2 JOHN

२ युहन्ना


Chapter 1

1 एल्डरबाट, चुनिएकी नारी र तिनका छोराछोरीहरू, जसलाई म सत्यतामा प्रेम गर्दछु, मैले मात्र होइन तर सत्य जान्‍‌ने सबैले पनि प्रेम गर्दछन्।

2 किनकि हामीमा जुन सत्यता छ र त्यो हामीसँग निरन्तर रहनेछ।

3 परमेश्वर पिता र पिताका पुत्र, प्रभु येशू ख्रीष्टबाट सत्य अनि प्रेममा अनुग्रह, कृपा र शान्ति तिमीहरूसित रहोस्।

4 तिम्रा छोराछोरीहरूमध्ये कुनै-कुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्यतामा चलिरहेको भेट्टाउँदा, म ज्यादै आनन्दित भएँ।

5 अनि हे नारी, म तिमीलाई विन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौं, हुन त यो मैले नयाँ आज्ञा लेखेको होइन तर त्यही जो शुरुदेखि नै थियो।

6 अनि उहाँका आज्ञाअनुसार चल्‍‌नु नै प्रेम हो, तिमीले शुरुदेखि नै सुनेको आज्ञा यही हो, तिमीहरू यसैमा चल।

7 अनेकौं बहकाउनेहरू संसारमा निस्केका छन्, ती मानिसहरू, जसले संसारमा येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैनन्। यस्तै व्यक्ति नै बहकाउने र ख्रीष्ट-विरोधी हो।

8 होशियार बस, यसैले कि जुन कुराका लागि तिमीले परिश्रम गरेका छौ, त्यो इनाम नगुमाऊ, तर पूरा इनाम प्राप्त गर्ने होऊ।

9 ख्रीष्टको सिद्धान्तमा नरही अगाडि जाने जो कोहीसँग परमेश्वर रहनुहुन्‍‌न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ।

10 यदि कोही तिमीहरूकहाँ आउँछ र यो सिद्धान्त ल्याउँदैन भने त्यसलाई आफ्‍‌नो घरभित्र स्वागत नगर, अथवा त्यसलाई अभिवादन पनि नगर।

11 किनकि त्यसलाई अभिवादन गर्ने व्यक्ति त्यसका दुष्ट काममा सहभागी बनेको हुन्छ।

12 मैले तिमीलाई धेरै कुरा लेख्‍‌नुपर्ने भए तापनि म कागज र मसी चलाउँदिनँ, बरु म आफै तिमीहरूकहाँ आएर मुखामुख भएर कुरा गर्ने आशा गर्छु, यसैले कि हाम्रो आनन्द पूरा होस्।

13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूबाट तिमीलाई अभिवादन पठाएका छन्।



AMAZING GRACE BIBLE INSTITUTE