, किनकि मेरो प्राणले तपाईंमाथि भरोसा राख्छ, अँ, यी विपत्ति नबितुन्जेल म तपाईंकै पखेटाका छायाँमा शरण लिनेछु।

2 सर्वोच्च परमेश्वर, मेरा निम्ति सबै थोक गर्नुहुने परमेश्वरलाई म पुकार्नेछु।

3 उहाँले स्वर्गबाट पठाउनुहुनेछ, र मलाई निल्न खोज्नेको बदनामीबाट मलाई बचाउनुहुनेछ। सेला परमेश्वरले आफ्नो कृपा र सत्यता पठाउनुहुनेछ।

4 मेरो प्राण सिंहहरूको बीचमा छ, मलाई नष्ट गर्नेहरूको बीचमा म ढल्कन्छु, म यस्ता मानिसहरूका बीचमा छु, जसका दाँत भाला र काँडहरू हुन्, र जसको जिब्रो लाग्ने तरवार हो।

5 हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभन्दा उच्च होस्।

6 तिनीहरूले मेरा पाइलाका निम्ति जाल थापेका छन्, मेरो प्राण झुकेको छ, तिनीहरूले मेरो अगि खाडल खनेका छन्, जुन खाडलमा तिनीहरू आफै परेका छन्। सेला

7 मे मेरो हृदय स्थिर छ, हे परमेश्वर, रो हृदय स्थिर छ, म गाउनेछु र स्तुति-प्रशंसा गर्नेछु।

8 हे मेरो प्राण, जाग्ा्, हे सितार र वीणा जाग्ा्, म आफै पनि एकाबिहानै जाग्नेछु।

9 हे परमप्रभु, जाति-जातिका मानिसहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, राज्य-राज्यका बीचमा म तपाईंको स्तुति गाउनेछु।

10 किनकि तपाईंको महान् कृपा स्वर्गसम्मै पुग्छ, र तपाईंको सत्यताले आकाश नै छुन्छ।

11 हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभन्दा उच्च होस्।




58

1 हे शासकहरू हो, के तिमीहरू साँच्चै न्यायपूर्वक बोल्छौ? हे मानिसका सन्तान हो, के तिमीहरू निष्पक्ष रूपमा न्याय गर्छौ?

2 अँ, तिमीहरू हृदयमा दुष्ट युक्ति रच्छौ, तिमीहरूका हातले पृथ्वीमा हिंसाको काम गर्छौ।

3 दुष्टहरू त गर्भदेखि नै भड्केर जान्छन्, तिनीहरू जन्मदेखि नै बरालिन्छन् र झूट बोल्दै हिँड्छन्।

4 तिनीहरूको विष सर्पको विषजस्तै छ, तिनीहरू, आफ्नो कान बन्द गरेको गोमन सर्पजस्तै हुन्छन्।

5 जसले सपेराका आवाज र जतिसुकै निपुण जादुगर भए पनि तिनको सोर सुन्नेछैनन्।

6 हे परमेश्वर, तिनीहरूका दाँत तिनीहरूकै मुखभित्र भाँचिदिनुहोस्, हे परमप्रभु, जवान सिंहहरूका बङ्गारा झारिदिनुहोस्।

7 तिनीहरू निरन्तर बग्ने पानीझैँ विलीन भइजाऊन्, जब त्यसले आफ्ना काँडहरू हान्न धनुमा ताँदो चढाउँछ, तब ती काँड बोधा भइजाऊन्।

8 तिनीहरू हिँड्दाहिँड्दै पग्लेर जाने चिप्लेकीराझैँ होइजाऊन्, तुहेको बालकजस्तै तिनीहरूले सूर्यको किरण कहिल्यै नदेखून्।

9 तिम्रा भाँडाहरू काँडाको आगोमा तातिनुअघि, चाहे ती हरिया वा सुकेका होऊन्, त्यसलाई आँधीले बढारेर लगेझैँ उहाँले दुष्टहरूलाई बढार्नुहुनेछ।

10 प्रतिशोध खनिएको देखेर धर्मीजन रमाउनेछ, उसले आफ्नो खुट्टा दुष्टहरूको रगतले धुनेछ।

11 तब मानिसले भन्नेछ, ‘‘साँच्चै धर्मीजनको लागि इनाम रहेछ, साँच्चै पृथ्वीमा न्याय गर्नुहुने परमेश्वर हुनुहुँदो रहेछ।’’




59

1 हे मेरा परमेश्वर, मेरा शत्रुहरूबाट मलाई छुटाउनुहोस्, मेरो विरुद्धमा उठ्नेहरूबाट मलाई रक्षा गर्नुहोस्।

2 कुकर्मीहरूबाट मलाई छुटाउनुहोस्, र रक्तपात गर्ने मानिसहरूबाट मलाई बचाउनुहोस्।

3 किनकि हेर्नुहोस्, मेरो प्राण लिन तिनीहरू ढुकेर बस्छन्, हे परमप्रभु, शक्तिशाली मानिसहरू मेरो विरुद्धमा भेला भएका छन्, मेरो अपराधको कारणले होइन, न त मेरो पापको कारणले नै हो।

4 मेरो दोष नभए तापनि तिनीहरू मलाई आक्रमण गर्न तयार छन्, मलाई सहायता गर्न उठ्नुहोस् र हेर्नुहोस्।

5 यसकारण, हे परमप्रभु, सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर, तपाईं जाति-जातिका मानिसहरूलाई न्याय गर्न उठ्नुहोस्। कुनै पनि दुष्ट अपराधीप्रति कृपालु नहुनुहोस्। सेला

6 तिनीहरू साँझमा फर्कन्छन्, कुकुरझैँ भुक्छन् र शहरको चारैतिर घुम्छन्।

7 हेर्नुहोस्, तिनीहरू आफ्नो मुखले डकार्छन्, तिनीहरूका ओठमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, ‘‘कसले सुन्छ र?’’

8 तर हे परमप्रभु, तपाईंले तिनीहरूको उपहास गर्नुहुनेछ, तपाईंले जातिजातिका मानिसहरूलाई ठट्टामा उडाउनुहुनेछ।

9 हे मेरा शक्ति, म तपाईंको बाटो हेर्नेछु, किनकि परमेश्वर मेरो किल्ला हुनुहुन्छ।

10 मेरो कृपाका परमेश्वर, मेरो अगिअगि जानुहुनेछ, परमेश्वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा पूरा भएको मलाई देख्न दिनुहुनेछ।

11 हे परमप्रभु, हाम्रा ढाल, तिनीहरूलाई नमार्नुहोस्, नत्र त मेरा प्रजाले बिर्सनेछन्, तपाईंको सामर्थ्यले तिनीहरूलाई छरपस्ट पार्नुहोस्, र तिनीहरूलाई होच्याउनुहोस्।

12 तिनीहरूका मुखको पाप, तिनीहरूका ओठका शब्दहरू अनि तिनीहरूले उच्चारण गर्ने श्राप र झूटको कारण तिनीहरू आफ्नै घमण्डमा पक्राउ परून्।

13 तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई रहँदै नरहनेगरी भस्म पार्नुहोस्, अनि परमेश्वरले पृथ्वीको अन्तसम्म याकूबमाथि राज्य गर्नुहुन्छ भनी तिनीहरूले जानून्। सेला

14 तिनीहरू साँझमा फर्कून्, तिनीहरू कुकुरझैँ भुकून् र शहरको चारैतिर घुमून्।

15 तिनीहरू खानेकुराको निम्ति यताउति डुलिहिँडून् र सन्तुष्ट भएनन् भने कुकरले झैँ कुइँकुइँ गरून्।

16 तर म तपाईंको सामर्थ्यको गीत गाउनेछु, अँ, म बिहानै उच्च सोरमा तपाईंको कृपाको गीत गाउनेछु, किनकि तपाईं मेरो सङ्कष्टको दिनमा मेरो किल्ला र शरणस्थान हुनुभएको छ।

17 हे मेरा शक्ति, म तपाईंको स्तुति गाउनेछु, किनकि परमेश्वर मेरो किल्ला र मेरो कृपाका परमेश्वर हुनुहुन्छ।




60

1 हे परमेश्वर, तपाईंले हामीलाई त्याग्नुभएको छ, तपाईंले हामीलाई छरपस्ट पार्नुभएको छ, तपाईं रिसाउनुभएको छ, अब हामीतिर फर्कनुहोस्।

2 तपाईंले पृथ्वी हल्लाउनुभएको छ, तपाईंले त्यसलाई फुटाउनुभएको छ, त्यसका धाँदाहरू पुर्नुहोस्, किनकि त्यो खस्नै आँटेको छ।

3 तपाईंले आफ्ना जनलाई कठिन कुरा देखाउनुभएको छ, तपाईंले हामीलाई धरमराउने मद्य पियाउनुभएको छ।

4 तपाईंको डर मान्नेहरूलाई तपाईंले एउटा झन्डा दिनुभएको छ, यसैले कि सत्यताको कारण तिनीहरूले झन्डा फरफराऊन्। सेला

5 तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मेरो विन्ती सुन्नुहोस्, अनि तपाईंका प्रियहरूले छुटकारा पाऊन्।

6 परमेश्वर आफ्नो पवित्रस्थानबाट बोल्नुभएको छ, ‘‘म आनन्दित हुनेछु, म शकेमलाई विभाजन गर्नेछु, र सुक्कोतको बेँसी नाप्नेछु।

7 गिलाद मेरो हो र मनश्शे मेरै हो, एफ्राइम पनि मेरो शिरको बल हो, यहूदा मेरो राजदण्ड हो,

8 मोआब मेरो धुने भाँडा हो, एदोममाथि म आफ्नो जुत्ता फ्याँक्नेछु, पलिश्तमाथि म विजयसाथ कराउँछु।

9 कसले मलाई किल्ला भएको शहरमा पुर्याउला? कसले मलाई एदोमसम्म डोर्याउला?’’

10 हे परमेश्वर, के तपाईंले हामीलाई त्याग्नुभएको होइन र? हे परमेश्वर, के तपाईं हाम्रा सेनाहरूका साथमा जानुहुन्न र?

11 हामीलाई सङ्कष्टमा सहायता गर्नुहोस्, किनकि मानिसको सहायता व्यर्थ हो।

12 परमेश्वरद्वारा हामी वीरता देखाउनेछौं, किनकि उहाँले नै हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।




61

1 हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्, मेरो प्रार्थनामा ध्यान दिनुहोस्।

2 मेरो हृदय व्याकुल हुँदा पृथ्वीको छेउदेखि म तपाईंलाई पुकार्नेछु, मलाई त्यस चट्टानमा डोर्याउनुहोस्, जो मभन्दा अग्लो छ।

3 किनकि तपाईं मेरो लागि आश्रय र शत्रुको सामुन्ने एउटा बलियो धरहरा हुनुभएको छ।

4 सदासर्वदा म तपाईंको निवास्थानमा वास गर्नेछु, म तपाईंका पखेटाको आडमा शरण लिनेछु। सेला

5 किनकि हे परमेश्वर, तपाईंले नै मेरा भाकलहरू सुन्नुभएको छ, तपाईंले मलाई तपाईंको नाउँको भय मान्नेहरूको पैतृक सम्पत्ति दिनुभएको छ।

6 तपाईंले राजाको आयु बढाउनुहुनेछ, उनको उमेर पुस्तौं-पुस्तासम्म रहनेछ।

7 सदासर्वदा उनी परमेश्वरको सामु रहनेछन्, करुणा र सत्यता तयार गर्नुहोस्, जसले उनको रक्षा गरून्।

8 यसकारण, म सदासर्वदा तपाईंको नाउँको प्रशंसा गाउनेछु, यसैले कि मैले दिनहुँ मेरा भाकलहरू पूरा गर्न सकूँ।




62

1 साँच्चै, मेरो प्राणले परमेश्वरको बाटो हेर्दछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।

2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ, उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ, म कहिल्यै डगमगाउनेछैनँ।

3 एउटा मानिसको विरुद्धमा तिमीहरू कहिलेसम्म दुष्ट युक्ति रच्नेछौ? ढल्नलागेको पर्खाल र कमजोर बारझैँ भएको त्यस मानिसलाई के तिमीहरू सबै मिलेर हत्या गर्छौ?

4 साँच्चै तिनीहरू त्यसको उच्चपदबाट तल खसाल्ने सल्लाह गर्छन्, तिनीहरू झूट बोल्न रमाउँछन्, तिनीहरू आफ्ना मुखले आशीर्वाद त दिन्छन्, तर मनमनै सराप्छन्। सेला

5 हे मेरो प्राण, तँ परमेश्वरको मात्र बाटो हेर, किनकि मेरो आशा उहाँबाट नै आउँछ।

6 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ, उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ, म कहिल्यै डगमगाउनेछैनँ।

7 मेरो उद्धार र मेरो महिमा परमेश्वरमा नै छ, मेरो बलियो चट्टान र मेरो शरणस्थान परमेश्वरमा नै छ।

8 हे मानिसहरू हो, हरसमय उहाँमाथि नै भरोसा राख, उहाँको सामुन्ने आफ्ना हृदयको कुरा पोखाओ, परमेश्वर हाम्रा निम्ति शरणस्थान हुनुहुन्छ। सेला

9 साँच्चै निम्नस्तरका मानिसहरू व्यर्थ हुन् र उच्चस्तरका मानिसहरू झूटा हुन्, तराजुमा जोख्दा तिनीहरू बाफभन्दा हलुका छन्।

10 अत्याचारमा भरोसा नगर, न त लुटका मालमा घमन्ड गर, तिम्रो धनसम्पत्ति बढयो भने पनि त्यसमा मन नलगाओ।

11 एकपल्ट परमेश्वर बोल्नुभएको छ, दुईपल्ट मैले यो सुनेको छु कि सामर्थ्य परमेश्वरकै हो।

12 अनि हे परमप्रभु, करुणा पनि तपाईंकै हो, किनकि तपाईंले नै हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।




63

1 हे परमेश्वर, तपाईं नै मेरा परमेश्वर हुनुहुन्छ, एकाबिहानै म तपाईंलाई खोज्नेछु, पानी नै नभएको सुक्खा र रुखो भूमिमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंको निम्ति मरिमेट्छ।

2 मैले तपाईंलाई पवित्रस्थानमा देखेजस्तै म तपाईंको सामर्थ्य र महिमा देख्न तिर्सना गर्दछु।

3 किनकि तपाईंको दया जीवनभन्दा श्रेष्ठ छ, मेरा ओठले तपाईंको प्रशंसा गर्नेछन्।

4 यसरी म मेरो जीवनभरि नै तपाईंलाई धन्यको भन्नेछु, तपाईंको नाममा म मेरा हात उचाल्नेछु।

5 मेरो प्राण उत्तम भोजनले झैँ तृप्त हुनेछ, अनि स्तुतिपूर्ण ओठले म तपाईंको प्रशंसा गर्नेछु,

6 जब आफ्नो ओछयानमा म तपाईंको सम्झना गर्छु अनि रातभरि नै म तपाईंको ध्यान गर्छु।

7 किनभने तपाईं मेरो सहायक हुनुभएको छ, यसकारण तपाईंका पखेटाको छायाँमा म रमाउनेछु।

8 मेरो प्राण खुरन्धार तपाईंकै पछि लाग्दछ, तपाईंको दाहिने हातले मलाई सम्हाल्छ।

9 तर मेरो प्राणलाई नाश गर्न खोज्नेहरू पृथ्वीको तल्लो भागमा जानेछन्।

10 तिनीहरू तरवारले मारिनेछन्, र स्यालहरूको आहार हुनेछन्।

11 तर राजा परमेश्वरमा आनन्दित हुनेछन्, उहाँको नाममा शपथ लिनेहरू हरेकले गर्व गर्नेछ, तर झूट बोल्नेहरूको मुख बन्द गरिनेछ।




64

1 हे परमेश्वर, मैले प्रार्थना गर्दा मेरो सोर सुन्नुहोस्, शत्रुको त्रासदेखि मेरो जीवनको रक्षा गर्नुहोस्।

2 दुष्टहरूको गुप्त युक्तिबाट, र कुकर्मीहरूको षडयन्त्रबाट मलाई लुकाउनुहोस्।

3 तिनीहरूले आफ्नो जिब्रो तरवारझैँ उध्याउनेछन् र काँडरूपी तीता वचनले हान्न आफ्ना धनुमा ताँदो चढाउँछन्।

4 यसैले कि तिनीहरूले गुप्तमा बसेर निर्दोष मानिसलाई हान्छन्, तिनीहरूले बिनाडर अचानक त्यसलाई हान्छन्।

5 खराब कामका निम्ति तिनीहरूले आफूलाई उत्साहित पार्छन्, तिनीहरू गोप्यरूपले पासो थाप्ने विषयमा बातचित गर्छन्, तिनीहरू भन्छन्, ‘‘कसले हामीलाई देख्छ र?’’

6 तिनीहरू दुष्ट कुरा रच्छन्, तिनीहरूले चलाखीपूर्ण योजना रचिसकेका छन्। साँच्चै मानिसका विचार र हृदय धूर्त हुन्छन्।

7 तर परमेश्वरले तिनीहरूलाई काँडले हान्नुहुनेछ, एक्कासि तिनीहरू घायल हुनेछन्।

8 उहाँले तिनीहरूको जिब्रो तिनीहरूकै विरुद्धमा फर्काइदिनुहुनेछ, र तिनीहरूलाई नाश गर्नुहुनेछ, तिनीहरूलाई देख्नेहरू सबै भाग्नेछन्।

9 अनि सबै मानिस भयभीत हुनेछन्, र परमेश्वरको कामको घोषणा गर्नेछन्, किनभने तिनीहरूले उहाँको काम बुद्धिमानीसाथ विचार गर्नेछन्।

10 धर्मीजन परमप्रभुमा आनन्दित हुनेछन्, र उहाँमाथि भरोसा राख्नेछन्, अनि सबै सोझा मन भएकाहरूले गर्व गर्नेछन्।




65

1 हे परमेश्वर, सियोनमा तपाईंको प्रशंसा गर्न सुहाउँछ, तपाईंको निम्ति हाम्रा सबै भाकल पूरा हुनेछन्।

2 हे प्रार्थना सुन्नुहुने, तपाईंकहाँ नै सबै प्राणी आउनेछन्।

3 अधर्म ममाथि विजय भएका छन्, हाम्रा अपराध भने तपाईंले क्षमा गर्नुहुनेछ।

4 धन्य हो त्यो मानिस, जसलाई तपाईंले चुन्नुहुन्छ र तपाईंको मन्दिरमा रहनलाई नजिक ल्याउनुहुन्छ, तपाईंको घर र तपाईंको पवित्र मन्दिरका उत्तम कुराले हामी तृप्त हुनेछौं।

5 हे हाम्रा उद्धारका परमेश्वर, भयानक कामद्वारा तपाईंले हामीलाई धार्मिकतामा जवाफ दिनुहुनेछ, हे समस्त पृथ्वी र समुद्रका आशा तपाईं नै हुनुहुन्छ,

6 तपाईंले आफ्नो सामर्थ्यले कम्मर कसेर आफ्नो पराक्रमद्वारा पहाडहरू स्थिर पार्नुहुन्छ।

7 तपाईंले समस्त समुद्रको गर्जन, तिनका छालको गर्जन र जाति-जातिका मानिसहरूको कोलाहल शान्त पार्नुहुन्छ।

8 पृथ्वीका हरेक कुनामा बस्नेहरू पनि तपाईंका चिन्हहरू देखेर भयभीत भएका छन्, तपाईंले सूर्योदय र सूर्यास्तलाई रमाउने तुल्याउनुहुन्छ।

9 तपाईंले पृथ्वीको वास्ता गर्नुहुन्छ, र त्यसलाई भिजाउनुहुन्छ, पानीले भरपुर भएको परमेश्वरको नदीद्वारा त्यसलाई उब्जनी दिने तुल्याउनुहुन्छ, यसरी त्यसलाई तयार पार्नुभएपछि तपाईंले तिनीहरूका लागि अन्नको प्रबन्ध गर्नुहुन्छ।

10 हलोले जोतेका रेखाहरू तपाईंले प्रशस्त गरी भिजाउनुहुन्छ, त्यसका डल्ला फुटाएर सम्याउनुहुन्छ, झरीद्वारा तपाईंले त्यसलाई नरम पार्नुहुन्छ, तपाईंले त्यसको उब्जनीमा आशिष् दिनुहुन्छ।

11 तपाईंले वर्षलाई आफ्नो भलाइको मुकुट पहिर्याउनुहुन्छ र तपाईंका मार्गहरूमा उत्तम पदार्थ पाइन्छ।

12 उजाडस्थानका खर्कहरू लहलह भएका छन् र पहाडहरू हर्षले सुसज्जित छन्।

13 खर्कहरू भेडाबाख्राले ढाकिएका छन्, बेँसीहरू अन्नपातले भरिएका छन्, तिनीहरू हर्षले चिच्च्याउँदै गीत गाउँछन्।




66

1 हे सारा पृथ्वी, परमेश्वरको निम्ति उच्च सोरमा जयजयकार गर,

2 उहाँको नाउँको महिमा गाओ, उहाँको प्रशंसालाई महिमित तुल्याओ,

3 परमेश्वरलाई भन, ‘‘तपाईं आफ्ना काममा कति भययोग्य हुनुहुन्छ ! तपाईंको सामर्थ्यको महानताले गर्दा तपाईंका शत्रुहरू आफूलाई तपाईंको अधीनतामा सुम्पन्छन्।’’

4 सारा पृथ्वीले तपाईंलाई दण्डवत् गर्नेछ, र तपाईंको निम्ति भजन गाउनेछ, तिनीहरूले तपाईंको नामको स्तुति गाउनेछन्। सेला

5 आओ, परमेश्वरका कामहरू हेर, मानिसका सन्तानप्रति उहाँ आफ्नो कार्यमा कति भययोग्य हुनुहुन्छ !

6 उहाँले समुद्रलाई सुक्खा जमिनमा बदल्नुभयो, उनीहरूले पैदलै समुद्र पार गरे, त्यहाँ हामीले उहाँमा आनन्द मनायौं।

7 सदासर्वदा उहाँ आफ्नो सामर्थ्यसाथ शासन गर्नुहुन्छ, उहाँका आँखाले जातिजातिका मानिसहरूलाई देख्छन्, विद्रोहीहरूले आफ्नो शिर ठाडो पार्न नपाऊन्। सेला

8 हे जाति-जातिका मानिसहरू हो, हाम्रा परमेश्वरलाई धन्यको भन, र उहाँको स्तुतिको आवाज सुनियोस्।

9 उहाँले हाम्रा जीवनलाई सुरक्षित राख्नुहुन्छ, र हाम्रा पाउ चिप्लन दिनुहुन्न।

10 किनकि हे परमेश्वर, तपाईंले हामीलाई जाँचेर हेर्नुभएको छ, जसरी चाँदी खारिन्छ, त्यसरी नै तपाईंले हामीलाई खार्नुभएको छ।

11 तपाईंले हामीलाई कैदमा ल्याउनुभयो, तपाईंले हाम्रो ढाडमा बोझ हालिदिनुभयो।

12 तपाईंले मानिसहरूलाई हाम्रा शिरमाथि चढ्न दिनुभयो, हामी आगो र पानीबाट भएर गयौं, तर तपाईंले हामीलाई निकालेर प्रशस्तताको ठाउँमा ल्याउनुभयो।

13 होमबलि लिएर म तपाईंको भवनमा जानेछु, तपाईंको निम्ति म आफ्ना भाकल पूरा गर्नेछु,

14 जसको विषयमा म सङ्कष्टमा परेको बेलामा मेरा ओठले बोलेका थिए र मेरो मुखले भनेको थियो।

15 थुमाहरूको धूपको साथ म तपाईंलाई मोटा-मोटा पशुहरूका होमबलि चढाउनेछु, म बोकाहरूसहित साँढेहरू चढाउनेछु। सेला

16 हे सबै परमेश्वरका भय मान्नेहरू हो, आओ र सुन, उहाँले मेरो प्राणको निम्ति के के गर्नुभएको छ, सो म बताउनेछु।

17 मैले उहाँलाई आफ्नो मुखले पुकारेँ, र मेरो जिब्रोले उहाँको प्रशंसा गर्यो।

18 यदि मैले आफ्नो हृदयमा अधर्म राखेँ भने परमप्रभुले मेरो विन्ती सुन्नुहुनेछैन।

19 तर निश्चय नै परमेश्वरले मेरो विन्ती सुन्नुभएको छ, उहाँले मेरो प्रार्थनाको स्वरतिर ध्यान दिनुभएको छ।

20 परमेश्वर धन्यका होऊन्, जसले मेरो प्रार्थनालाई इन्कार गर्नुभएको छैन, न त आफ्नो कृपा मदेखि हटाउनुभएको छ।




67

1 परमेश्वर हामीप्रति कृपालु हुनुहोस्, र हामीलाई आशिष् दिनुहोस्, अनि हामीमाथि आफ्नो मुहार चम्काउनुहोस्, सेला

2 यसैले कि पृथ्वीमाथि तपाईंको मार्ग र सबै जातिको बीचमा तपाईंको उद्धार प्रकट होस्।

3 जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्, हे परमेश्वर, जाति- जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्।

4 राज्य-राज्यका मानिसहरू आनन्दित होऊन् र हर्षले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्याय ठीकसित गर्नुहुनेछ, र पृथ्वीका राज्य-राज्यमाथि शासन गर्नुहुनेछ। सेला

5 जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्, हे परमेश्वर, जातिजातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्।

6 तब पृथ्वीले आफ्नो उब्जनी बढाउनेछ, र परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ।

7 परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ, अनि पृथ्वीका अन्तसम्मका सबै मानिसले उहाँकै भय मान्नेछन्।




68

1 परमेश्वर उठून्, उहाँका शत्रुहरू तितरबितर होऊन्, उहाँलाई घृणा गर्नेहरू पनि उहाँको सामुबाट भागून्।

2 जसरी धुवाँ उडेर जान्छ, त्यसरी नै तिनीहरूलाई उडाउनुहोस्, जसरी आगोको सामुन्ने मैन पग्लिन्छ, त्यसरी नै दुष्टहरू परमेश्वरको उपस्थितिमा नष्ट होऊन्।

3 तर धर्मीजन रमाऊन्, परमेश्वरको सामुन्ने उनीहरू आनन्दित होऊन्, अँ, उनीहरू अति नै आनन्दित होऊन्।

4 परमेश्वरको निम्ति गीत गाओ, उहाँको नाउँको स्तुति गाओ, उहाँको नाउँ परमप्रभु हो, आकाशमाथि सवार हुनुहुनेको बढाइँ गर, र उहाँको सामुन्ने आनन्दित होओ।

5 परमेश्वर आफ्ना पवित्र वासस्थानमा टुहुराहरूका पिता र विधवाहरूका न्यायकर्ता हुनुहुन्छ।

6 परमेश्वरले एक्लो मानिसलाई परिवारमा बसाल्नुहुन्छ, साङ्लाले बाँधिएकाहरूलाई छुटाउनुहुन्छ, तर विद्रोहीहरू सुक्खा भूमिमा बसोबास गर्छन्।

7 हे परमेश्वर, जब तपाईं आफ्ना जनको अगिअगि जानुभयो, जब तपाईं उजाडस्थानबाट भएर अघि बढ्नुभयो, सेला

8 तब पृथ्वी काम्यो, परमेश्वरको उपस्थितिमा स्वर्गले पनि वृष्टि गर्यो, परमेश्वर, इस्राएलका परमेश्वरको उपस्थितिले सीनै पर्वत पनि डगमगायो।

9 हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो, जसद्वारा तपाईंले आफ्नो सुक्खा उत्तराधिकारलाई पुनर्स्थापन गर्नुभयो।

10 तपाईंका मानिसहरू त्यहाँ बसोबास गरेका छन्, हे परमेश्वर, तपाईंले गरिबहरूका निम्ति आफ्नो भलाइको प्रबन्ध गर्नुभएको छ।

11 परमप्रभुले वचन बोल्नुभयो, अनि वचनको घोषणा गर्नेहरूको समूह ठूलो थियो।

12 राजा र सेनाहरू आतुरीका साथ भागे, र छाउनीमा बस्ने स्त्रीहरूले लुटका माल बाँडे।

13 तिमीहरू भेडीगोठको बीचमा सुते तापनि चाँदीले ढाकिएका ढुकुरका पखेटा र चम्किलो सुनले मोहोरिएका त्यसका प्वाँखहरूजस्ता हुनेछौ।

14 जब सर्वशक्तिमान् परमेश्वरले राजाहरूलाई तितरबितर पार्नुभयो, तब त्यो सल्मोन पर्वतमा परेको हिउँजस्तै सेतो थियो।

15 परमेश्वरको पहाड बाशानको पहाडजस्तै छ, यो बाशानको पहाडजस्तै अग्लो पहाड हो।

16 हे चुचुरा भएका पहाडहरू हो, तिमीहरू किन ईर्ष्यालु आँखाले त्यस पहाडलाई हेर्दछौ, जसमा परमेश्वर बास गर्न चाहनुहुन्छ, अँ, यसमा परमप्रभुले सदासर्वदा वास गर्नुहुनेछ।

17 परमेश्वरका रथहरू

18 तपाईं उच्च स्थानमा उक्लनुभएको छ, र कैदीहरूलाई बन्दी बनाएर लैजानुभएको छ, परमप्रभु परमेश्वर उनीहरूको बीचमा वास गरून् भनेर तपाईंले मानिसहरूका निम्ति, अँ, विद्रोहीहरूका निम्ति पनि उपहारहरू ग्रहण गर्नुभएको छ।

19 परमप्रभु, हाम्रा उद्धारका परमेश्वर धन्यका होऊन्, जसले दिनहुँ हाम्रो बोझ बोक्नुहुन्छ। सेला

20 हाम्रा परमेश्वर, उद्धारका परमेश्वर हुनुहुन्छ, मृत्युबाट उम्किने बाटो पनि परमप्रभु परमेश्वरबाट आउँछ।

21 तर परमेश्वरले आफ्ना शत्रुहरूको शिर र बारम्बार आफ्ना पापमा लागिरहने ती मानिसहरूको केशले भरिएकोखोपडीलाई फुटाइदिनुहुनेछ।

22 परमप्रभुले भन्नुभयो, ‘‘म बाशानबाट फिर्ता ल्याउनेछु, म मेरा जनलाई फेरि समुद्रका गहिराइबाट फिर्ता ल्याउनेछु,

23 यसैले कि तिम्रो पाउ तिम्रा शत्रुहरूका रगतमा र तिम्रा कुकुरहरूका जिब्रो पनि त्यसैमा चोपिऊन्।’’

24 हे परमेश्वर, उनीहरूले तपाईंको हिँडाइ देखेका छन्, पवित्रस्थानमा मेरा परमेश्वर, मेरा राजाको हिँडाइ देखेका छन्।

25 गायकहरू अगिअगि हिँडे, बाजा बजाउनेहरू पछिपछि लागे, तिनीहरूमध्ये खैँजडी बजाउने कन्याहरू थिए।

26 ठूलो सभामा परमेश्वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर।

27 सानो बेन्यामीन, तिनका शासक, यहूदाका राजकुमारहरू र तिनीहरूको समुदाय, जबूलूनका राजकुमारहरू र नप्तालीका राजकुमारहरूसित छन्।

28 हे परमेश्वर, आफ्नो शक्ति बोलाउनुहोस्, अघि गर्नुभएजस्तै हे परमेश्वर, हामीलाई आफ्नो शक्ति देखाउनुहोस्।

29 यरूशलेममा भएको तपाईंको मन्दिरको कारण राजाहरूले तपाईंका निम्ति भेटी ल्याउनेछन्।

30 निगालोघारीका बीचमा रहने पशुलाई हप्काउनुहोस्, जाति-जातिका बाछाहरूका बीचमा साँढेको झुन्डलाई डाँट्नुहोस्। हरेकले चाँदीका टुक्राहरू ल्याएर आफैलाई समर्पण नगरेसम्म तिनीहरूलाई हप्काउनुहोस्। लडाइँमा खुशी हुने जातिलाई तितरबितर पार्नुहोस्।

31 मिश्रदेशबाट राजकुमारहरू निस्किआउनेछ्न्, कूश-देशले चाँडै आफ्नो हात परमेश्वरतर्फ फैलाउनेछ।

32 हे पृथ्वीका राज्यहरू हो, परमेश्वरका निम्ति गाओ, परमप्रभुका निम्ति स्तुति गाओ, सेला

33 उहाँका निम्ति, जो प्राचीनकालदेखि सवर्ेाच्च स्वर्गमाथि सवार हुनुहुनेलाई हेर, उहाँले आफ्नो आवाज, शक्तिशाली आवाजसित गर्जनुहुन्छ।

34 तिमीहरूको सामर्थ्यको श्रेय परमेश्वरलाई देओ, उहाँको प्रताप इस्राएलमाथि छ र उहाँको सामर्थ्य आकाशमण्डलमा छ।

35 हे परमेश्वर, तपाईं आफ्नो पवित्रस्थानमा भययोग्य हुनुहुन्छ। इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शक्ति र बल दिनुहुन्छ।परमेश्वर धन्यका होऊन्।




69

1 हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो गर्दनसम्मै आएको छ।

2 म गहिरो दलदलमा डुब्दै छु, जहाँ उभिने ठाउँ छैन, म गहिरो पानीमा आएको छु, जहाँ बाढ ममाथि उर्लंदै छन्।

3 चिच्च्याउँदा चिच्च्याउँदा म थाकिसकेँ, मेरो घाँटी सुकिसक्यो, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा धमिला भइसके।

4 बिनाकारण मलाई घृणा गर्नेहरू मेरा शिरका केशभन्दा धेरै छन्। मलाई नष्ट गर्न खोज्नेहरू, बिनाकारण मेरा शत्रु हुनेहरू शक्तिशाली छन्, तब मैले नलगेका चीज फिर्ता गर्न म बाध्य भएको छु।

5 हे परमेश्वर, तपाईं नै मेरो मूर्खता जान्नुहुन्छ, अनि मेरा पाप तपाईंबाट छिपेका छैनन्।

6 हे सेनाहरूका परमप्रभु परमेश्वर, जसले तपाईंको बाटो हेर्दछन्, उनीहरू मेरो खातिर सर्ममा नपरून्, हे इस्राएलका परमेश्वर, जसले तपाईंलाई खोज्दछन्, उनीहरू मेरो खातिर लज्जित नहोऊन्।

7 किनभने तपाईंकै निम्ति मैले निन्दा सहेको छु, सर्मले मेरो मुहार ढाकेको छ।

8 मेरा दाजुभाइका निम्ति म पराई र मेरा साक्खे भाइ-बहिनीका निम्ति परदेशी भएको छु।

9 किनकि तपाईंको भवनको जोशले मलाई खाएको छ, अनि तपाईंलाई निन्दा गर्नेहरूका निन्दा ममाथि आइपरेका छन्।

10 जब म रोएँ र उपवास बसेर मेरो प्राणलाई ताडना दिएँ, त्यो पनि मेरो निम्ति निन्दाको कारण बन्यो।

11 मैले भाङ्ग्राको लुगालाई आफ्नो वस्त्र बनाएँ, अनि म तिनीहरूका निम्ति दृष्टान्त बनेँ।

12 मूलढोकामा बस्नेहरू मेरो विरुद्धमा बोल्छन्, अनि म मतवालाहरूको गीत बनेँ।

13 तर म भने हे परमप्रभु, ग्रहणयोग्य समयमा तपाईंलाई प्रार्थना चढाउँछु, हे परमेश्वर, तपाईं कृपाको प्रशस्ततामा, तपाईंको उद्धारको सत्यतामा मेरो विन्ती सुन्नुहोस्।

14 मलाई दलदलमा डुब्नदेखि बचाउनुहोस्, मलाई घृणा गर्नेहरू र गहिरो पानीबाट छुटाउनुहोस्।

15 पानीको बाढ ममाथि नउर्लोस्, न त गहिरो पानीले मलाई निलोस्, अनि खाडलले आफ्नो मुख ममाथि बन्द नगरोस्।

16 हे परमप्रभु, मेरो विन्ती सुन्नुहोस्, किनकि तपाईंको करुणा महान् छ, तपाईंका कोमल कृपाको प्रशस्तताअनुसार मतिर फर्कनुहोस्,

17 तपाईंको मुहार आफ्नो दासदेखि नलुकाउनुहोस्, किनकि म कष्टमा छु, मलाई झट्टै जवाफ दिनुहोस्।

18 मेरो प्राणको नजिक आउनुहोस् र मेरो उद्धार गर्नुहोस्, मेरा शत्रुहरूको कारण मलाई छुटकारा दिनुहोस्।

19 तपाईंले मेरो निन्दा, मेरो सर्म र मेरो अनादर जान्नुभएको छ, मेरा विरोधीहरू सबै तपाईंकै सामु छन्।

20 निन्दाले मेरो मन भाँचेको छ र म धेरै खिन्न भएको छु, अनि मैले सहानुभूति देखाउने मानिसहरू खोजेँ, तर कोही थिएन, अनि मैले सान्त्वना दिने मानिसहरू खोजेँ, तर मैले कोही पाइनँ।

21 खानको निम्ति तिनीहरूले मलाई पित्त दिए र तिर्खा लाग्दा पिउनलाई तिनीहरूले मलाई सिर्का दिए।

22 तिनीहरूको भोजन तिनीहरूको सामु पासो बनोस् र तिनीहरूको सुख-विलास तिनीहरूको सामु धराप बनोस्।

23 तिनीहरूका आँखा धमिला होऊन् र तिनीहरूले नदेखून्, अनि तिनीहरूका कम्मर सधैँभरि कामिरहने बनाउनुहोस्।

24 तिनीहरूमाथि तपाईंले आफ्नो रिस खन्याउनुहोस् र तपाईंको क्रोधको ज्वालाले तिनीहरूलाई पक्रोस्।

25 तिनीहरूको वासस्थान उजाड होस् र तिनीहरूका तम्बुहरूमा कोही नबसोस्।

26 किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, उसैलाई तिनीहरू सताउँछन्, अनि जसलाई तपाईंले घायल पार्नुभएको छ, उनीहरूको पीडाका बारेमा तिनीहरू कुरा गर्छन्।

27 तिनीहरूको अधर्ममाथि अधर्म थपिदिनुहोस्, अनि तिनीहरूलाई तपाईंको धार्मिकतामा आउन नदिनुहोस्।

28 जीवनको पुस्तकबाट तिनीहरूको नाम मेटियोस् र धर्मीजनसँग तिनीहरूको नाम नलेखियोस्।

29 तर म त दु:खी र शोकित छु, हे परमेश्वर, तपाईंको उद्धारले मलाई सुरक्षित राख्नुहोस्।

30 भजन गाएर म परमेश्वरको नाउँको प्रशंसा गर्नेछु, र धन्यवाद दिँदै उहाँको बढाइँ गर्नेछु।

31 यस कुराले सिङ र खुर भएको साँढेले भन्दा परमप्रभुलाई बढी प्रसन्न गराउनेछ।

32 नम्रहरूले यो देख्नेछन् र रमाउनेछन्, अनि परमेश्वरको खोजी गर्नेहरू हो, तिमीहरूको हृदय बाँच्नेछ।

33 किनकि परमप्रभुले गरिबहरूको विन्ती सुन्नुहुन्छ र आफ्ना कैदीहरूलाई तुच्छ ठान्नुहुन्न।

34 आकाश र पृथ्वी, समुद्र र तिनमा चलहल गर्ने सबैले उहाँको प्रशंसा गरून्।

35 किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका शहरहरू निर्माण गर्नुहुनेछ, यसैले कि उनीहरू त्यहाँ बसून् र त्यसमाथि आफ्नो अधिकार गरून्।

36 उहाँका दासहरूका सन्तानले पनि यसलाई अधिकारमा पार्नेछन्, अनि उहाँको नामलाई प्रेम गर्नेहरू पनि यसमा बसोबास गर्नेछन्।




70

1 हे परमेश्वर, मलाई छुटाउन हतार गर्नुहोस्, हे परमप्रभु, मलाई सहायता गर्न हतार गर्नुहोस्।

2 मेरो प्राण लिन खोज्नेहरू सर्ममा परून् र लज्जित होऊन्, मेरो हानि गर्न खोज्नेहरू पछि हटून् र सर्ममा परून्।

3 आहा ! आहा ! भन्नेहरू आफ्नो सर्मको प्रतिफलको निम्ति पछि हटून्।

4 तपाईंको खोजी गर्नेहरू सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्, अनि तपाईंको उद्धारलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, ‘‘परमेश्वरको बढाइँ होस्।’’

5 तर म त गरिब र दरिद्र छु, हे परमेश्वर, मकहाँ आउन हतार गर्नुहोस्, तपाईं नै मेरो सहायक र उद्धारक हुनुहुन्छ, हे परमप्रभु, ढिलो नगर्नुहोस्।




71

1 हे परमप्रभु, म तपाईंमाथि भरोसा राख्छु, मलाई कहिल्यै सर्ममा पर्न नदिनुहोस्।

2 तपाईंको धार्मिकतामा मलाई छुटकारा दिनुहोस् र मलाई बचाउनुहोस्, आफ्नो ध्यान मतिर लगाउनुहोस् र मलाई उद्धार गर्नुहोस्।

3 मेरो बलियो शरणस्थान बन्नुहोस्, जहाँ म निरन्तर रहन पाऊँ, तपाईंले मलाई बचाउने आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र किल्ला हुनुहुन्छ।

4 हे मेरा परमेश्वर, दुष्ट, अधर्मी र निर्दयी मानिसको हातबाट मलाई बचाउनुहोस्।

5 किनभने हे परमप्रभु परमेश्वर, तपाईं नै मरो आशा हुनुहुन्छ, मेरो युवावस्थादेखि नै तपाईं मेरो भरोसा हुनुहुन्छ।

6 गर्भदेखि नै तपाईंले मलाई सम्हाल्नुभएको छ, तपाईंले नै मलाई मेरी आमाको पेटबाट निकाल्नुभएको हो, म निरन्तर तपाईंको स्तुति गरिरहनेछु।

7 धरैका निम्ति म तमासाजस्तै भएको छु, तर तपाईं नै मेरो बलियो शरणस्थान हुनुहुन्छ।

8 मेरो मुख दिनभरि तपाईंकै स्तुति र तपाईंकै महिमाले भरिएको होस्।

9 बूढेसकालमा मलाई नफाल्नुहोस्, मेरो बल घटेको बेलामा मलाई नत्याग्नुहोस्।

10 किनकि मेरा शत्रुहरू मेरो विरुद्धमा बोल्छन्, नि मेरो प्राण लिन ढुकेर बस्नेहरू ापसमा यसो भन्दै सल्लाह गर्छन्,

11 ‘‘परमेश्वरले त्यसलाई त्याग्नुभएको छ, त्यसलाई खेदेर समात, किनकि त्यसलाई छुटाउने कोही छैन।’’

12 हे परमेश्वर, मदेखि टाढा नहुनुहोस्, हे मेरा परमेश्वर, मेरा सहायताको निम्ति छिटो गर्नुहोस्।

13 तिनीहरू सर्ममा परून्, मेरो प्राणका विरोधीहरू भस्म होऊन्, मेरो हानि गर्न खोज्नेहरू निन्दा र अपमानले भरिऊन्।

14 तर म त निरन्तर आशा गर्नेछु, र झन् धेरै तपाईंको प्रशंसा गर्नेछु।

15 दिनभरि मेरो मुखले तपाईंको धार्मिकता र तपाईंको उद्धारको विषयमा बयान गर्नेछ, किनकि यसको परिमाण मलाई थाहा छैन।

16 म परमप्रभु परमेश्वरको बलमा जानेछु, म तपाईंको, अँ, केवल तपाईंको धार्मिकताको बारेमा बताउनेछु।

17 हे परमेश्वर, मेरो युवावस्थादेखि नै तपाईंले मलाई सिकाउनुभएको छ, अनि अहिलेसम्म नै मैले तपाईंका अचम्मका कार्यको घोषणा गरेको छु।

18 हे परमेश्वर, म वृद्ध हुँदा र कपाल फुले तापनि मलाई नत्याग्नुहोस्, जबसम्म यस पुस्ता र पछि आउने सबैलाई मैले तपाईंको शक्ति र सामर्थ्यको घोषणा गर्दिनँ।

19 हे परमेश्वर, तपाईंको धार्मिकता अति नै उच्च छ, जसले महान् काम गर्नुभएको छ, हे परमेश्वर, तपाईंजस्तो अरू को छ र !

20 तपाईं, जसले मलाई धेरै दु:ख र कष्ट देखाउनुभएको छ, मलाई पुनर्जीवित पार्नुहोस् र पृथ्वीका गहिराइदेखि फेरि माथि ल्याउनुहोस्।

21 तपाईंले मेरो महानता बढाउनुहुनेछ र चारैतिरबाट मलाई सान्त्वना दिनुहुनेछ।

22 हे मेरा परमेश्वर, म पनि सितार-बाजा बजाएर तपाईंको सत्यताको निम्ति तपाईंको प्रशंसा गर्नेछु, हे इस्राएलका पवित्र परमेश्वर, वीणा बजाएर म तपाईंको स्तुति गाउनेछु।

23 जब म तपाईंको स्तुुति गाउँछु, तब मेरा ओठ र मेरो प्राण, जसलाई तपाईंले उद्धार गर्नुभएको छ, ती अतिआनन्दित हुनेछन्।

24 दिनभरि नै मेरो जिब्रोले तपाईंको धार्मिकताको वर्णन गर्नेछ, किनकि मेरो हानि गर्न खोज्नेहरू लाज र अन्योलमा परेका छन्।




72

1 हे परमेश्वर, राजालाई तपाईंको न्याय र राजकुमारलाई तपाईंको धार्मिकता दिनुहोस्।

2 उनले तपाईंको प्रजालाई धार्मिकतासाथ र तपाईंका पीडित जनलाई न्यायपूर्वक इन्साफ गर्नेछन्।

3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति र डाँडाहरूले धार्मिकता ल्याउनेछन्।

4 उनले मानिसहरूमध्येका गरिबलाई रक्षा गर्नेछन्, उनले दरिद्रहरूका सन्तानलाई बचाउनेछन् र थिचोमिचो गर्नेहरूलाई टुक्रा-टुक्रा पार्नेछन्।

5 पुस्ता-पुस्तासम्म, सूर्य र चन्द्रमा रहुन्जेल तिनीहरूले तपाईंको भय मान्नेछन्।

6 काटेको घाँसमाथि पर्ने बर्सात र पृथ्वीलाई भिजाउने झरीझैँ उनी ओर्लेर आउनेछन्।

7 उनको राज्यकालमा धर्मीहरूको फलिफाप हुनेछ, र चन्द्रमा रहुन्जेल प्रशस्त शान्ति हुनेछ।

8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तसम्म राज्य गर्नेछन्।

9 उजाडस्थानमा बस्नेहरू उनको अघि झुक्नेछन् र उनका शत्रुहरूले धुलो चाट्नेछन्।

10 तर्शीश र टाढाका सामुद्रिक किनारका राजाहरूले उपहार ल्याउनेछन्, शेबा र सेबाका राजाहरूले भेटी चढाउनेछन्।

11 अँ, सबै राजाहरूले उनलाई दण्डवत् गर्नेछन्, समस्त जातिले उनको सेवा गर्नेछन्।

12 किनकि दरिद्र मानिसले पुकार गर्दा उनले त्यसलाई छुटाउनेछन्, साथै असहाय गरिबलाई पनि छुटकारा दिनेछन्।

13 उनले कमजोर र दरिद्रलाई टिठयाउनेछन् र दरिद्रहरूका प्राण बचाउनेछन्।

14 उनले तिनीहरूका प्राणलाई छल र हिंसाबाट उद्धार गर्नेछन् र उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।

15 उनी जीवित रहनेछन् र उनलाई शेबाको सुन दिइनेछ, उनका निम्ति निरन्तर प्रार्थना पनि गरिनेछ र दिनहुँ उनको प्रशंसा गरिनेछ।

16 पृथ्वीमा, पहाडहरूको टाकुरामा प्रशस्त गरी अन्न हुनेछ, त्यसको फल लेबनानको देउदारुझैँ लहलह हुनेछ, अनि शहरकाहरू पृथ्वीका घाँसझैँ मौलाउनेछन्।

17 उनको नाउँ सदासर्वदा रहिरहनेछ, सूर्य रहुन्जेल उनको नाउँ निरन्तर रहनेछ, अनि मानिसहरू उनमा आशिषित हुनेछन्,सबै जातिले उनलाई धन्यको भन्नेछन्।

18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वर धन्यका होऊन्, उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ,

19 उहाँको महिमापूर्ण नाम सदासर्वदा धन्यको होस् र सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरियोस्, आमेन, आमेन।

20 यिशैका छोरा दाऊदका प्रार्थना यहाँ समाप्त भयो। तेस्रो खण्ड




73

1 साँच्चै इस्राएलको निम्ति परमेश्वर भलो हुनुहुन्छ, र उनीहरूको निम्ति जसको हृदय शुद्ध छ।

2 तर मेरा खुट्टा चिप्लनै आँटेका थिए, मेरा पाइलाले झन्डै बाटो बिराए।

3 किनकि जब मैले दुष्टहरूको उन्नति देखेँ, तब मैले ती मूर्खहरूलाई डाहा गरेँ।

4 किनकि तिनीहरूको मृत्युमा पीडा छैन, तिनीहरूका शरीर स्वस्थ र बलिया छन्।

5 अरू मानिसहरूझैँ तिनीहरू कष्टमा हुँदैनन्, न त अरू मानिसहरूमाथि झैँ तिनीहरूमाथि विपत्ति आइपर्छ।

6 यसैकारण अहङ्कार तिनीहरूको गलाको सिक्रीझैँ हुन्छ, वस्त्रले ढाकेझैँ तिनीहरूलाई हिंसाले ढाक्छ।

7 तिनीहरूका आँखा अहङ्कारले फुलेका छन्, तिनीहरूले आफ्नो हृदयमा षडयन्त्रका कुरा रच्छन्।

8 तिनीहरू ठट्टा गर्छन् र द्वेषपूर्ण कुरा गर्छन्, अनि तिनीहरू आफ्नो अहङ्कारमा अत्याचार गर्ने धम्की दिन्छन्।

9 तिनीहरूको मुखले स्वर्गको दाबी गर्छन्, र तिनीहरूको जिब्रोले पृथ्वीलाई अधिकार गर्छन्।

10 यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्छन् र प्रशस्त पानी पिउँछन्।

11 तिनीहरू भन्छन्, ‘‘परमेश्वरले कसरी जान्नुहुन्छ र? अनि के सर्वोच्चमा ज्ञान छ र ?’’

12 हेर, दुष्टहरूले संसारमा उन्नति गर्छन् र धनसम्पत्ति बढाउँछन्।

13 साँच्चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु।

14 मैले दिनभरि नै विपत्ति भोगेको छु, हरेक बिहान मैले ताडना भोगेको छु।

15 म ‘‘यसरी बोल्नेछु’’ भनि मैले भनेको भए त, मैले तपाईंको सन्तानको पुस्तालाई विश्वासघात गरेको हुन्थेँ।

16 जब मैले यो कुरा जान्ने विचार गरेँ, तब यो मेरो दृष्टिमा धेरै गाह्रो काम थियो,

17 जबसम्म म परमेश्वरको पवित्रस्थानभित्र पसिनँ, तब मात्र मैले तिनीहरूको अन्त बुझेँ।

18 साँच्चै तपाईंले तिनीहरूलाई चिप्लने ठाउँहरूमा राख्नुभयो, तपाईंले तिनीहरूलाई विनाशमा फाल्नुभयो।

19 तिनीहरू कसरी क्षणभरमै विनाश भए ! आतङ्कित भएर तिनीहरू पूर्णरूपमा नष्ट भए।

20 जसरी बिउँझनेले सपनालाई तुच्छ ठान्छ, त्यसरी नै हे परमप्रभु, तपाईं बिउँझेपछि तिनीहरूको रूपलाई तुच्छ ठान्नुहुनेछ।

21 यसरी मेरो हृदय दु:खित भएको थियो, र म मेरो अन्तस्करणमा घोँचिएको थिएँ।

22 म कति मूर्ख र अन्जान थिएँ, म त तपाईंको सामु पशुसरह थिएँ।

23 तापनि म निरन्तर तपाईंसँग छु, तपाईंले मेरो दाहिने हात समात्नुभएको छ।

24 तपाईंले आफ्नो सल्लाहले मलाई अगुवाइ गर्नुहुनेछ र पछि मलाई हिमामा ग्रहण गर्नुहुनेछ।

25 स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि पृथ्वीमा पनि तपाईंबाहेक म अरू कसैलाई चाहँदिनँ।

26 मेरो शरीर र मेरो हृदय विफल हुन्छन्, तर परमेश्वर सदाकालको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ।

27 किनकि हेर्नुहोस्, तपाईंदेखि टाढा हुनेहरू नष्ट हुनेछन्, तपाईंप्रति विश्वासयोग्य नहुने सबैलाई तपाईंले नष्ट गर्नुभएको छ।

28 तर परमेश्वरको नजिक जानु नै मेरो निम्ति असल छ, तपाईंका सबै कामको घोषणा गरूँ भनी मैले परमप्रभु परमेश्वरमाथि आफ्नो भरोसा राखेको छु।




74

1 हे परमेश्वर, तपाईंले हामीलाई किन सधैँको निम्ति त्याग्नुभयो? तपाईंको खर्कका भेडाहरूको विरुद्धमा तपाईंको क्रोध किन दन्किन्छ?

2 तपाईंका मानिसहरूलाई सम्झनुहोस्, तपाईंले प्राचीनकालमा किन्नुभएका आफ्ना मानिसहरूको सम्झना गर्नुहोस्, जसलाई तपाईंले आफ्नो उत्तराधिकारको कुल हुनको निम्ति मोल तिरेर छुटाउनुभएको छ, त्यही सियोन पर्वत, जहाँ तपाईं वास गर्नुभएको छ।

3 आफ्ना पाइला यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्, शत्रुहरूले पवित्रस्थानभित्र भएका सबै थोक नष्ट पारेका छन्।

4 तपाईंका मानिसहरूका बीचमा तपाईंका शत्रुहरू गर्जन्छन्, तिनीहरूले चिन्हको रूपमा आफ्ना झन्डाहरू खडा गरेका छन्।

5 मानिसले घना जङ्गल बन्चरोले नष्ट पारेझैँ, तिनीहरूले व्यवहार गरे।

6 तिनीहरूले आफ्नो बन्चरो र घनले बुट्टा काटेका सबै खापालाई चकनाचुर पारे।

7 तिनीहरूले तपाईंको पवित्रस्थानमा आगो लगाएका छन्, तिनीहरूले तपाईंको नाउँको वासस्थान अपवित्र पारेका छन्।

8 तिनीहरूले आफ्ना हृदयमा भनेँ, ‘‘हामी तिनीहरूलाई पूर्णरूपमा नष्ट गरौं।’’ तिनीहरूले देशमा भएका परमेश्वरका सबै सभाघर जलाइदिएका छन्।

9 हामी कुनै चिन्हहरू देख्दैनौं, अब कुनै अगमवक्ता बाँकी छैन र यस्तो अवस्थाकहिलेसम्म रहन्छ,त्यो हामीमध्ये कसैलाई थाहा छैन।

10 हे परमेश्वर, कहिलेसम्म विरोधीहरूले अपमान गर्लान्? के शत्रुले सदासर्वदा तपाईंको नामको निन्दा गर्नेछन्?

11 तपाईं किन आफ्नो बाहुली, आफ्नो दाहिने बाहुली खोकिलामा थामिराख्नुहुन्छ? त्यसलाई बाहिर निकाल्नुहोस् र तिनीहरूलाई नाश गर्नुहोस्।

12 किनकि प्राचीनकालदेखि नै परमेश्वर मेरा राजा हुनुहुन्छ, जसले पृथ्वीमा उद्धारका काम गर्नुहुन्छ।

13 तपाईंले आफ्नो सामर्थ्यले समुद्रलाई दुई भाग गर्नुभयो, तपाईंले समुद्रमा हुने अजिङ्गरको शिर कुच्च्याउनुभयो।

14 तपाईंले लिव्यातन् जलचरका शिरहरू टुक्रा-टुक्रा पार्नुभयो, तपाईंले त्यसलाई उजाडस्थानमा बस्ने जातिको निम्ति भोजन तुल्याउनुभयो।

15 तपाईंले पानीको मूल फुटाएर बाढ चलाउनुभयो, तपाईंले निरन्तर बगिरहने शक्तिशाली नदीहरू सुकाउनुभयो।

16 दिन तपाईंको हो, रात पनि तपाईंकै हो, तपाईंले सूर्य र चन्द्र स्थापित गर्नुभएको छ।

17 पृथ्वीका सबै साँधसिमाना तपाईंले लगाउनुभएको हो, ग्रीष्म र शिशिर ऋतु तपाईंले बनाउनुभएको हो।

18 हे परमप्रभु, सम्झिनुहोस्, शत्रुले तपाईंको अपमान गरेको छ, र मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन्।

19 तपाईंको कुर्ले ढुकुरको प्राण दुष्टहरूको समूहलाई नसुम्पिनुहोस्, तपाईंले आफ्ना दु:खीहरूको समूहलाई कहिल्यै नबिर्सनुहोस्।

20 तपाईंका करारको मर्यादा कायम राख्नुहोस्, किनकि पृथ्वीका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्।

21 थिचोमिचोमा परेकाहरू सर्ममा परेर नफर्कून्, दु:खी र दरिद्रहरूले तपाईंको नाउँको प्रशंसा गरून्।

22 हे परमेश्वर, उठ्नुहोस्, आफ्नो मुद्दाको आफै वकालत गर्नुहोस्, मूर्ख मानिसहरूले कसरी तपाईंलाई दिनहुँ अपमान गर्दछन्, सो सम्झनुहोस्।

23 तपाईंका विरोधीहरूको होहल्ला र तपाईंका शत्रुहरूको निरन्तर हुने खैलाबैला नभुल्नुहोस्।




75

1 हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, तपाईंलाई हामी धन्यवाद चढाउँछौं, किनकि तपाईंको उपस्थिति नजिकै छ, भन्ने कुरा तपाईंका अचम्मका कामले बयान गर्छन्।

2 जब म सभा ग्रहण गर्नेछु, तब म निष्पक्षतासाथ न्याय गर्नेछु।

3 जब पृथ्वी र त्यसका सबै बासिन्दा काम्छन्, त्यसका खम्बाहरूलाई म थामिराख्नेछु। सेला

4 मैले मूर्खहरूलाई भनेँ, ‘‘मूर्ख व्यवहार नगर।’’ अनि दुष्टहरूलाई भनेँ, ‘‘सिङ ठाडो नपार।’’

5 आफ्नो सिङ धेरै ठाडो नपार, जिद्दी गरेर नबोल।

6 किनकि पदोन्नति न पूर्वबाट, न पश्चिमबाट न त दक्षिणबाट नै आउँछ।

7 किनभने परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ, उहाँले एउटालाई होच्याउनुहुन्छ र अर्कोलाई उच्च पार्नुहुन्छ।

8 किनकि परमप्रभुको हातमा कचौरा छ, अनि अङ्गुरमद्य रातो छ, त्यसमा मसला मिसाइएको छ, अनि त्यसैबाट उहाँले खन्याउनुहुन्छ, तर पृथ्वीका दुष्टहरूले त्यसका थिग्रासमेत निचोरेर पिउनेछन्।

9 तर म त सदासर्वदा घोषणा गर्नेछु, म याकूबका परमेश्वरको स्तुति गाउनेछु।

10 म दुष्टहरूको सबै सिङ काटिदिनेछु, तर धर्मीजनका सिङहरू उच्च पार्नेछु।



AMAZING GRACE BIBLE INSTITUTE