3 JOHN

३ युहन्ना


Chapter 1

1 एल्डरबाट, मेरो प्रिय गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्दछु।

2 प्रिय मित्र, जसरी तिम्रो आत्मिक उन्‍‌नति भएको छ, त्यसरी नै सबै कुरामा तिम्रो उन्‍‌नति होस्, त्यस्तै किसिमले तिम्रो शरीर पनि स्वस्थ रहोस् भनेर म तिम्रो निम्ति प्रार्थना गरिरहेको छु।

3 अहिले भर्खरै केही भाइहरू आए र तिमीमा भएका सत्यताप्रतिको तिम्रो विश्वासयोग्यता अनि तिमी कसरी सत्यतामा चलिरहेछौ भन्‍‌ने कुराको गवाही दिए, यो सुनेर म ज्यादै आनन्दित भएँ।

4 मेरा छोराछोरीहरू सत्यतामा चलिरहेका छन् भन्‍‌ने कुरा सुन्‍‌न पाउनुभन्दा ठूलो आनन्द मेरोनिम्ति अर्को हुनैसक्तैन।

5 प्रिय मित्र तिमीले भाइहरू र विशेषगरी परदेशीहरूको निम्ति जे जे गर्दछौ, त्यो विश्वसनीयपूर्वक गर्दछौ।

6 तिनीहरूले मण्डलीको अघि तिम्रो प्रेमको बारेमा साक्षी दिएका छन्। तिमीले परमेश्वरलाई मनपर्ने किसिमले तिनीहरूलाई यात्रामा अघि बढ्‍‌नेप्रबन्ध मिलाइदियौ भने असल हुनेथियो।

7 किनभने अयहूदीहरूबाट केही नलिएर तिनीहरू परमेश्वरका नाउँका खातिर यात्रामा निस्केका हुन्।

8 यसकारण सत्यको सहकर्मी हुनलाई हामीले यस्ताहरूलाई सेवा-सत्कार गर्नुपर्छ।

9 यस विषयमा मैले एउटा छोटो पत्र मण्डलीलाई पठाएँ तर तिनीहरूमध्ये सबैभन्दा पहिलो हुनचाहने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन।

10 यसकारण, जब म आउनेछु, त्यसले गरेका कामको कुरा उठाउनेछु । हाम्रा विरुद्धमा त्यसले खराब कुरा बोलिहिँड्छ। त्यतिमा मात्र सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ, अनि तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।

11 प्रिय मित्र, खराबीको अनुकरण नगर, असल कुराको अनुकरण गर। यो याद राख, जसले असल गर्छन्, तिनीहरू परमेश्वरबाटका हुन्, जसले नराम्रो काम गर्छ, त्यसले परमेश्वरलाई देखेको हुँदैन।

12 डेमेत्रियसको बारेमा त सबैले असल साक्षी दिएका छन् र सत्य आफैले पनि त्यही साक्षी दिन्छ। हामी आफै पनि उसको बारेमा त्यही साक्षी दिनसक्छौं, र हाम्रो साक्षी सत्य छ भनेर तिमीहरू जान्दछौ।

13 मैले तिमीलाई धेरै कुरा लेख्‍‌नु थियो, तर म मसी र कलम चलाउँदिनँ।

14 म तिमीलाई चाँडै भेट्‍‌ने आशा गर्दछु, त्यसपछि मुखामुख भएर कुराकानी गरौंला। तिमीलाई शान्ति होस्। यहाँ भएका मित्रहरूले आफ्‍‌ना अभिवादन पठाएका छन् । मित्रहरूलाईनाउँ काढेर अभिवादन देओ।



AMAZING GRACE BIBLE INSTITUTE