मुक्तिको योजना भनेको के हो?

शारिरीक भोको होइन, तर तपाईसंग जिवनमा केहि धेरै भोग छ - यदि तपाईका भित्री गहिराइमा केहि कुराहरु छन् जसले तपाई सन्तुष्ट देखिनुभएको छैन - यदि त्यसो हो भने येशू एउटा बाटो हुनुहुन्छ, येशूले भन्नुभयो, "म जिवनको रोटी हुँ, म कहाँ आउने भोकाउनेछैन र म माथि विशवास गर्ने कहिल्यै तिर्खाउने छैन" -यूहन्ना ६:२५) । के तपाई अल्मलिनुभएको छ - जिवनमा उद्देश्य अथवा बाटो पत्ता लगाउन वा देख्न सक्नुभएको छैन - के त्यस्तै त्यस्तै देखिन्छ । कसले बत्ति निभाइदिएको छ र – तपाईले बचन पत्ता लगाउन सक्नुहुन्न - यदि यस्तै हो भने, येशू एउटा बाटो हुनुहुन्छ ।

येशूले फेरि तिनिहरुलाई भन्नुभयो, "म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिंडडुल गर्नेछैन, तर त्यसको जिवनको ज्योति पाउँनेछ" -यूहन्ना ८:१२) । के तपाईले सदैव महशुस गर्नुहुन्छ कि तपाईको जिवनको साँचो बन्द गर्नुभएको जस्तै - के तपाईले धेरै ढोकाहरु कोशिष गर्नुभयो, मात्रै पत्ता लगाउनुहुन्छ के तिनिहरुको पछाडि अर्थहिन र खाली छ - भरिपुर्णजवनमा प्रवेश गर्न हेरिरहनुभएको छ - यहि हो भने येशू बाटो हुनुहुन्छ । येशूले भन्नुभयो, "ढोका म नै हुँ, यदि कोहि मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउँनेछ" –यूहन्ना १०:९) ।

के अरु मानिसहरुले तपाईलाई होच्याउने गर्छन् - के तपाईको सम्बन्धहरु रित्तिएका र निलिएका छन् - यस्तै कुरा देखिन्छ कि प्रत्येकले तिमीबाट फाइदा लिने कोशिष गरिरहेको छ - यदि हो भने, येशू बाटो हुनुहुन्छ । येशूले भन्नुभयो, "म असल गोठालो हुँ । असल गोठालाले आफ्ना भेडाहरुका निम्ति प्राण अर्पण गर्छ । म असल गोठालो हुँ, म आफ्ना भेडाहरुलाई चिन्छ, अनि मेरा भेडाहरुले मलाई चिन्छन्" -यूहन्ना १०:११,१४) ।

यो जिवनपछि के हुन्छ भनेर छक्क पर्नुहन्छ - तपाईले ति सड्ने र कु हिने चिजहरुका निम्ति जिवन जिउने कोशिष गर्नुभएको छ - जिवनको कुनै अर्थ छ भनेर कहिले काही शंका गर्नुहुन्छ - तपाईको मृत्युपछि तपाई बाँच्न चाहनुहुन्छ - यदि हो भने, येशू बाटो हुनुहुन्छ । येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जिवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जिवित हु नेछ । अनि ममाथि विश्वास गर्ने कोहि पनि आत्मामा कहिल्यै

मर्नेछैन" -यूहन्ना ११:२५,२६) भोक जुन तपाईले महशुस गर्नुहुन्छ यो आत्मिकी भोक हो र येशूद्धारा मात्र भरिन सक्नुहुन्छ । येशू एकमात्र हुनुहुन्छ जसले अन्धकारमा उठाउन सक्नुहुन्छ । येशू सम्तुष्टिको जिवनको ढोका हुनुहुन्छ । येशू जुन तपाईको खोजीनै रहनुभएको असल मित्र र गोठालो हुनुहुन्छ । येशू यो संसार र अर्काको जिवन हुनुहुन्छ, मुक्तिको बाटो येशू हुनुहुन्छ । कारण तपाई भोको महशुस गर्नुहु न्छ, कारण तपाई अन्धकारमा हराएको देखिनुहुन्छ, कारण तपाई जिवनभित्रको अर्थ पत्तालगाउन सक्नुहुन्न, त्यो हो तपाई परमेश्वरबाट अलग हुनु भएको छ । बाइबलले हामीलाई भन्छ हामी सबैले पाप गरेका छौं र त्यसकारण परमेश्वरबाट अलग भएका छौं -उपदेशक ७:२०, रोमी ३:२३) । तपाई त्यागिएको, तपाईको हृदयमा महशुसर् गर्नुहुन्छ कि परमेश्वर मेरो जिवनबाट टाढा जानुभएको । हामी परमेश्वरसंग सम्बन्ध गाँस्न सृष्टि गरिएका थियौं । हाम्रो पापको कारणले, हामी सम्बन्ध गाँस्नबाट अलग भयौं । यहि कारण हाम्रो पापका कारण यो जिवन र अर्को जिवनलाई अनन्तको लागि परमेश्वरबाट हामीलाई अलग गराएको हुनेछ -रोमी ६:२३, यूहन्ना ३:३६) । यो समस्याको समाधान कसरी हुन सक्यो - येशू बाटो हुनुहुन्छ । येशूले हाम्रो पाप आफै लिनुभयो -२ कोरिन्थी ५:२१) ।

येशू हाम्रो साटोमा मर्नुभयो -रोमी ५:८), हामी जे योग्यका थियौं, त्यहि दण्ड लिएर तिनदिनपछि मृत्युबाट बौरी उठ्नुभयो, उहाँले मृत्यु र पापमाथि विजय प्रमाणित गरेर -रोमी ६:४,५) । उहाँले यो किन गर्नुभयो - येशूले यस प्रश्नको उत्तर आफै दिनुभयो, "आफना मित्रहरुका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा

ठूलो प्रेम अरु कसैको हुँदैन" -यूहन्ना १५:१३) । येशूको मृत्युको कारणले हामी बाँच्न सकेका छौं । यदि हाम्रो साटो हाम्रो भरोसा येशूमा राख्छौं, उहाँको मृत्युमा भरोसा नै पापको निम्ति मुल्य चकाउनु हो । हाम्रा सबै पापहरु क्षमा भएका र पखालिएका छन् । हामी त्यसपछि आत्मिकी भोकोपनबाट सन्तुष्टि हुनेछौं । बत्तिहरु फेरि बल्नेछन् । हामी भरिपुर्ण जिवन जिइरहेका हुनेछौं । हामी जान्नेछौंकि हाम्रो सबभन्दा साँचो, असल र राम्रो गोठालो हुनुहुन्छ भनेर । हामी थाहा पाउनेछौंकि हाम्रो मृत्युपछि हामीसंग जिवन हुनेछ - येशू संग अनन्तका लागि पुर्नस्थापना गरिएको एउटा नयाँ जिवन र्स्वर्गमा हुनेछ । "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पत्र यस संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जिवन पाओस्" -यूहन्ना ३:१६) ।






AMAZING GRACE BIBLE INSTITUTE